इटहरी । कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन । धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योगबाहेकले क्लिङ्कर ल्याएर ग्रान्डिङ गरेपछि उत्पादन गर्न सक्छन् । क्लिङ्कर खरिद गर्दा महँगो पर्ने भएपछि कुनै उद्योग बन्द भएका र कुनै बन्दका चरणमा पुगेका हुन् । कोशी प्रदेशको मोरङमा चार, झापामा आठ, सुनसरीमा एक, उदयपुरमा १ र धनकुटामा एउटा उद्योग सञ्चालनमा छन्, जसमध्ये मोरङको अल्ट्राटेक र अन्नपूर्ण सिमेन्टको उत्पादन बन्द छ । यसै गरी झापाका आठमध्ये तीन वटा उद्योग पू
इटहरी । मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताउनु भयो । यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं। ७ कि ४० वर्षीय गङ्गामाया मगर९ श्रेष्ठ०को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो
इटहरी । इटहरीमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको छ । इटहरी उपमहानगरअघि फेला परेको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको हो । नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा प्रेसर कुकर फेला पारेको छ । उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ । इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए । उक्त घटनाबारे सुक्ष्म ढंगबाट अनुसन्धान सुरू गरिएको प्रहरीक
सुनसरी/ सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ स्थित श्री सहयोगि बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष संजय कुमार चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी रहनुभएको थियो।साधारण सभाको सुरुवातमा संस्थाका अध्यक्ष संजय कुमार चौधरीले २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाको लेखा संयोजक राजुकुमार चौधरीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक स्थितिको विस्तृत विवरण दिनुभएको थियो। कार्यक्रममा संस्थाले जेष्ठ बचतकर्ता महिला तथा पुरुष, फरक क्षमता भएका ब
इटहरी । शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षामा जोड दिँदै तीन तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र आधारभूत तहमा कोही पनि शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो । कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा विधेयक संसदमा विचाराधीन रहेको र यसबाट सकारात्मक परिणाम आउने आशा व्यक्त गर्नुभयो । शिक्षाका हरेक काममा संघीय सरका
इटहरी । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो । गाउँपालिकाभित्रका गरिब, दलित र असह्य बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभयो । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा सञ्चालन गरिएको आवाससहितको निःशुल्क शिक्षा कार्यक्
इटहरी। झापाको शिवसताक्षी नगरपालिका २ की १७ वषिर्या एक युवतीलाई कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकाबाट उद्धार गरिएको छ । युवतीलाई भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरी सुनसरीलाई शंका लागेर सोधपुछ गरेका थिए । यसरी भारत बिहार राज्यको सुपौल जिल्लाको बीरपुरका २८ वर्षिय नयनकुमार यादव र उदयपुर जिल्ला ठोक्सिला ९ बस्ने २४ वर्षिय उज्जवल खड्कालाई गिरफ्तार गरिएको हो । सशस्त्र प्रहरीले युवतीको उद्धार र बेचबिखन गर्न लाँदै गरेका यादव र खड्कालाई नेपाल प्रहरीको जिम्मा लगाइएको कोसी गाउँपालिका ८ भण्टाबारीको सीमा नाकामा अवस्थित
सुनसरी / राप्रपा कोशी प्रदेशले घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । १४ गते प्रदेश अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा भएको प्रदेश बिस्तारित बैठकले राप्रपाले उठाएका एजेन्डाहरुलाई स्थापित गर्दै जनजीबिकाको सबालमा देखिएको समस्याहरुलाई सम्बोधन गर्न घरदैलो अभियान थालनी गर्ने भनी संकल्प प्रस्ताब पारित गरिएको प्रदेश प्रबक्ता बिजयकुमार राउतले बताए ।राप्रपा अब जनताहरुको मूलभूत समस्यामा केन्द्रित रहेर आगामी दिनहरुमा सहकारी पीडितहरुको बचत फिर्ता गराउन स्थानीय तहमा दबाब कार्यक्रम गर्ने , कुशासन बिरुद्ध खबरदारी अभियान चलाउने ,सुकुम्बासी समस्या समाधान गर्न दबाब सिर्जना गर्ने लगायतको कार्यक्रम लिएर जनता
इटहरी – कोशी प्रदेशमा क्रिकेटको माहोल तात्दैछ। e-Planet राष्ट्रिय उच्च विद्यालय क्रिकेट च्याम्पियनसिप अन्तर्गत कोशी प्रदेश छनोट प्रतियोगिता पुस १५ र १६ गते इटहरीमा आयोजना हुँदैछ। HypeYeti Events को व्यवस्थापनमा हुने यस प्रतियोगितामा क्षेत्रका उत्कृष्ट ६ कलेजले राष्ट्रिय फाइनलमा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिता नेपाल डीभीएम ग्लोबल एकेडेमी स्कूल को मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। यो T10 ढाँचामा खेलाइनेछ, जसले तीव्र र रोमाञ्चक खेल अनुभव प्रदान गर्नेछ भने राष्ट्रिय फाइनल T20 ढाँचामा हुनेछ।e-Planet का क्षेत्रीय प्रमुख सूर्यप्रसाद चाम्लागाईंले यो प्रतियोगिता नेपाली क्रिकेट सं
इटहरी । सुतार कार्की सेवा समिति सुनसरीको चौथो साधारणसभा समापन भएको छ । शनिबार इटहरीको बालग्राममा पुर्खाको सम्मान ,संस्कृतिको उत्थान सुतार एकता विश्वबन्धुत्वको पहिचान भन्ने मुल नाराका साथ सुरु गरिएको कार्यक्रममा सुतार कार्की सेवा समिति सुनसरीका निर्वातमान अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार तथा सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रीय समितिका प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । सुतार कार्की कुलबंश प्रतिष्ठान केन्द्रीय समितिका महासचिव तथा निवर्तमान सुतार कार्की सेवा समिति सुनसरीका सचिव मनोज कार्कीले कार्यक्रमको सञ्चालन संगै प्रत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.