इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा रहेको बताउनुभएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाले आयोजना गरेको प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश सरकारको आन्तरिक आय वृद्धिका लागि छुट्टै महाशाखा आवश्यक भएको बताउँदै महाशाखा गठन भएपछि राजश्व बाँडफाँट वापतको बजेट वृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले महाशाखा गठन पछि केही अर्ब राजश्व बढाउन सकिने बताउनु भयो । नेपाली काङ्ग्रेस र एमाले बिचको सहमतिपछि बनेको सङ्घीय सरकारले आर्थिक सुधारका लागि धेरै काम गरिरहेको
इटहरी । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबीसे बजारका अग्निपीडितलाई जिल्ला विपत् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मोहण मणि घिमिरे समेतको टोलीले बिहीबार बाह्रबीसे पुगेर पीडितलाई नगद १५ हजार वितरण गरेको हो । त्यस्तै, नेपाल रेडक्रस सोसाईटीले त्रिपाल, कम्मल, भाडावर्तन लगायतका सामग्री वितरण गरेको छ । अग्निपीडित मध्ये ४ परिवारलाई जनही १५ हजार र ५ जनाभन्दा माथि सदस्य भएका एक परिवारलाई २० हजार रुपैयाँ वितरण गरिएको घिमिरेले बताउनुभयो । पीडितलाई अलैंची व्यवसायी संघले ५५ हजार र वितरक संघले ६० हजार ५ सय रुपैयाँ सहयोग गरेको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीम लिम्बुल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा स
इटहरी। मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न बुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो । खेल मैदान निर्माणका लागि नगरपालिकाले रु। १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङ्ग कार्कीले बताउनुभयो । उक्त मैदानलाई विद्यालयले प्रयोग गर्न मिल्ने उहाँको भनाइ छ । खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताउनुभयो । वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसानलाई कृषि सामग्री प्रदान गरेको हो । साँघुको मैदानी सुके लामपोखरी खर्केली बहुउद्देश्यीय कृषक समूहमा आवद्ध किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको उपस्थितिमा स्थानीय किसानलाई हाते ट्रयाक्टर, पाइप, स्प्रिङकललगायतका सामग्री वितरण गरिएको छ । यता कृषि सामग्री वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष वनेमले अनुदानमा पाएको सामग्रीलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ । अनुदान प्राप्त गरेपछि त्यसको सही सदुपयोग गरी दिग
इटहरी । विराटनगर महानगरपालिकाको आयोजनामा वडा कार्यालयबाट गरिने सिफारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यबाहक मेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ८ का अध्यक्ष राम पोखरेल, १० का अध्यक्ष अर्जुन गिरी, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का अध्यक्ष सूर्यलाल यादव, १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का अध्यक्ष प्रकाश साह, १६ का अध्यक्ष उद्धव भुलेज, १८ का अध्यक्ष जितेन्द्रकुमार साह र १९ नम्बर वडाका अध्यक्ष श्याम घिमिरेलगायतको उपस्थितिमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक अवस्था अति नै कमजोर भएका क्षयरोगीहरुलाई पोषण खाद्यान्न सामग्री वितरण गरेको छ । गत कार्तिक १ गतेदेखि २९ गतेसम्म स्वास्थ्य केन्द्र र चौकीहरूबाट रोग पत्ता लागी हाल क्षयरोग निवारणका लागि नियमित औषधि सेवन गरिरहेका रोगीहरूलाई पोषण खाद्यान्न सामग्री सहयोग गरिएको हो । बि.एन.एम. टी. युके र सावित्री बस्न्यात फण्ड फर टि.बी. को आर्थिक सहयोगमा बि. एन.एम.टी. नेपाल द्वारा सञ्चालित ’पोषण परियोजना’ अन्तर्गत ९ जना क्षयरोगीहरूलाई पोषण खाद्यान्न सहयोग वितरण गरिएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा क्षयरोग संयोजक डा. मुकेश पौडेलले जानकारी दिनु
इटहरी । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । बुधबार राति ११ः२० बजेको समयमा मेचीनगर–६ स्थित मेचीपुलबाट भारतको पश्चिम बङ्गाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० वर्षीय मोहम्मद अनवर हुसेन, भद्रपुर नगरपालिका–३ नयाँ बस्तीकी ४५ वर्षीया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा नगरपालिका–८ का ३४
इटहरी। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका चार टोलले सामाजिक र आर्थिक कारण देखाउँदै आयातित पेय पदार्थको सेवनमा पूर्ण प्रतिबन्ध लगाएका छन् । गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका बासिन्दाले विवाह, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया लगायत सबै सामाजिक कार्यक्रममा यस्ता पेय पदार्थको प्रयोगमा रोक लगाएका हुन् । स्थानीय सामाजिक अभियन्ता अरुण राईका अनुसार आयातित पेय पदार्थले आर्थिक बोझ बढाउनुका साथै परम्परागत संस्कृति र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको छ । “एउटा घरमा प्रयोग भएपछि अरूले पनि प्रयोग गर्नैपर्ने बाध्यता थियो । यसले आर्थिक भार बढाउने मात्र होइन, स्वास्थ्य र स
इटहरी । संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रविसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एक एक वटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । राम बहादुर राईको घरवाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.