इटहरी । सुतार कार्की कुलवंश प्रतिष्ठान भवनको उद्घाघाट्न तथा सम्मान कार्यक्रम गरिएको छ । शनिवार हरिद्दार चतरामा कुलवंशको नाम हाम्रो पहिचान, सुतार कार्कीको गौरव हाम्रो सम्मान भन्ने मुल मन्त्रलाई आत्म सम्मान गर्दै सुतार कार्की प्रतिस्ठानका अध्यक्ष कुमार कार्कीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कार्कीको प्रमुख अतिथ्य्तामा कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानको भवन उद्घाटन प्रमुख कोशी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कार्की तथा सुतार कार्की सेवा समिती केन्द्रिय अध्यक्ष दिव्यध्वज कार्कीले भवनको उद्घाटन गर्नु भएको हो । त्यस्तै १ सय भन्दा वढी प्
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको बेलामा आफूहरुले फरक मतको रुपमा छाडेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनः आवश्यक भएको बताउनुभएको हो । उहाँले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्र सहितको नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गर्नुभयो । पुराना संसदवादी दलहरुसँगको संसर्गबाट माओवादी नेता का
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा ९२० बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिता लागू भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेको कार्य गराउनुपरे आयोगलाई जानकारी गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुदको क्षेत्रमा हालसम्म भएका लगानीहरू अपेक्षा अनुसार राम्रा नरहेको बताउनुभएको छ । शनिबार धरान उपमहानगरपालिका १७ स्थित कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । खेलकुदको क्षेत्रमा लगानीहरु अपेक्षा अनुसार नरहेकाले लक्ष्यहरु जोड्न नसकिएको उहाँले बताउनुभयो । फुटबल खेलको लागि नेपालमा जुन लगानी हुनु पर्ने त्यो छैन, नेपालमा खेलसम्बन्धी लगानी कम रहेकाले पनि नेपालको खेल विश्वको राम्रो स्तरसम्म पुग्न नसकेको उहाँको भनाई छ । विश्वमा सबैभन्दा धेरै खेलिने
इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रवारको बैठकमा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँको वृद्धि गर्ने निर्णय गरिएको हो। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य रु ०।२ र डिजेलको मूल्य रु २।५४ ले बढाइएको निगमले जनाएको छ। यो वृद्धि मध्यरातदेखि लागू हुनेछ।
इटहरी । मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाको ५ औं साधारण सभा सम्पन्न भएको छ । दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख अतिथ्यतामा मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ४ मा रहेको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं साधारण सभा सम्पन्न भएको हो । दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीले २०८०÷८१ को वार्षिक प्रतिवेदन तथा नीति कार्यक्रम बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव रामकुमार कालाखेतीले प्रस्तुत गर्नुभएको थ
इटहरी। सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् । किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ । उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ । भन्सार
काठमाण्डौ । आउँदो १६ गते हुने पालिका तह उपचुनावका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आइतबार बेलुका ६ बजेपछि उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपचुनावका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् । सोमबार ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि
इटहरी। ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम ९न्वागी पर्व० को अवसरमा प्रतियोगिता गर्न लागिएको हो। चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ। जसमा स्थानीय एउटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत वेष्टबङ
इटहरी । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्। आज बिहान भएको मतगणनामा रेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत मात्र प्राप्त गरे। उपाध्यक्षमा उदयबहादुर राई, सचिवमा रामप्रसाद सुवेदी ९रविन्द्र०, उपसचिव ९खुला० मा रमेश राई, उपसचिव ९महिला० मा प्रतिस्पर्धी विष्णुमाया रिमाल ९आचार्य० निर्वाचित भएका छन्। सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि पदाधिकारी सबैमा निर्वाचन भएको थियो। बिहीबारदेखि सुरु भएको ११औँ अधिवेशनमा इलामका ८१ वटा, २१ जनसङ्गठन र पेसागत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.