समाज

    Showing ७,८५१-७,८६० of ११,२७९ items.
  • वराहक्षेत्र मन्दिर बाढी र कटानको उच्च जोखिममा, संरक्षणका लागि पहल जारी

    इटहरी। धर्तीकै पहिलो तीर्थ वराहक्षेत्र मन्दिरपरिसर क्षेत्र र बस्ती सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको छ । हरेक वर्ष सप्तकोशी नदीमा आउने बाढीसँगै मन्दिर क्षेत्र र जोडिएको बस्ती जोखिममा पर्ने गर्छ । वराहक्षेत्र नगरपालिका–१ मा रहेको मन्दिर सप्तकोशी र कोकाह नदीको सङ्गमबाट करिब तीन सय फिटमाथि रहेको छ । प्रत्येक वर्ष आउने बाढीले पूर्वी किनारमा धक्का दिँदै आएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत असोजमा आएको बाढीले मन्दिरपरिसर क्षेत्रमा रहेको वराह श्राद्धस्थल, गणेश मन्दिर, शनि मन्दिर, साकेला पार्क र शौचालयमा बाढीले क्षति प

    • प्रकाशित मितिः माघ १०, २०८१
    • २९६ पटक पढिएको
  • मेची राजमार्ग बन्द हुने चिन्ता: वैकल्पिक मार्गको अभावले इलामवासी चिन्तित

    इटहरी । इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मुख्य राजमार्ग मेची राजमार्गमा वैशाख लागेपछि यातायात बन्द हुुने चिन्ता आमनागरिकमा बढेको छ । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माईखोला राजदुवालीमाथिको सडकखण्डमा समान्य वर्षा हुनासाथ यातायात बन्द हुने अवस्थाले चिन्ता बढाएको हो । अहिले दैनिक जसो इलाम सदरमुुकाममा हुने सभा, सम्मेलन र स्थानीय सरकारका विषयगत समितिमा मेची राजमार्गका विषयमा आवाज उठ्ने गरेको छ । इलाम नगरपालिकाले  पनि पत्रकार भेटघाट गरी राजमार्गको बिग्रिएको खण्ड र वैकल्पिक मार्गका विषयमा छलफल गरेको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले आउँदो वैशाखदेखि मेची राजमार्ग बन्द हुने निश्चित भएको

    • प्रकाशित मितिः माघ १०, २०८१
    • १९१ पटक पढिएको
  • धनकुटामा ७३ वर्षीया वृद्धा दिउँसै लुटिइन्, सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्यो

    इटहरी । भत्ता लिएर घर फर्कँदै गर्नुभएकी ७३ वर्षीया रत्नमाया धनकुटा बजारमा दिउँसै लुटिनुभएको छ । उहाँले बोक्नु भएको करिब एक लाख पचास हजार रुपियाँ नगद धनकुटाको हुलाक टोलस्थित जिल्ला अस्पतालको अगाडि बुधवार दिउँसो करिब १२ बजे अज्ञात समूहले लुटपाट गरेको छ । धनकुटाको मुख्य बजारमा वृद्ध लुटिँदासमेत प्रहरीले यस विषयमा चासो दिन सकेको छैन । सुरक्षा व्यवस्थामा प्रश्न उठेको भन्दै तत्काल खोजी कार्य गरी दोषी माथि कारबाही गर्न स्थानीयहरूले माग गरेका छन् । डिउटीमा खटिएका प्रहरी चोकचोकमा नभएर मोबाइल र अन्य क्षेत्रमै व्यस्त हुने गरेको आरोप स्थानीयको छ ।  भत्ता लिएर फर्केको कसरी जानकारी पायो यो गम्भीर विषय

    • प्रकाशित मितिः माघ १०, २०८१
    • २२७ पटक पढिएको
  • सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउन जुट्यो, वैशाखमा कञ्चनजङ्घा पर्यटन महोत्सवको तयारी

    इटहरी। दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार महोत्सवमा सरोकार भएका निकायका प्रतिनिधिसँग हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अध्ययन, अवलोकन गरी अनुसन्धानमार्फत समस्या समाधानका विषयमा छलफल हुनेछ । ग

    • प्रकाशित मितिः माघ १०, २०८१
    • १७८ पटक पढिएको
  • पाँचथरको फाल्गुनन्द गाउँपालिकाले पाँच ज्येष्ठ नागरिकलाई सम्मान गर्‍यो

    इटहरी। पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ का पाँच जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको छ । कार्यालयमा आयोजित कार्यक्रममा वडाका देवीप्रसाद ढुङ्गाना, बलभद्र रिजाल, सुकबहादुर चेम्जोङ, रनमाया कुरुम्वाङ र कृष्णबहादुर आङ्देम्बेलाई सम्मान गरेको हो । वडा कार्यालयले वर्षेनी नदोहोरिने गरी फाल्गुनन्द ७ मा पर्ने साविक आङसराङका पाँच वटा वडाबाट एक एक जनाका दरले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । वडाबाट विनियोजित २५ हजार रुपियाँ बजेटबाट खरिद गरिएका ब्लाङ्केट वितरण गर्दै खादा ओढाएर उहाँहरुलाई सम्मान गरिएको वडा सचिव जय तामाङले जानकारी दिनुभयो ।उहाँहरुलाई वडा सदस्य नविना धमला, सोनाली कुरुम्बाङ र

    • प्रकाशित मितिः माघ १०, २०८१
    • १२१ पटक पढिएको
  • नदी किनारमा बेवारिसे शव फेला

    इटहरी । तुम्वेवा गाउँपालिका–१ र तेह्रथुम–६ थर गाउँपालिका ४ को सिमानामा पर्ने तमोर खोला किनारामा बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो स्थानीयले तमोर खोलामा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साहले जानकारी दिनुभएको छ । उहाँका अनुसार शवको पहिचान गर्न र घटनाका कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ  ।

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ९६ पटक पढिएको
  • सुनसरीमा मिटरब्याजी पीडितको जागरण सभा

    इटहरी। सुनसरीको इनरुवामा मिटरब्याजी पीडितको जागरण सभा गरिएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति कोशी प्रदेशको आयोजना र जिल्ला समितिको संयोजनमा भएको जागरण सभा मिटरब्याज पीडितहरुले आफूहरुको बेइमानी भएको धितोको जग्गा फिर्ता हुनुपर्ने, ब्याजदर १० प्रतिशतले मात्रै भुक्तानी गरेर ऋणबाट छुटकारा पाउनुपर्ने, वित्तीय संस्थाको धम्की आतङ्क बन्द गर्नुपर्ने माग राख्दै मिटरब्याजी पीडितको जागरण सभा गरेको हो । बिहीबार सयौंको सङ्ख्यामा भेला भएका मिटरब्याजी पीडितहरुले आफूहरुलाई अन्याय भएकाले न्यायको लागि जागरण सभा गरेको जनाएका छन् । मिटरब्याजी जागरण सभामा पीडित कलिम मंसुरीले विभिन्न समयमा गृह

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ११९ पटक पढिएको
  • इटहरी कराते एकेडेमीका बिध्यार्थी फर्किए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ५ स्वर्ण सहित

    इटहरी / इटहरी बाट जनवरी २० र २१ गते दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन भारतको बिहार पुगेका खेलाडीहरू विभिन्न पदक सहित नेपाल फर्किएका छन्।   नेपाल, भारत र भुटानबीच भएको प्रतियोगितामा इटहरी कराते एकेडेमीका अमर कुमार शाह काता बिधामा द्वितीय भएका छन् भने कुमुते ५५ केजीमा प्रथम भएका छन्। त्यस्तै आयुष कटवाल (१६-१८ वर्ष) ५० केजि काता र कुमुते दुवै  विधामा प्रथम , शिल्पा श्रेष्ठ (१२-१४ वर्ष)  ३५ केजि काता र कुमुते दुवै  विधामा प्रथम, अन्जली श्रेष्ठ (१२-१४ वर्ष) ३५ केजी काता तेस्रो कुमुते दोस्रो, खुसी बिष्ट (१२-१४ वर्ष) ५० केजी काता तेस्रो कु

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ८६० पटक पढिएको
  • डिभिएम स्कुल इटहरीका खेलाडी भारतमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बाट विभिन्न पदक जितेर फर्किए।

    इटहरी/ बिहारमा जनवरी २० र २१ गते दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन १८ जनवरीमा डिभिएम स्कुल इटहरीबाट सहभागी हुन भारतको बिहार पुगेका खेलाडीहरू विभिन्न पदक सहित नेपाल फर्किएका छन्। नेपाल, भारत र भुटानबीच भएको प्रतियोगितामा डिभिएम स्कुल इटहरीबाट स्वागत बिमली (१० देखि १२ वर्ष ५० केजी समुहबाट) काता र कुमुते दुबईमा तेस्रो, रोहन चौधरी (१० देखि १२ वर्ष ३० केजी समुह) काता तेस्रो कुमिते दोस्रो, सिमरन राई (१० देखि १२ वर्ष ३० केजी समूह) काता र कुमिते दुबैमा तेस्रो,  त्यस्तै रोहन अग्रवाल (१० देखि १२ वर्ष ४० केजी समूह) काता र कुमिते दुबैमा दोस्रो भएको प्रशिक्षक स

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ३६० पटक पढिएको
  • सोलुखुम्बुमा नवजात शिशुसहित सुत्केरीको उद्धार

    इटहरी । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार भएको छ । थुलुङ दुधकोशी अस्पतालमा हिजो शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाण्डौ ल्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । आमा र बच्चालाई थापाथलीको प्रसूतिगृहमा भर्ना गरी उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः माघ ९, २०८१
    • २१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]