इटहरी । इटहरी उपमहानगरपालिकाले इन्जिनियर पदका लागि मासिक ज्यालादारी सेवामा निकालेको विज्ञापनप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले कडा आपत्ति जनाएको छ। उपमहानगरपालिकाले पुष २४ गते इन्जिनियर (बिल्डिङ एन्ड आर्किटेक्ट) र इन्जिनियर (स्ट्रक्चरल) छैटौँ तहको लागि दरखास्त आह्वान गरेको थियो।एसोसिएसनका केन्द्रीय महासचिव विनोद प्रकाश पण्डितले इन्जिनियर जस्तो सामाजिक प्रतिष्ठा बोकेको पेसामा 'ज्यालादारी' हैसियतमा विज्ञापन निकालिएको भन्दै विरोध गरेका छन्। उनले इन्जिनियर उपाधिको उपहास हुने गरी जारी गरिएको विज्ञापन तत्काल सच्याउन माग गरेका छन्।यसैबीच, एसोसिएसनका कोसी प्रदेश सभापति जगरनाथ शाह
इटहरी। मोरङको बुढीगङ्गा गाउँपालिका–१, टङ्कीसिनवारी चोकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालय विराटनगरले पहिलो चरणको निर्माण ठेक्का लगाएको योजनाले स्थानीयवासी बाढी तथा डुबानबाट पीडित हुनुपर्ने भन्दै उनीहरूले पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेका हुन् । स्थानीयले टङ्कीसिनवारीदेखि जम्मा भएको पानी दुई किलोमिटर पूर्व रहेको खदरा खोल्सामा झार्ने गरी सडकमा आरसिसी ड्रेन निर्माण गर्न लागेकोमा विरोध जनाएका छन् । स्थानीय सरकार बुढीगङ्गा गाउँपालिकाले डुबान नियन्त्रणका लागि बस्तीको प
इटहरी । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भन
इटहरी । सुनसरीको इनरुवा नगरपालिका १ स्थित खेल मैदानमा संयुक्त रूपमा भीड नियन्त्रण सम्बन्धी डेमो प्रस्तुत गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको विशिष्ट अतिथ्यतामा भएको डेमोस्ट्रेशन भएको हो । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध लगायतका भीडलाई व्यवस्थापन तथा नियन्त्रण गर्न संयुक्त रूपमा डेमोस्ट्रेशन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला सुरक्षा समिति सुनसरीक
इटहरी । झापामा चिकित्सा शास्त्रको स्नातक तह ९एमबीबीएस०को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरु गरेको हो । काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको
काठमाण्डौ । बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रम बढेपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ । कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अदालतमा उपस्थीत गराइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबार नै बयान सकिएपनि थुनछेक बहसका लागि लामिछानेलाई प्रहरीले सोमबार काठमाडौं अदालतमा उपस्थीत गराएको हो । लामिछानेलाई अदालत उपस्थीत गराएसंगै थुनछेक बहस समेत सुरु भएको छ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ
भोजपुर | अरुण गाउँपालिका वडा नम्बर २ र ३ मा हजारेखोला छोक्ला छरछरे बृहत खानेपानी आयोजनाको घरधुरी सर्वेक्षण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। अब आजदेखि वडा नम्बर १ मा सर्वेक्षण कार्य सुरु भएको छ।सर्वेक्षणमा सहभागी प्राविधिकहरूलाई सही विवरण उपलब्ध गराउन गाउँपालिकाले सम्पूर्ण स्थानीयहरूलाई आग्रह गरेको छ। यदि वडा नम्बर २ र ३ मा कुनै घरधुरी छुट भएको भए ती घरधुरीको नाम टिपाई दिन आग्रह गरिएको छ।हालका लागि यो आयोजना वडा नम्बर १, २ र ३ मा सञ्चालन हुनेछ। यस आयोजनाबाट ती वडाका स्थानीयहरूले स्वच्छ र सहज खानेपानी सेवाको लाभ उठाउन सक्ने विश्वास व्यक्त गरिएको छ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायीक हिरासतमा पठाइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा बयान सकिए पनि थुनछेक बहस नसकेपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो । सोमबार देखि थुनछेक बहस हुने काठमाडौं अदालते जनाएको छ । त्यसअघि आइतबार बिहानै लामिछाने अदालत हाजिर हुनुभएको थियो । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका
इटहरी। सुनसरीमा भरुवा बन्दुकसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीलगायत व्यक्तिहरू छन् । पक्राउ पर्ने अरू व्यक्तिमा कारमा सवार सुनसरीकै रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनयराज धामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल छन् । धरान उपमहानगरपालिका–१९, हरियाली चारकोसे जंगलबाट शनिबार ९हिजो० राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनीहरूका साथबाट एकथान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामका गोली तीन, टोटा बन्दुकका गोली दुई, बारुद र खुकुरी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.