सुनसरी / इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ । इलाम नगरपालिका–९ का नेपालीहरू गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो ।काम गर्न गएका उनीहरू असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने स्थानीयको भनाइ छ ।स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरू आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ । बेपत्ता हुनेहरूमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत, कुमार बस्नेतलगायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलल
सुनसरी / जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकार चोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको होे ।गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा गरिएका कारण क्लिनिक सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए ।दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने स
सुनसरी / इटहरीमा रहेर विगत २३ वर्ष देखि सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी संस्थाले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ ।इटहरीमा रहेर सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस मनाएको छ । ७ करोड भन्दा वढी सेयर पुँजी रहेको संस्था हो ।प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका रजिष्ट्रार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चारकर्मी सुप्रिया राई सहित सहकारीसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।यसरी सम्मानीत हुनेहरुमा सहकारीकी उत्कृष्ट सञ्चालक मुना प्रसाई तिम्सिना , उत्कृष्ट पुर्व सञ्चालक धनकुमारी लिम्वु ,
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका- ९ चतरा बसपार्कबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले सन्जय लिम्बुको घरमा लुकाएर राखेको ठूलो र सानो आकारको हरिणको सिंग ५ वटा, नियन्त्रित लागूऔषध र मोबाइल बरामद गरेको छ । राइको घरबाट लागूऔषध Tramadol Hydrochloride Capsule क्याप्सुल ४४० वटा, Spasmo ट्याब्लेट ८० वटा र Spaspain ट्याब्लेट ४५० वटा गरि जम्मा ९७० बटा क्याप्सुल, काठको डमी बन्दुक १ थान , दाँत भएको फलामको १ थान , मोबाइल -४ थान समेत बरामद गरेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए ।
सुनसरी / राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् ।झापाको हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरूलाई फेला पारेका थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको हो । पौडेल
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १७ मझौरा टोलमा खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । सोही ठाउँकी ४० वर्षीय नीमा तामाङले ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन् । उनीहरूबीचको सम्बन्ध जेठी सासु–ज्वाईँ (नीमाले कमलाकी बहिनी बिहे गरेको) रहेको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।सोमबार दिउँसो करिब ३ः४५ बजेतिर खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ ६ः२० बजेतिर मृत्यु भएको प्रहरीले पुष्टि गरे । ‘मृतक ब
मिलन अधिकारी संखुवासभा / चिचिला गाउँपालिकाले विगत वर्ष देखि नै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको सम्वर्द्धन तथा प्रवर्द्धनमा लागि परेको छ । चिचिलाका पर्यटकीय क्षेत्रहरुको भौतिक पूर्वाधार निर्माण सँगै प्रचार प्रसारमा पनि पालिकाले जोड दिदै आएको छ ।यहीँ असोज २७ गते अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन २०८० को आयोजना गरी पर्यटन प्रवर्द्धन गर्ने तयारी गरिएको छ । सम्मेलनमा भारत आसामबाट आदिवासी समुदाय काभिं कुफ आमेई, संयुक्त राज्य अमेरिका र मित्रराष्ट चिनबाट समेत प्रतिनिधिमूलक उपस्थिति रहने चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिए ।सम्मेलनमा चिचिला गाउँ
काठमाडौं / इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउँदैछ ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित नियोगमामा आधा झण्डा झुकाइनेछ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मंगलबार शोक मनाउने निर्णय भए पनि सार्वजनिक विदा भने नभएको प्रवक्ता शर्माले बताएकी छिन्।
सुनसरी / मोरङको उर्लाबारी बहुमुखी क्याम्पसलाई उर्लाबारी नगरपालिकाले नयाँ बस सहयोग गरेको छ । नगरप्रमुख गंगा खरेलले आइतबरा क्याक्पसलाई बस हस्तान्तरण गरेका हुन् ।नगरपालिकामा रहेका एकमात्रै सामुदायिक क्याम्पसलाई बस हस्तान्तरण गर्दै प्रमुख खरेलले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै भौतिक पूर्वाधार र यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्न सक्ने अपेक्षा राखेको जानकारी दिए ।खरेलले उपप्रमुख मीना खतिवडा पौडेल, प्रशासकीय अधिकृत मुरारी घिमिरे, जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिना, क्याम्पसका संचालक समिति अध्यक्ष पुष्पलाल ढकाल, क्याम्पस प्रमुख खेमराज कार्की लगाय
काठमाडौं / दसैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले चाडवाड लक्षित सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था गरेको जानकारी दिए । उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् ।प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.