इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रवारको बैठकमा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँको वृद्धि गर्ने निर्णय गरिएको हो। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य रु ०।२ र डिजेलको मूल्य रु २।५४ ले बढाइएको निगमले जनाएको छ। यो वृद्धि मध्यरातदेखि लागू हुनेछ।