बराहक्षेत्र / रामधुनी बचत तथा ऋणसहकारी सस्था लीमिटेडले आफ्नो २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सम्पन्न गरेको छ । 

सोमबार प्रकाश मा.विको खेल मैदान  बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा एक कार्यक्रम गर्दै आफ्नो २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सप्पन्न गरेको हो । साधारणसभाको उद्घाटन जिल्ला सहकारी सघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गगां प्रसाद दाहालले गर्नु भयो । आफ्नो साधारणसभा तथा रजतजयन्तीको अवसरमा नव दृस्टि आँई हस्पिटल प्रा.लि. सग सहकार्य गरि, आफ्ना सेयर सदस्यहरुका लागि आँखा शिविर सञ्चालन गरेको हो ।IMG_20231204_121601

कार्यक्रमको प्रतिवेदन सस्थाका अध्यक्ष गणेश कुमार पौडलले प्रस्तुत गर्नु भएको थियो । आ.व. २०७९/८० मा सस्थाको कुल आम्दानी १ करोड ४९ लाख ६२ हजार ५ सय ३६ रुपैया ८४ पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सस्थाको आ.व. २०७९/८० मा शेयर पूँजी विवरण ५ करोड २९ लाख ४३ हजार ७ सय रहेको समेत प्रतिवेदनमा पौडेलले उल्लेख गरेका  छन  । कार्यक्रमा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । सस्थापक सदस्य सम्मान, जेष्ठ सदस्य नगरिक सम्मान, वालबचतकता, लगायतका विभिन्न विधामा सम्मान गरिएको छ । 

IMG_20231204_131011

जिल्ला सहकारी सघका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि गगां प्रसाद दाहालले सहकारी संस्थाहरुले ऐन, नियम र मापदण्ड कायम गर्नुपर्नेमा जोड दिदै कोरोना कालको कारण धेरै संस्थाहरु घाटामा गएको तर वित्तीय संस्थाहरु घाटामा नरहेको कुरा समेत जिकिर गनुृ भयो । 

कार्यक्रमको अध्यक्ष गणेश कुमार पौडल हुनुहुन्थ्यो भने प्रमुख अतिथि अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि गगां प्रसाद दाहाल हुनुहुन्थ्यो, विशिष्ट अतिथि, जिल्ला वचत संघ अध्यक्ष योगमाया सुवेदी, अतिथिहरु कमल कार्की, चुडामणि खनाल मात्रिका तिवारी लागायत विभिन्न सहकारीका व्यक्तित्तो हरुकको उपस्थितीमा कार्यक्रम सम्पन्न  हो ।