समाज

    Showing ८,६५१-८,६६० of ११,२९७ items.
  • इटहरी उपमहानगरमा १ करोड ४० लाख रुपैयाँ घोटाला: प्रतिनिधिसभामा व्यापक भ्रष्टाचारको आरोप

    इटहरी /  इटहरी उपमहानगरपालिका भ्रष्टाचारको डरलाग्दो चपेटामा परेको आरोप प्रतिनिधिसभामा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा टेन्डर आव्हानदेखि योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको भन्दै बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्।विशेष समयमा बोल्दै सांसद चौधरीले इटहरी उपमहानगरले खरिद गरेका चार ठूला विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको तथ्य सार्वजनिक गरेका छन्। उनले आपूर्तिकर्तासँग सुरु देखि नै सेटिङ गरेर तेस्रो कम्पनी खडा गरी भ्रष्टाचार गरिएको आरोप लगाए। चौधरीका अनुसार इटहरी उपमहानगरका अधिकारीहरूले सार्वज

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • ३१२ पटक पढिएको
  • इटहरीमा बहुला कुकुरको आतंक, साउनयता ८ पशु मरे

    इटहरी /  इटहरीमा पछिल्लो समय बहुला कुकुरको आतंकले स्थानीय बासिन्दालाई त्रसित बनाइरहेको छ। साउन महिनायता रेबिजको संक्रमणले ८ वटा पशु मरेका छन् भने चार दर्जनभन्दा बढी पशु र तीन जना मानिस घाइते भएका छन्। घर आँगनमा प्रवेश गरेर कुकुरले दुहुना पशु र मानिसहरूलाई आक्रमण गर्न थालेपछि इटहरीको विभिन्न वडामा स्थिति भयावह बनेको छ।साउन ७ गतेदेखि सुरु भएको यो समस्या इटहरीको वडा नं. १, २, ५, र २० मा व्यापक देखिएको छ। इटहरी उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गाबहादुर श्रेष्ठका अनुसार, यो अवधिमा ४२ भन्दा बढी पशु र मानिस घाइते भएका छन्, जसमा केहीको मृत्यु समेत भइसकेको छ। कुकुरको आक्रमणबाट प्रभावित पशुहरूलाई

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • २३७ पटक पढिएको
  • धरानमा बाढीले बगाउँदा १४ वर्षीय बालकको मृत्यु

    धरान / सुनसरीको धरानमा बाढीले बगाउँदा एकको बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो भारी वर्षासँगै आएको बाढीले धरान ऐश्वर्य मार्ग स्थित ड्रेनमा बगेर विद्यालयबाट घर फर्कँदै गरेका वडा नं १७ का १४ वर्षीय रोशन लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव वडा १७ को ठकुरी खोलामा झ्यासमा अड्किएको अवस्थामा भेटिएको थियो । शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बालक भिक्टोरी स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए ।

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • २५३ पटक पढिएको
  • कोशी प्रदेश महिला फुटबल टोलीलाई राष्ट्रिय लिगको लागि भव्य विदाई

    विराटनगर / कोशी प्रदेश फुटबल संघले काठमाडौँमा आगामी भदौ १६ गतेदेखि सुरु हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन लागेको कोशी प्रदेशको महिला फुटबल टोलीलाई आज विराटनगरमा एक विशेष कार्यक्रमबीच विदाई गरेको छ। विदाई समारोह कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा टोलीलाई आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइएको छ। मुख्यमन्त्री कार्कीले टोलीलाई विदाई गर्दै भने, "यदि कोशी प्रदेशको महिला टोलीले लिगमा प्रथम स्थान हासिल गरेमा, प्रदेश सरकारको तर्फबाट प्रत्येक खेलाडील

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • ४४८ पटक पढिएको
  • इटहरीमा खुकुरी प्रहार: पाँचजना पक्राउ, घाइतेको अवस्था गम्भीर

    इटहरी / इटहरीमा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो करिब ४ः४० बजेको समयमा इटहरी ६ को कुवेर चौकमा भएको उक्त घटनामा २१ वर्षीय प्रवेश बुढाथोकीलाई खुकुरी प्रहार भएको हो। घटनापछि ती व्यक्तिहरूले फरार हुन खोजे पनि विराटनगरको बरगाछी क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।कुवेर चौकमा केही व्यक्तिहरूबीच विवाद हुँदा प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार भएको थियो। घटनामा संलग्न व्यक्तिहरूले बुढाथोकीलाई हात र टाउकोमा खुकुरीले प्रहार गर्दा उनी गम्भीर रूपमा घाइते भएका छन्। खुकुरी प्रहारबाट उनको हातको नसामा गहिरो चोट लागेको छ भने टाउकोमा पनि

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ५९१ पटक पढिएको
  • द्वारिकलाल चौधरीले पाए एमालेमा प्रदेश सदस्य जिम्मेवारी र भोक्राह नरसिंहको इन्चार्ज

    इटहरी : नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकबाट द्वारिकालाल चौधरी प्रदेश सदस्य मनोनीत भएका छन् । साउन १० को बैठकले चौधरीलाई भोक्राह नरसिंह गाउँपालिकाको इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।यसअघि २०७९ को निर्वाचनमा माओवादी केन्द्र प्रवेश गरेका उनी सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । त्यस यता राजनीतिमा निष्क्रिय रहँदै आएका चौधरी पछिल्लो समय एमालेको विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए ।इटहरी उपमहानगरपालिकाको निवर्तमान मेयर चौधरीले एमाले पार्टीको आन्तरिक कलह पछि माओवादीबाट उम्मेदवार भएका हुन् । उनी सँगै इटहरीका सागर सुवेदी सहित विभिन्न पार्टीबाट आएका १४ जनाला

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • २७६ पटक पढिएको
  • इटहरीमा अनेमा संघद्वारा नि:सहाय बालबालिकाको लागि दर खुवाउने विशेष कार्यक्रम

    इटहरी - हरितालिका तीजको अवसरमा अनेमा संघ इटहरी नगर कमिटी इटहरी ४ ले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष कार्यक्रम आयोजना गरेको छ। यस अन्तर्गत, इटहरी ४ स्थित नि:सहाय बालबालिका सेवा आश्रममा आश्रय लिएका बालबालिकाहरुलाई तीजको दर खुवाएर पवित्र पर्वको महत्त्वपूर्ण संस्कारलाई जोगाउने प्रयास गरिएको छ।कार्यक्रममा ६० जना भन्दा बढी बालबालिकालाई भोजन गराइएको थियो। कार्यक्रमको अध्यक्षता अनेमा संघ इटहरी वडा नम्बर ४ की अध्यक्ष शाशी आचार्यले गर्नुभयो। प्रमुख अतिथिको रूपमा अखिल महिला संघ इटहरी नगर अध्यक्ष कमला निरौला र विशेष अतिथिको रूपमा नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मशि गौतमको उपस्थिति रहेको थियो। का

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ६५२ पटक पढिएको
  • पत्रकार तारामणि सापकोटाको "आमसञ्चार र समावेशी पत्रकारीता" को विमर्श

    इटहरी / पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक "आमसञ्चार र समावेशी पत्रकारीता" को विमोचन र विमर्श कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। बागियान साहित्यिक पत्रिका इटहरी, सुनसरीद्वारा आयोजित कार्यक्रमले साहित्यिक, पत्रकारिताजन्य, र समावेशी विषयवस्तुमा आधारित बहसलाई एक नयाँ उचाइमा पुर्‍याएको छ ।कार्यक्रममा पुस्तकका प्रमुख टिप्पणीकारको रूपमा  नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोही , प्रख्यात साहित्यकार र सोभा भण्डारी अमर खड्का , राजन केडी , भवानी बराल लगाएतले विश्लेषक गरेका थिए टिप्पणीकारहरूले पुस्तकमा उठाइएका विषयवस्तु, तर्क, र तथ्यांकको विस्तृत विश्लेषण गर्दै समाव

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • २०४ पटक पढिएको
  • फिल्म ‘रावायण’को प्रचार तीव्र, भदौ २१ मा रिलिज हुने तयारी

    इटहरी / नेपाली फिल्म ‘रावायण’को प्रचारप्रसार गतिविधि तीव्र रुपमा भइरहेको छ, र यसलाई यही भदौ २१ गतेबाट देशभर रिलिज गर्ने तयारी गरिएको छ। प्रारम्भिक चरणमा फिल्मको टिमले विशेषगरी कलेजका युवा दर्शकहरूमाझ प्रचार केन्द्रित गरेको छ, जसले गर्दा युवा वर्गमा फिल्मप्रति उच्च उत्साह देखिएको छ। यसअघि कोशी प्रदेश लगायत विभिन्न प्रदेशमा पोस्टर पब्लिसिटी गरिसकेको फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा, र कलाकार प्रमोद अग्रहरि र प्रकाश शाह प्रमोसनका लागि विभिन्न कार्यक्रममा व्यस्त छन्। आइतबार फिल्मको टिमले काठमाडौंको टेक्सास कलेजमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्‍यो। कमलादीस्थित

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ४२२ पटक पढिएको
  • धरानमा पहिलो पटक महिला उद्यमी प्रदर्शनी व्यापार मेला आयोजना हुँदै

     सुनसरी / धरानमा पहिलो पटक सुनसरी जिल्लाका महिला उद्यमीहरूको उत्पादन र व्यवसायको प्रदर्शनी र व्यापार मेला आयोजना हुन गइरहेको छ। सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित यो मेला भदौ १३ देखि १५ गतेसम्म सङ्घको भवन परिसर र सभाहलमा आयोजना हुनेछ। मेलामा ४५ वटा स्टलहरू रहनेछन्।सङ्घका अध्यक्ष विजय श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजना गर्नको उद्देश्य चाडबाडको समयमा महिलाहरूको उद्यमलाई प्रोत्साहित गर्दै धरानको बजारमा चहलपहल ल्याउनु रहेको बताए। यो मेलाले सुनसरीका महिला उद्यमीहरूको उत्पादनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।प्रदर्शनीमा विभिन्न प्रकारका घरे

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • २५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]