इटहरी । उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ देखि २० गतेसम्म विराटनगरको ड्र्ग्रिी क्याम्पस परिसरमा विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ । डिजिटल कोशी, ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेण्ट भन्ने नारा सहित आयोना हुन लागेको एक्स्पोको बारेमा जानकारी गराइएको थियो । सो एक्स्पोमा २ सय ६८ वटा स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा बिराट बजार बिटुबि, स्टार्टअप भिजन कोशी ह्याकाथुन, रोजगार कोशी, व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज, खाद्य र प्रायोजक गरी ९ वटा पेभिलियन रहने छन् । रोजगार कोशी पेभिलियन अन्तर्गत युवाहरूलाई करि
इटहरी । धनकुटाका व्यवसायी तथा उद्यमीले ठूला उद्योगसँग प्रतिष्पर्धा गर्न नसकेको तथा बैंकको चर्को ब्याजले उद्योग बन्द गर्न परेको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको धनकुटामा औधोगिक लगानी र रोजगारीको सृजना विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अनुदानका लागि फर्म खोल्ने र अनुदान पछि बन्द गर्ने चलनको अनुगमन नभएको गुनासो गरेका हुन् । आफन्तलाइ अनुदान वितरण गरेको, नविकरण नभएका संस्थालाई अनुदान वितरण भइरहेको बताएका हुन् । सहभागि किसानले बैंकले ऋण लिँदा एउटा व्याजदर निर्धारण गर्ने गरेको र तिर्ने बेलामा दोब्बर बनाउने गरेको गुनासो गरेका छन् । उनीहरुले तराइका बजारबाट सस
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका ७ बाट ट्रामाडोल ट्याब्लेटसहितका लागुऔषध बोक्ने र कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मध्यरातमा धरान उपमहानगरपालिका वडा नं।७ स्थित कोशी राजमार्गमा विशेष सूचनाको आधारमा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १९ का २१ वर्षीय रोहित कार्की र सोही ठाउँ बस्ने १९ वर्षीय अनुराग राईलाई पक्
इटहरी । मोरङको बुढीगङ्गा गाउँपालिकाले सञ्चालन गरेको बुढीगङ्गा पालिका अस्पतालले दैनिक १२ घण्टा बहिरङ्ग ९ओपिडी० सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सुचारु राख्दा स्थानीय नागरिकलाई उपचार सेवामा सुविधा भएको छ । अस्पतालले सेवाग्राहीको सुविधाका लागि वर्षको ३६५ दिन नै ओपिडी सेवा सुचारु राख्ने निर्णय गरी कार्यान्वयन सुरु गरेको छ । बुढीगङ्गा अस्पतालको ओपिडी सबै सार्वजनिक बिदाका दिनमा पनि खुल्नेछ । सुनसरीको चतरा अस्पतालमा यसअघि कार्यरत अस्पतालका व्यवस्थापक डा। सुरज थापा चार महिनाअघि मात्र बुढीगङ्गा पालिका अस्पतालमा आउनुभएको हो । त्यसअघिबाटै सकारात्मकरुपम
इटहरी । ताप्लेजुङमा पछिल्लो पाँच महिनाको अवधिमा चार लाख क्युबिक फिटभन्दा बढी गोलिया काठ निकासी भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को मङ्सिर मसान्त सम्ममा उक्त परिमाणमा काठ गोलिया निकासी भएको हो । डिभिजन वन कार्यालयका वन अधिकृत प्रमेश्वर पासवानका अनुसार मङ्सिर मसान्तसम्ममा कुल चार लाख २६ हजार २५३ क्युविक फिट काठ निकासी भएको छ । वन अधिकृत पासवानले निजी वनबाट सो काठ निकासी भएको बताउनुभयो । उत्तिस, चिलाउने, मलातोजस्ता प्रजातिका काठ निकासी भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार निकासी भएको काठको उक्त परिमाण पाँच महिनाको विवरण भए पनि अधिकांश तीन महिनाभित्र न
इटहरी । झापामा स्कारपिओको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–६ मा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको भारतीय गाडीले पैदलयात्री महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मेचीनगर–६ की अन्दाजी ५८ वर्षीया माला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । थापालाई बाटो क्रस गर्दै गर्दा स्कारपिओले ठक्कर दिएको प्रहरीको भनाइ छ । स्कारपिओ चालक भारतको पानीट्यांकी बस्ने २१ वर्षीय विकास विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
इटहरी । खोटाङमा मानसिक सन्तुलन गुमेकी युवती बलात्कृत भएकी छन् । केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया युवतीमाथि बलात्कार भएको खुलेको हो । करिब ६ वर्षअघि मानसिक सन्तुलन गुमाएर उपचाररत ती युवतीलाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो । उक्त घटना बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ । बलात्कारपछि युवती गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो । पीडितको जाहेरीअनुसार ३९ वर्षीय एककुमार राईले मानसिक सन्तुलन गुमाएकी ती युवतीलाई बलात्कार गरेको उल्लेख छ । गत असारमा राईले घरमा एक्लै भएको मौका छोपेर मानसिक सन्तुलन गुमेकी युवतीलाई बला
इटहरी । झापा र सुनसरीबाट लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २० गते दिउँसो झापाको कमल गाउँपालिका ४ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले १ ग्राम ब्राउनसुगरसहित स्थानीय ३९ वर्षीय धनराज लिम्बू, २६ वर्षीय रोहित नेम्बाङ, २३ वर्षीय राजेश नेम्वाङ र शिवसताक्षी नगरपालिका १ का ३३ वर्षीय सुरेश निरौलालाई नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी चौकी चारआलीले मेचीनगर नगरपालिका ११ का २३ वर्षीय ईशाक राई र मेचीनगर १३ का ३० वर्षीय सुनील नगरकोटी मगरलाई ब्राउनसुगर १ ग्राम ४७० मिलिग्रामसहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका ११ का २८ वर्षीय विनोद आचार्यलाई
इटहरी। तरकारी बालीमा ग्राफ्टिङ् प्रविधि प्रभावकारी बन्दै गएको छ । माटोजन्य रोगका कारण तरकारी खेतीमा माटोबाट सर्ने रोगको समस्या देखिन थालेपछि ग्राफ्टिङ् कलमी प्रविधिको प्रयोग किसानहरुले गर्न थालेका छन् । पूर्वी नेपालका अगुवा तरकारी कृषकहरु पछिल्लो समय ग्राफ्टिङ् प्रविधिको प्रयोग गर्दै आएका छन् । माटोबाट सर्ने ढुसी र ब्याक्टेरियाको कारणले लाग्ने रोगहरु तथा जरामा गाठा बनाउने जुकाले तरकारी बालीहरुको उत्पादन, गुणस्तर र भण्डारणमा हानी पुर्याउने गरेको छ । ग्राफ्टिङ् प्रविधिको प्रयोगले माटोबाट सर्ने रोगको व्यवस्थापन हुँदै आएको तरकारी कृषक रघु चन्द्रवंशीले बताउनुभयो । माटोलाई निर्मलीकरण, जैविक न
इटहरी। पाँचथरको सदरमुकाम फिदिममा ६८ वर्षीय लक्षुमण मुखिया मृत अवस्थामा भेटिएका छन् । फिदिम नगरपालिका–८ रानिटार घर भई फिदिम १ मा बस्दै आउनुभएका उहाँ आइतवार सदमुकाम फिदिमस्थित बुद्धमार्गमा मृत अवस्थामा फेला पर्नुभएको हो । घर अगाडी सडकमा मृत अवस्थामा भेटिएको भनी आफन्त र छिमेकीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० बिनालाल साहले जानकारी दिनुभयो । उहाँको शव जिल्ला अस्पताल पाँचथरको शवगृहमा पोष्टमार्टमका लागि पठाउनुका साथै प्रहरीले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.