समाज

    Showing ९,६४१-९,६५० of ११,३०१ items.
  • हतुवागढी गाउँपालिकाले पालिका गान/गीत छनोट

    भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाले पालिका गान/गीत छनोट गरेको छ ।आज हतुवागढी गाउँपालिकाले सुचना जारी गर्दै पालिका गान छनोटको अन्तिम नामावली प्रकाशन गरेको हो ।पालिका गानको लागि हतुवागढी ३ का शंकरहरी राईको गीत ‘हतुवागढी साझा भूगोल’ सर्वोत्कृष्ट गानको रुपमा छनोट भएको छ । त्यस्तै प्राप्त सिर्जनाहरु मध्ये उत्कृट १० पालिका गान समेत छनोट गरिएको छ ।प्राप्त रचनाहरु पालिका गान छनोट समितिले सम्पूर्ण प्रक्रिया सम्पन्न गरि अन्तिम नामावली प्रकाशन गरेको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले जनाएका छन् । उनका अनुसार छनोट भएको पालिका गानमा संगित भर्ने र रेकर्डको कार्य तत्काल अघि बढाइने र रेकर्ड पश्चात सार्व

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • १९६ पटक पढिएको
  • भ्रष्टचारमा दोषी इटहरी यातायातका ५ जना कर्मचारी पक्राउ

    इटहरी / राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन प्रमुख नयराज नेपाल सहित पाँच जना पुर्वकर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।कार्यालय प्रमुखसँगै तत्कालिन कार्यालय लोखापाल मणिराज दाहाल,  कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी रन्जन कुमार दाहालले जानकारी दिए । विशेष अदालत काठमाण्डौले २०७९ चैत ८ गते उनीहरुलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर गरि पक्राउ गर्न आदेश गरेको थियो ।पक्राउ परेकाहरुबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • २१२ पटक पढिएको
  • उर्लावारी आगलागी घटना: २ प्रहरीसहित ७ जना डिस्चार्ज ,१३ घाईतेहरु उपचारत्

    मोरङ / उर्लाबारी आगलागी घटनामा परि घाईते भएका नेपाल प्रहरीका २ जना सहित ७ जना मंगलबार  दिउँसो डिस्चार्ज भएका छन् भने १३ जना घाईतेहरुको उपचार भईरहेको छ ।२१ दिन लामो उपचार ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत लेटाङ नगरपालिका-५ स्थायी ठेगाना भएका प्रहरी जवान मन बहादुर घिसिङ, शिरिचोङ गाउपालिका-१ संखुवासभा स्थायी ठेगाना भई उर्लाबारीमा कार्यरत प्रहरी जवान रिद्धि किरण राई र उर्लाबारी-७ घर भएका स्नेहा सुनचाँदी पसलका संचालक दिपक कार्की, सुजन सेन्दाङ, राजिव दियालीको डिस्चार्ज भएको घाईतेहरुको उपचारमा सहयोग गरिरहेका नेपाली कांग्रेस उर्लाबारीका नगर सचिव राजन रायमाझीले बताए ।आज मंगलबार विहान मात्र

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ९४ पटक पढिएको
  • हात्तीका कारण बेलबारीका लक्ष्मीमार्ग,भाउन्ने र नक्सालबारी आसपासका स्थानीय रातभर जाग्राम

    बेलबारी / मोरङको बेलबारी नगरपालिकाका बिभिन्न वडाहरुमा केही दिनयता हात्ती आतंकका कारण त्यस क्षेत्रका स्थानीय रातभर जाग्राम बस्न थालेका छन ।बेलबारी नगरपालिकाको वडा नम्बर ११  लक्ष्मीमार्ग वडा नम्बर १० भाउन्ने र वडा नम्बर १ नक्सालबारीका स्थानीय हात्तीका कारण रातभर जाग्राम र दिनभर हात्ती धपाउन ब्यस्त हुन थालेका छन । पछिल्लो केहीदिनयता दैनिक रुपमा हात्तकिो बथान साँझ पर्ने बित्तिकै बस्तीमा प्रवेश गर्न थालेको छ ।हात्ती धपाउन दैनिक बेलबारी नगरपालिकाको दमकल,प्रहरी,स्थानीय जुटने गरेका छन । हात्तीको समुहले त्यस क्षेत्रमा दैनिक क्षति पुयाईरहेको छ । किसानले लगाएको बालीनाली नष्ट गर्नुका साथै बस्तीमा हात

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ११६ पटक पढिएको
  • इटहरी उपमहानगरले महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख नगद सहित बिदाइ

    इटहरी / इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ  ।इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले  ६० वर्ष उमेर पूरा भएका २६ जना स्वयंसेविकालाई नगद १ लाख सहित विदाई गरिएको हो । स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको देखि निरन्तर सेवारत उनीहरुलाई उपमहानगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गरिएको  मेयर पौडेलको भनाई छ ।“राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंसनीय छ । मेयर पौडेलले भने । ” इटहरीमा १ सय ३५ जना महिला स

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ३०५ पटक पढिएको
  • इलाम पुगेर पर्यटनमन्त्रीले भने,‘धार्मिक- सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउनु’

    इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् ।पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पुर्‍याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले धर्मनिरपेक्षताको विकल्प सोच्नै नसकिने बताए ।‘धर्मनिरपेक्षतामा सबै जातजाति र धर्मावलम्बीले समान रुपमा फुल्न पाउँछन् । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘पुरानो व्यवस्था फर्काउने कसरत नगर्नुह

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • १०३ पटक पढिएको
  • इटहरीको जनता क्याम्पस कर्मचारी नियुक्ति विवाद

    इटहरी / अनेरास्वबियु जनता बहुमुखी क्याम्पस कमिटिले कर्मचारी नियुक्ति प्रक्रियाको नतिजा रद्ध गरी नयाँ प्रक्रिया सुरु गर्न माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै लामो समयदेखि विवादित कर्मचारी नियुक्ति प्रक्रिया रद्ध गरी निष्पक्ष ढंगले कर्मचारी छनोट गर्न माग गरेको हो । क्याम्पसको सञ्चालक समितिले स्थानीय नेताका श्रीमती तथा छोरीहरुलाई नियुक्त गर्ने चलखेल गरेको भन्दै विगतदेखि नै विरोध गर्दै आएको थियो ।अख्तियारमासमेत मुद्धा परेको भएपनि अहिले क्याम्पस सञ्चालक समितिले सेटिङमा नतिजा सार्वजनिक गरी नियुक्ति प्रक्रिया अघि बढाएको आरोप विद्यार्थी संगठनको छ । ‘अहिले नियुक्त भएका कर्मचारीहरु सबै स्थानीय ने

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • २१९ पटक पढिएको
  • नौ वटा मुद्दामा सजाय खेपेका राई गाँजासहित पक्राउ

    संखुवासभा / संखुवासभामा गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको हो ।पक्राउ परेका राईले २०६५ देखि २०७६ सम्म ९ वटा विभिन्न प्रकारका मुद्दामा जेल जीवन बिताइसकेको प्रहरीले जनाएको छ ।यसअघि राईले ६ पटक सार्वजनिक मुद्दा, २ पटक ज्यान मार्ने उद्योगको मुद्दा र १ पटक लागूऔषध मुद्दा खेपिसकेको प्रहरीको भनाइ छ ।प्रहरीले पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ११७ पटक पढिएको
  • रामधुनी बचत तथा ऋणसहकारी सस्थाको २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सम्पन्न

    बराहक्षेत्र / रामधुनी बचत तथा ऋणसहकारी सस्था लीमिटेडले आफ्नो २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सम्पन्न गरेको छ । सोमबार प्रकाश मा.विको खेल मैदान  बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा एक कार्यक्रम गर्दै आफ्नो २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सप्पन्न गरेको हो । साधारणसभाको उद्घाटन जिल्ला सहकारी सघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गगां प्रसाद दाहालले गर्नु भयो । आफ्नो साधारणसभा तथा रजतजयन्तीको अवसरमा नव दृस्टि आँई हस्पिटल प्रा.लि. सग सहकार्य गरि, आफ्ना सेयर सदस्यहरुका लागि आँखा शिविर सञ्चालन गरेको हो ।कार्यक्रमको प्रतिवेदन सस्थाका अध्यक्ष गणेश कुमार पौडलले प्रस्तुत गर्नु भए

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ३४० पटक पढिएको
  • इटहरीको शान्तिनगरमा एक महिलाको बीभत्स हत्या

    इटहरी / इटहरी -२ स्थित शान्तिनगरमा एक महिलाको बीभत्स हत्या भएको छ ।इटहरी वडा न.२ शान्ति नगर स्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षीय मधुमाया पुरीको हत्या भएको हो । सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी महिला पुरीको हत्या गरेका हुन । खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी मधुमायाको स्थानीय  सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । खुकुरी प्रहार गर्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • १७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]