इटहरी। तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दरररामसागररनेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो । सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ । पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसा
इटहरी। झापामा सरकारको एक ठुलो योजना निर्धारित समयभन्दा निक्कै अगावै काम सकिएर उद्घाटन भएको छ । बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको कोशी प्रदेशको सबैभन्दा लामो र देशकै तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम निर्धारित समयभन्दा अघि बनेर उद्घाटन भएको हो । गत असार २४ गते शिलान्यास भएको पुलको उद्घाटन ६ महिनाभित्रै बिहीबार उद्घाटन भएको हो । झापा क्षेत्र नं १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गरेको पुल उहाँले नै उद्घाटन गर्नुभएको छ । टिमाई खोलामाथि निर्माण भएको झोलुङ्गे पुल ४७६ मिटर लम्बाइको छ । ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपियाँ ३५ पैसा
इटहरी । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५र१२ बाट मर्मतसम्भार कार्य थालिएको उहाँले बताउनुभयो । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय,
इटहरी । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले
इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाचको स्तम्भ ताक्वाचङ याःराक्मा तेन स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थित हटिया लाइनमा स्तम्भको स्थापना गरिएको हो । धान नाच स्तम्भको बिहीबार उद्घाटन गरिएको छ । किराँत याक्थुङ चुम्लुङको सङ्घीय अध्यक्ष प्रेम येक्तेनले स्तम्भको उद्घाटन गर्नुभएको छ । किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्तम्भ निर्माणसँगै स्थापना गरेको हो । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोका धान नाच स्तम्भ ९प्रतिमा० स्थापनाका लागि करिव ८० लाख रुपियाँ लगानी भएको छ ।
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम भ्रमण वर्ष २०२५ को अवसरमा सांस्कृतिक, पर्यटन तथा कृषि मेला आयोजना गर्ने भएको छ। मेला यहि माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। नेपाल सरकारले उत्कृष्ट १०० गन्तव्यहरूको सूचीमा समावेश गरेको यस क्षेत्रमा पर्यटकीय गतिविधिलाई थप प्रोत्साहन गर्न र कृषि तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो।मेलाको पहिलो दुई दिन, माघ १ र २ गते, विशेष कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना हुनेछ। यस कार्यक्रमले कृषकहरूको आय आर्जन वृद्धि गर्न, व्यावसायिक खेतीतर्फ आकर्षित गर्न, र कृषि पेशालाई सम्मानित गर्न योगदान दिने लक्ष्
विराटनगर | पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई न्यायसंगत र समावेशी बनाउन माग गर्दै अनेरास्ववियु, ने.वि.संघ, र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा परीक्षा पत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउन विज्ञपति बुझाएका छन्। बिहीबार पूर्वान्चल विश्वविद्यालय "कलेज अफ ल"का विद्यार्थीहरूको तर्फबाट प्रस्तुत गरिएको यो मागलाई विश्वविद्यालय केन्द्रीय कार्यालय सुन्दरहरैंचाका उपकुलपति प्राध्यापक डा. बिजु कुमार थपलियासमक्ष बुझाइएको हो।विद्यार्थी संगठनहरूले परीक्षा प्रणाली सबैका लागि सहज र समावेशी बनाउन लामो समयदेखि उठ्दै आएको भाषा सम्बन्धी समस्याको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरेका
इटहरी । कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ। झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार उक्त पुलको उद्घाटन गर्नुभएको हो। झापाको बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वार्डलाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको उक्त झोलुङ्गे पुलको शिलान्यास समेत विश्वप्रकाश शर्माले ५ महिना पहिले गर्नुभएको थियो। स्थानीय वडा नम्बर ६ र ७ जोड्ने गरी टिमाई खोलामा बनेको सो पुलको लम्बाइ ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपियाँ खर्च भएको छ । पुल उदघाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं लगाय
इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदीबजारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा सहित ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहीबार बिहान साढे ४ बजेतिर प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका मोटरसाइकल सवारहरुलाई चेकजाँच गर्ने क्रममा करिब एक सय २० किलो गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट ५ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायर समेत
मोरङ । सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुलनजिकै चारवटा सिलिन्डर बम फेला परेको छ ।बम रहेको खबर सार्वजनिक भएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालित भएको थियो । खोजतलासका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिमतर्फ सुरुङभित्र गाडिएको अवस्थामा बिहीबार दिउँसो ती बम फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, ती बम माओवादी द्वन्द्वकालमै राखिएको आशंका गरिएको छ । बमको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थल आसपास करिब दुई किलोमिटर क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीय प्रशासनले बमका कारण राजमार्ग विस्तार कार्यमा चुनौती देखा परेप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.