विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकाले विद्यालयमा पत्रु खाना विक्री वितरण गर्ने, प्रचार गर्ने र उपभोग गर्नेलाई कारबाही गर्ने भएको छ। एक सूचना जारी गर्दै बिक्री वितरण, सेवन प्रयोग नगर्न आग्रह गरेको हो ।बुुढीगंगा जनस्वास्थ्य बोर्डको २०८० मङ्सिर २५ गते बसेको बैठकले निषेधित क्षेत्रमा पत्रु खाना जंकफुडको बिक्री वितरण प्रचार गरेको पाइएमा कारबाही हुने निर्णय गरेको हो । जंकफुडको विक्री वितरण गर्ने व्यक्ति वा संस्था वा दुबैलाई तोकिए बमोजिमको कारबाही हुने पालिकाले जनाएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी न्यौपानेले हस्ताक्षर गरेको सूचनामा जनस्वास्थ्य ऐन २०८० को दफा १७को उपद
सुनसरी । इटहरी उपमहानगरपालिकाले पहिलो अन्तर नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न फाइनलमा धरान उपमहानगरलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो । उपाधिसँगै इटहरीले नगद १ लाख रुपैयाँ जितेको छ । उपबिजाते धरानले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल नभए पनि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा घरेलु टिम इटहरीको तर्फबाट सन्तोष दाहाल, सुमित चौधरी, हरि कार्की र योगेन्द्र कार्कीले गोल गर्दा कप्तान प्रवेश दनुवारको प्रहार बाहिरिएको थियो ।ध
इटहरी । चर्चित गीतकार, मुक्तककार एवम् कवि दिनेश थपलियाको नवीनतम कविता संग्रह म गाउँ फर्किन्छुको लोकार्पण कार्यक्रम इटहरीको दुर्गा पाटी प्यालेसमा सम्पन्न गरेको छ ।अच्छा राई रसिक साहित्य प्रतिष्ठानको आयोनामा कार्यक्रम साहित्यकार कवि दिनेश थपलियाको कृति लोकार्पण सम्पन्न भएको हो । १३८ पेजको रहेको साझा प्रकासनले प्रकासन गरेको कुलसदप जंगबहादुर गुरुङको आवरणकला रहेको म गाउँ फर्किन्छु कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपाने , विशेष अतिथि इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल एवम् अतिथिहरुबाट सामुहिक रुपमा लोकापर्ण गरिएको थियो । पुस्तक
पथरी शनिश्चरे / मोरङको पथरीशनिश्चरे १० को सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रमा लिम्बु समुदायको ऐतिहासिक, मौलिक तथा सांस्कृतिक कार्यक्रमहरू भएका छन् । मंगलबार चासोक तङ्नाम तथा उधौली पर्व ( येले तङ्वे ५०८३) को अवसरमा सिरिजंङ्गा स्मृति धार्मिक वन समूह तथा किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरेको आयोजनामा ति कार्यक्रमहरू सम्पन्न भएका हुन्।सोहि क्रममा आयोजित कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरेका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले हाम्रो देशमा सबै जातजातिको एकताभित्र विविधता , विविधतामा एकता सहित सहिष्णुता रहेकाले यसलाई अक्षुण्ण राख्नु हामी
पथरीशनिश्चरे / प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेद्वारा आयोजित यु-१५ फुटवल टुर्नामेन्टको उपाधि वाल्मीकि माविले उचालेको छ । आज बुधबार सम्पन्न भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि फुटबल टीमले न्यू प्यागोडा टिमविरूद्ध ट्राईबेकरको सहारामा पराजित गर्दै सो उपाधि चुमेको हो । दुवै टिमले खेलको निर्धारित समयमा २-२ को बराबरी गोल गरेपछि खेल ट्राईबेकर तर्फ धकेलिएको थियो। ट्राईबेकर तर्फ पुनः बराबरी भएपछि 'सडेन डेथ ' मा वाल्मीकि माविले सो उपाधि उचालेको थियो। सोहि प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद , ट्रफी तथा मेडल सहितले पुरस्कृत गर
छविराज ढकालपथरी शनिश्चरे / भ्वाइस अफ नेपाल टप एटमा पुगेका विनोद राईलाई जिताउन कर्मथलो मोरङ पथरीशनिश्चरेमा ब्यापक अभियान चलिरहेको छ । पथरीशनिश्चरेमा पत्रकार सन्तोष राईको संयोजकत्वमा नाट्या कलाकार तथा निर्देशक जीवन बराल सहसंयोजक, विनोदको भाई पुष्षराज राई आर्थिक संयोजक रहेको एक ठुलो अभियान' टोली गठन भएको छ। उक्त अभियानका सदस्यहरु पत्रकार भूमिप्रसाद पाठक, ईश्वर दुलाल, प्रेम भट्टराई, करण धिताल, संगीता राई, छविराज ढकाल, पूर्ब जनप्रतिनिधि परशुराम न्यौपाने रहेको विनोद राई जिताउ अभियान चलिरहेको छ । उद्योग वाणिज्य संघको पूर्ब महासचिव अशोक साम्पाङ राई, गायक नन्दु गुरुङ, अमिर राई लगायतको ट
इटहरी / इटहरीमा रहेर विगत २८ वर्ष देखि सञ्चालनमा रहेको शान्ति जनकल्याण बुहउद्देश्यीय सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिबार क्षेत्रीय कृषि अनसुन्धान केन्द्र तरहराको प्राङ्गणमा साधारण सभा गरिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष वीर वहादुर लिम्बुले समितिको बार्षिका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९/ ८० को शेयर पुर्जी ७ करोड ७५ लाख ३१ हजार ५ सय रहेको छ । गत सालको तुलनामा ९ दशमलव २० प्रतिशतले बृद्दी भएको छ भने यस वर्षका संस्थाको कुल ऋण लगानी १ करोड ८२ लाख ९९ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस वर्ष संंस्थाको जम्मा मुनाफा १ कर
इटहरी / रोट्याक क्लब सुनसरी द्वारा सांस्कृतिक उत्सव कार्यक्रम गरिएको छ ।इटहरीको दुर्गा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि रोट्याक क्लब सुनसरी द्वारा संस्कार संस्कृति र सद्भावलाई जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक उत्सव कार्यक्रम गरिएको छ ।सांस्कृतिक उत्सवमा थारु समुदायको झाकि नृत्य,किरात राई यायोक्खा समुदाय को झाकि नृत्य,तामाङ समुदाय झाकि नृत्य,गुरुङ समुदायको झाकि नृत्य,नेवार समुदायको झाकि नृत्य,सामुहिक नृत्य लगाएत विभिन्न जातिका नृत्य प्रस्तुत गरिएको थियोे ।कार्यक्रमका प्रमुख अतिथिमा इटहरी उपमहानगरपालिकाका नगप्रमुख हेमकर्ण पौडेल रहेका थिए । रोट्याक क्लबले सुनसरी र इटहरी रहेर सामाजिक का
भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गर्दै आएको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन थालिएको छ ।अभियानमार्फत १४ वटामध्ये भौगोलिक रुपमा अति नै विकट रहेका नौवटा वडामा अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेको हो ।अभियानमार्फत वडास्तरीय तथा पालिकास्तरीय योजना सम्झौता, प्रभावकारी रुपमा योजना सञ्चालनसम्बन्धी अभिमुखीकरणसँगै बैङ्कसम्बन्धी सेवासमेत प्रदान
इटहरी / जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको प्रथम साधरणसभा तथा अधिवेशनले पुनः तेजबहादुर पुरीको अध्यक्षतामा नयाँ कार्य समिती बनेको छ । इटहरीको तालतलैयामा भएको प्रथम साधरणसभा तथा वनभोज सहितको अधिवेशनले,बरिष्ठ उपाध्यक्षमा बाशुदेव बराल, उपाध्यक्षहरुमा सुनिल भुषाल,कृष्ण पराजुली,महासचिवमा माधव दाहाल ,सचिवमा भोगेन्द्र , कोषाध्यक्षमा दुर्गा थापा ,सह कोषाध्यक्ष प्रकाश महतो चयन भएका छन् । सदस्यहरुमा केशव गिरी,बासुदेव खरेल, भेषराज बराल,सिताराम राई,बाबुराम गिरी, राजु श्रेष्ठ,गोपाल पुरी,बेल बहादुर थापा, रामकाजी गिरी,कुनाल सान्दुप लामा,रविन अधिकारी,रमेश श्रेष्ठ,शसी चौधरी,कुल बहादुर कार्की
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.