विराटनगर / विराटनगर महानगरपालिका -२ मा आयोजना गर्न लागिएको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को सबै तयारी पूरा भएको छ ।आयोजक मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी सकिएको जानकारी दिएको हो ।शुक्रबारदेखि आगामी पुस १६ गतेसम्म आयोजना हुने ‘एक्स्पो’को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन् ।संघका अध्यक्ष नवीन रिजालका अनुसार ‘एक्स्पो’मा ४ देशमा उत्पादन भएका २ सय ४० स्टलहरू रहने छन् । मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुहरूको स्टल राखिने भएको हो ।
भोजपुर /भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडक मध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।तिवारीभञ्याङको शुन्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास
मोरङ / बेलबारीबाट एक साताअघि रातारात सुनसरीको ईनरुवा सारिएको कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा बिवाद सिर्जना भएको छ । बेलबारीबाट अस्पताल सरेपछि बेलबारी नगरपालिका उपप्रमुख नेतृत्वको राजनीतिक दलका प्रमुख र यस क्षेत्रका सांसदहरुको टोलीले प्रदेशका मुख्यमन्त्री,राजनीतिक दलका प्रतिनिधि,प्रहरी प्रमुख र प्रधानमन्त्री समेतलाई भेटेर ज्ञापनपत्र बुझाएपछि अस्पताल बेलबारीमै फर्काउने आश्वासन प्राप्त भएपछि टोली काठमाण्डौबाट फर्किएको छ ।उता जिल्ला समन्वय समिति सुनसरीको परिसरमा संचालन भैरहेको कोशी प्रदेश प्रहरी अस्पताल बुधबार उदघाटन गर्ने तयारी रहेको थियो । अस्पताल बेलबारीमै फर्काउने तयारीपछ
इटहरी / इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो ।कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।उनले सम्पत्ती कर, लिखत पाससम्बन्धि व्यवस्था, निजी विद्यालयसम्बन्धि कर, वैदेशिक रोजगारीसम्बन्धि कर र साना तथा मझौला व्यवशायीहरुले तिर्नुपर्ने करहरु नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ ।कार्यपा
सुन्दरहरैंचा / इटहरी उपमहानगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाबाट प्रवेश गर्ने सिटी सफारीलाई इटहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाए पछि मोरङको सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरु आन्दोलित भएका छन । प्रचलित कानुन बमोजिम दर्ता भएका ई- रिक्सा पहिचान गर्न सक्ने संकेत वा लोगो अनिवार्य रुपमा दुबै तर्फको पालिकाले प्रदान गर्ने, दुबै पालिकाको इ-रिक्साहरु एक अर्को पालिकामा प्रवेश गर्दा यात्रुहरु गन्तव्यमा पुर्याउने, र आ-आफ्नो पालिकामा फर्किदा सिमानासम्म कुनै प्रकारको यात्रु वा समाग्री बोकी फर्किने, एक पालिकाबाट अर्को पालिका प्रवेश गर्दा बढिमा एक घण्टा भित्र फर्की अनिवार्य सिमा पार गर्ने भएको थि
इटहरी / इटहरी उपमहानगरपालिका १६ मा रहेको एकम्बा स्वास्थ्य चौकीद्वारा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा उपचार शिविर गरिएको छ । एकम्बा स्वास्थ्य चौकी ईटहरी १६ ले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट अनुसार इटहरी उपमहानगरपालिका वडा नम्बर १६ कार्यालयको आर्थिक सहयोग तया स्वास्थ चौकीको प्राविधिक सहयोगमा रामजानकी शान्ति वृद्धाश्रममा १ दिने जेष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण तथा उपचार शिविर गरिएको छ । जेष्ठ नागरिक समाजको सम्पत्ति हुन । जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन तथा संरक्षण गुणस्तरीय स्वास्थ्य उपचार र प्रभावकारी हेरचाह गरौं भन्ने नारा सहित सहयोग गरेको एकम्बा स्वास्
भोजपुर / भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ ।भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो । घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आत्मसात गर्दै पाँच वटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।गाउँपालिकाले वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रवाह गरेको हो । वडाबाट गाउँपालिकाको सबै से
मोरङ / उर्लाबारीका केही शिक्षकहरु विद्यालयको समयमा पढाउनभन्दा राजनीति दलको कार्यक्रममा भेटिन थालेपछि जनआक्रोश पैदा हुन थालेको छ ।सोमबार शिक्षकलाई राजनीतिक दलको झोला बोकेर नहिँड्न चेतावनीसहित उर्लाबारी नगरपालिका अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीले धर्ना दिएको छ । राधिका माविका शिक्षक प्रेमप्रसाद भट्टराई एमालेको कार्यक्रममा विद्यालय छोडेरै पुगेको भन्दै अभिभावकहरु रुष्ट बनेका छन्।रास्वपाको नेतृत्वमा हिजो दिउँसो साडे १ बजेदेखी ३ बजेसम्म नगरपालिका अगाडि धर्नासहित ज्ञापन पत्र बुझाइएको हो । उनीहरुले सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजनीतिक मोह भए नेता बन्न सुझाव दिएका छन् । शिक्षक भट्टराईले गत
इटहरी : इटहरी उपमहानगरपालिकाको गेट अगाडी यात्रु पर्खिरहेका जस बहादुर गुरुङ सफारी चलाउन दिक्क लाग्ने गरेको सुनाउँछन् । आइतबार देखी उपमहानगरपालिकाले टाइम कार्ड लागु गरेसँगै उनी थप निराश भएका छन् । टाइम कार्ड बारे नबुझेका उनले विगत देखिनै अनेकौँ निर्णय भइरहेको र सफारीलाई मात्र दुःख दिन थालेको बताए ।तिन पाङ्ग्रे विद्युतीय रिक्सा (सिटी सफारी) को लागि पर्याप्त पार्किङ नभए पनि पार्किङको शुल्क तिर्नुपर्ने बाध्यता भएको बताउँछन् । उपमहानगरपालिकाले पैसा लिने गरेको बताउँदै उनले भने, ‘कुनै ठाउँमा रोक्न नपाउने भए किन शुल्क लिनु ? कर लिने मात्र काम भयो । भित्री सडकमा कुदाउन सक्ने अवस्था छैन । खाल्डाखुल्डी र
धनकुटा / धनकुटा नगरपालिका- ३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् ।अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ । यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिए ।गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरुले पन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.