पथरीशनिश्चरे / प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेद्वारा आयोजित यु-१५ फुटवल टुर्नामेन्टको उपाधि वाल्मीकि माविले उचालेको छ । आज बुधबार सम्पन्न भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि फुटबल टीमले न्यू प्यागोडा टिमविरूद्ध ट्राईबेकरको सहारामा पराजित गर्दै सो उपाधि चुमेको हो । दुवै टिमले खेलको निर्धारित समयमा २-२ को बराबरी गोल गरेपछि खेल ट्राईबेकर तर्फ धकेलिएको थियो। ट्राईबेकर तर्फ पुनः बराबरी भएपछि 'सडेन डेथ ' मा वाल्मीकि माविले सो उपाधि उचालेको थियो।
              सोहि प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद , ट्रफी तथा मेडल सहितले पुरस्कृत गरिएको थियो भने सर्वाधिक गोलकर्ता न्यू प्यागोडाका आदित्य राई ( ७ गोल ) लाई  पुरस्कार प्रदान गरिएको थियो । सोहि अवसरमा शैक्षिक वर्ष २०७९ को एसईई (SEE ) र कक्षा -१२ (SLC- २०८० ) मा संस्थागत तर्फबाट पथरीशनिश्चरे नगर भित्रका प्याब्सन सदस्य विद्यालयहरू मध्यें  सर्वोत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्याथीहरूलाई नगद ,फूल ,अबिर र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। 
              प्रमुख अतिथि समेत रहनुभएका पथरी शनिश्चरे शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले र शिक्षा अधिकृत नवीन खुलालको हातबाट पथरी शनिश्चरे ९ को प्याराडाईज स्कूलका निश्चल काफ्ले एसईई परीक्षामा ३.९५ जीपीए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गरेका थिए भने  रेडस्टार माविको कक्षा १२ ( एसएलसी ) व्यवस्थापन संकायमा ३.८१ जिपीए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विपीन पोख्रेलाई सम्मान गरिएको थियो ।
           पथरीशनिश्चरे नगरपालिकाका शिक्षा,यूवा तथा खेलकूद शाखाका प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यता तथा प्याब्सन नगर कार्य समिति पथरीशनिश्चरेका अध्यक्ष सुरेन्द्र लिम्बुको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरका शिक्षा अधिकृत नवीन खुलाल, नगर खेलकुद संयोजक दिपक राई , ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठ,
              प्याब्सन प्रदेश सहसचिव नोबल किशोर खनाल, मोरङ जिल्ला सल्लाहकार टिका प्रसाद दंगाल,  प्रमुख सल्लाहकार उपेन्द्र कँडेल ,  मोरङ जिल्ला सदस्य राजु तिम्सिना,  खेल संयोजक सुजन बाँस्तोला, नगरप्याब्सन कोषाध्यक्ष खड्ग बहादुर श्रेष्ठ,लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन प्याब्सन नगरकार्य समिति सचिव सन्तोष बस्नेतले गरेका थिए।
Messenger_creation_a66309c0-9e89-474c-842c-d41d436d2a4e