इटहरी / आर्थिक अभावका कारण आफ्नो नगरका कुनै पनि, बालबालिका, किशोर किशोरीहरू पढाइबाट वञ्चित नहुन् भन्ने उद्देश्यले शैक्षिक क्षेत्रमा विभिन्न योजना ल्याएर काम गरिरहँदा एक मुसहर समुदायबाट पढ्ने आकांक्षा राख्दै गर्दा आर्थिक अभावका कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसकिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तेजनारायण चौधरीको पहलमा मुसर समुदायकी कविता सदाको लागि पाँच वर्षे कोर्स बीए लएलबी मा भर्ना गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री रेवती रमण भण्डारी को पहलमा विराटनगरमा रहेको निजी कलेज ब्राइट भिजन मा विद्यार्थीलाई भर्ना गरिएको र एउटा पढ्न चाहने छोरीलाई आफूले सहयो
इटहरी । विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को परीक्षामा चौधरीले उत्कृट अंक ल्याएर उत्तीर्ण भएका थिए । पढाइमा अब्बल भएका कारण यस वर्षको छात्रवृत्ति प्रदान गरिएको पुस्तकालयका अध्यक्ष ओमकार चापागाईले जानकारी दिए । कार्यक्रममा विराटनगर महानग
इटहरी । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ । महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यन तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । महोत्सवमा एक सय ५० वटा स्टल रहने र छुट्टा छुट्टै चार विधाका अलग – अलग स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्य
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित नेशनल गल्लीमा निबिधा मेनपावरको सञ्चालन भएको । युवा व्यवसायी निखिल देबको निर्देशनमा सञ्चालनमा आएको यो मेनपावरले युरोपका विभिन्न देशहरू, मोरिसस, रोमानिया, र खाडी मुलुकहरूमा वर्किङ भिसामा काम गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।निखिल देबले यस अघि इटहरीको आइताबारेमा डल्फिन कन्सलटेन्सी एजुकेसन सञ्चालनमा ल्याएका थिए। उनले अब फेरि थप मेनपावर सेवाहरू उपलब्ध गराउँदै इटहरीमा निबिधा मेनपावर स्थापना गरेका हुन्। उनका अनुसार नयाँ वर्षको अवसरमा नयाँ कामको थालनी गर्दै मेनपावर सेवा विस्तार गरिएको हो।यस मेनपावर कम्पनीबाट विदेशमा रोजगार खोज्ने युवा वर्गलाई
तेह्रथुम | कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्लामा रहेको खेलकुद संरचना तथा बोर्ड मातहतको कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको खेलकुद संरचनाको अभिलेखनको तयारी गरिरहेको बोर्डले आज तेह्रथुम पुगेर जिल्ला स्थित संरचनाको अनुगम तथा निरीक्षण गरेको हो।बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) को नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेको फुटबल मैदान र रंगशाला , निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समितिको निर्माणाधीन कार्यालयको अनुगम तथा निरीक्षण गरेको खेलकुद विकास बोर्डका कार्यालयका अधिकृत कालिदास भट्टराईले जानकारी दिनु भयो।त्यस्तै , जिल्ला खेलकु
इटहरी । भोजपुरमा ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । बजार विस्तारसँगै कृषि उपज बेचेर स्थानीय किसान आर्थिक रुपमा सक्षम बनेका छन् । सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाण्डौ जोडिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन किसानले काठमाण्डौबाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत शहरमा पनि बेच्दै आएका छन् । केही व्यापारी धान,मकैलगायतका किन्न गाउँघरमा नै पुग्ने गरेका टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताउनुभयो । यसैबीच जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको
इटहरी । ताप्लेजुङमा चार हजार बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्रका विद्यार्थीको मुटु परीक्षण गरिएको हो । प्रतिष्ठानले मङ्गलबार एकदिने शिविर आयोजना गरी फुङ्लिङका विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटु परीक्षण गरेको हो । प्रतिष्ठानको ताप्लेजुङ शाखाका सभापति इन्द्र बहादुर गुरुङ फुङ्लिङ नगरपालिकाभित्रका ३९ वटा विद्यालयमा अध्ययनरत चार हजार २४७ जना विद्यार्थीको मुटु परीक्षण गरिएको छ । शिविरमार्फत मुटु परीक्षण गरिएका कुल सङ््ख्यामध्ये ३३ जनामा मुटुको समस्या भेलिएको छ । जसमा मुटुसम्बन्धी गम्भीर समस्या भएका १० जना विद्यार्थीको श
इटहरी । जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएका थिए। वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए। वनमा दाउरा काट्न गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जंगलमा मृत फेला परेकी उनले बताए। नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जंगली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताए। उनले हात्तीको त्रास
सुनसरी | संखुवासभाको मादी नगरपालिका २, पुर्खेउलि निवासी ड्रिल्ली मान थापाका छोरा मिलन थापा, केही समय अघि मात्रै वैदेशिक रोजगारबाट फर्केका थिए, अचानक बोल्न नसक्ने भए् । २९ वर्षीय मिलन मंसिर १४ गते राति सामान्य रूपमा सुतेका थिए तर विहान उठ्दा बोल्न सकेन्न । परिवारका अनुसार, बोलि नआए पछि मिलनको स्वास्थ्य समस्या सुरूमा घरमा नै धामी झाँक्रीको उपचारबाट समाधान गर्न खोजिएको थियो, तर थापाको अवस्था अझै नाजुक देखिदै आयो । बोल्न नसक्ने समस्याले परिवारलाई चिन्तित पारेपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा परीक्षण गर्दा थापालाई टाउको सँग सम्बन्धित गम्भीर समस्या रहेको पत्ता लाग्यो । उक्त समस्याबाट मुक
सुनसरी | मोरङको सुन्दरहरैँचामा सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ ।घटनाको प्रकृति हेर्दा हात्ती आक्रमणबाट मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैँचा नगरपालिका ५ स्थित नमुना सामुदायिक वनमा गुरुङ टोल बस्ने ६० वर्षीया चन्द्रकुमारी लिम्बूको शव फेला परेको हो ।‘सामुदायिक वनमा घाँस, दाउरा काट्न गएको र घर नफर्किएको सूचना आएपछि प्रहरी र स्थानीयबासीले खोजी गरिएको थियो। उनका अनुसार मृतक महिला सोमबारदेखि घर नआएपछि खोजी कार्य जारी राखिएको थियो ।शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ‘घटनाको प्रकृति हेर्दा हात
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.