दिक्तेल | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. १, बेस क्याम्प (जैपुरेडाँडा) मा प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव आयोजना हुने भएको छ। नमुना स्पोर्ट्स क्लब, वडा नं. ५, खोटाङ को आयोजनामा हुन गइरहेको यो महोत्सव यहीँ फागुन १ गतेदेखि १६ गतेसम्म हुदैछ ।महोत्सवको उद्देश्य मझुवागढी कालिका भगवतीको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय संस्कृति, कृषि, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने रहेको नमुना स्पोर्ट्स क्लबका अध्यक्ष सविन राईले जानकारी दिनु भयो ।महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता जस्ता विविध कार्यक्रम समा
मोरङ | सुन्दरहरैंचा नगरपालिका–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको बहुपक्षीय विकास, भौतिक पूर्वाधार विस्तार तथा अभिभावक सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार, शै
इटहरी | इटहरीको श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालको ४६ औं वार्षिकोत्सव तथा १०८ पारायण अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा मङ्गल राधिका सदानन्द प्रणामी अस्पतालको उद्घाटन हुने भएको छ।मुक्तिधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार, यहीँ चैत २४ गतेदेखि २०८२ बैशाख १ गतेसम्म चल्ने वार्षिकोत्सवको समापन दिन बैशाख १ गते परमहंस सन्त शिरोमणि स्वामी सदानन्द महाराजले अस्पतालको उद्घाटन गर्नुहुनेछ।सुनसरीको इटहरी तथा सुन्दरहरैंचाका जनताले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको हो। ५०० शैय्याको सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने लक्ष्य लिइए पनि प्र
इटहरी। साविक विजेता न्यूरोड टिम एनआरटी धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशलामा मङ्गलबार भएको क्वार्टरफाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९केएफटीसी० झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थान बनाएको हो । एनआरटीले अब फाइनल यात्राका लागि पाहुना टोली भारतको युनाइटेड कर्साङ ९युकेएफसी०को सामना गर्नेछ । खेलको पहिलो हाफ दुबै टिमले गोलरहित बराबरी खेलेको थियो । एनआरटीका लागि ४८औँ मिनेटमा शिशिर लेखीले टिमका लागि पहिलो गोल गर्नुभएको थियो । उहाँले विदेशी खेलाडी रोबर्ट कोबिनाको पासमा गोल
इटहरी । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियानको शुुभारम्भ गर्नुभएको छ । सुनसरीको बर्जु गाँउपालिका स्थित राम सीता माध्यमिक विद्यालय खोप केन्द्रबाट उहाले एचपिभी खोप अभियानको शुुभारम्भ गर्नुभएको हो । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सरकारले सिमित साधन स्रोतबाट जनताको जीवन सुरक्षाका लागि खोप कार्यक्रम संचालन गरिरहेकोले यसबाट भरपुर फाइदा लिन आग्रह गर्नुभयो । उहाले कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएकाले सम्बन्धित सबैलाई सबै खोप दिने वातावरण बनाउन सबैको सहयोग आवश्यक भएको धारणा राख्नुभयो । एचपिभी खोप आगामी वर्ष
इटहरी । झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट लागू औषध खैरो हिरोईन सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ । माघ २१ गते लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका(३ का २२ बर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम लागू औषध खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ । यसैगरी गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलिले आज बिहान साढे २ बजे धरान उप(महानगरपालिका(६ पानमारा जंगल स्थित सेउती पुलमा बा १५ च ७६३३ नम्बरको गाडी सहित बेवारिसे अवस्थामा राखिएको ४१० किलो
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी ९घरेलु मदिरा०लाई औद्योगिकीकरण गर्ने गरी प्रवर्द्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवर्द्धनको काम सुरु गरेको हो । परापूर्वकालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायीकरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोग
इटहरी । पाँचथरमा भूमिहीन र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने अधिकार पाएको भूमि समस्या समाधान आयोगका अध्यक्ष धनकुमार फियाकले पदभार ग्रहण गर्नुभएको छ । सोमबार आयोगका अध्यक्ष फियाकको पदभार ग्रहणसँगै कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा आयोगका अध्यक्षसहित अन्य पदाधिकारीले पदभार ग्रहण गर्नुभएको छ । आयोगका पदाधिकारीलाई अध्यक्षलाई बधाई अर्पण गर्दै नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्वेले राजनैतिक आग्रह र पूर्वाग्रह नराखी भूमिहीन र सुकुम्वासीलाई जग्गा दिन आयोगका पदाधिकारीलाई सुझाव दिनुभयो । कार्यक्रममा नेकपा ९एमाले०का केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वा
इटहरी। जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो । दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना ९आरसीआइपी० कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र रु ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो । शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्र
इटहरी। एक सातादेखिको लगातारको बन्दका कारण स्वदेशी पर्यटकको भिड लाग्ने इलामको अन्तु, कन्याम जस्ता पर्यटकीय क्षेत्र सुनसान छन् । ताप्लेजुङ पाथीभरा मन्दिरमा केबुलकार निर्माण र त्यसपछि उत्पन्न विवादपछि गरिएको बन्दले इलामका प्रमुख पर्यटकीय स्थल अन्तु, कन्यामसहितका क्षेत्र सुनसान बनेका हुन् । लगातारको बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन हुन नसक्दा पर्यटक आउन छाडेपछि पर्यटकीय क्षेत्र सुनसान भएका हुन् । सूर्योदय नगरपालिकाको कन्याम, अन्तु, रोङ गाउँपालिकाको सानो पाथीभरा मन्दिर, सन्दुकपुर गाउँपालिकाको सन्दुकपुरडाँडा, देउमाई नगरपालिकाको पानीटार, इलाम नगरपालिकाको इलाम बजार क्षेत्र सुनसान छन् । कन्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.