इटहरी / लेखक मोहन तिम्सिनाको 'जैविक दर्शन 'पुस्तकको लोकार्पण गरिएको छ ।शनिबार इटहरीको संगीत साधना प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा पुस्तकको कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले लोकार्पण गरेका थिए ।३ सय ८७ पृष्ठ भएको पुस्तकमा जम्मा ६ ओटा खण्ड छन् । पहिलो खण्डमा विषयहरूको उठान गरिएको छ । दोस्रो खण्डमा भौतिकवादको ऐतिहासिक पृष्ठभूमि, मूलभूत चिन्तन ढाँचा र विधागत विस्तारसम्मको चर्चा गरिएको छ ।विधाहरूमा भौतिकशास्त्र, जिवशास्त्र, मनोविज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ । राजनीतिक विधा अन्तरगत, उदारवाद, साम्यवाद, राष्ट्रवाद, कल्याणवाद र प्रजातान्त्रिक समाजवादको समीक्षात्मक चर्चा गरिएको
धरानमा 'International Day of Peace' - 2023 को उपलक्ष्यमा युनिभर्सल पीस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ । असोज ३ गते बुधबार धरान १२ स्थित होटल स्टार पूर्वीमा सम्पन्न कार्यक्रमा विश्व शन्तिको कामना गरी त्यस विषयका अन्तरक्रिया समेत गरिएके थियो । विश्व शान्तीका लागि समाजमा सद्भाव र धार्मिक सहिष्णुता कायम हुनु पर्ने र धार्मिक गुरुहरुले यसमा अह्म भूमिका निर्वाह गर्नु पर्ने युनिभर्सल पीस फेडेरेशन सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले बताए ।विश्व शान्तीको कामना गर्दै विभिन्न धर्म सम्प्रदायका धर्म गुरुहरुले आफ्नो आफ्नो धार्मिक पाठ गर्दै एक
मोरङ / जिल्ला कारागार मोरङका एकजना कैदीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ८ मा रहेको कारागारमा शुक्रबार बिहान कैदीको मृत्यु भएको हो । चोरी मुद्दामा कैद सजाय भोगिरहेका मोरङको कानेपोखरी गाउँपालिका २ दलेलीका २१ वर्षीय अजय सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार कोसी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा (शुक्रबार) बिहान पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई जनाएको छ ।
सुनसरी / इटहरीमा नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।शुक्रबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेका दुवैजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई रहेका छन् ।उनीहरूको साथबाट प्रहरीले १५ लाख ८७ हजार नक्कली नोट बरामद गरेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनले दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।उनीहरुको साथबाट एक हजार रुपैया दरका १ हजार ५८७ वटा नोट बरामद भएको छ । नोटह
इटहरी / इटहरी उपमहानगरपालिका अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीले करको मूल्य वृद्धि विरुद्धमा १७ हजार बढीको हस्ताक्षर संकलन गरेको छ । कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको रास्वपा कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनालीले जानकारी दिए ।हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए । कर घटाउने प्रक्रिया अगाडी नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए । यता उपमहानगरपालिकाले भने कर घटाउन कुनै चासो दिएको छैन । व्या
इटहरी / कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीले मोती उत्पादनका लागि सिपी खेतीको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।कृषि प्रणालीको नाफा बढाउन र नयाँ जल कृषि क्षेत्रको विस्तारको लागि मोती उत्पादन गर्ने सिपी पालन नेपालमा पनि सम्भव रहेको पुष्टि भएपछि कोसी प्रदेशमा पनि यसको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखराले गरेको अध्ययनले नेपालमा पनि सिपी खेती गरेर आम्दानी बढाउन सकिने पुष्टि भएपछि यसको बिस्तारको लागि कोसी प्रदेशमा पनि अध्ययन सुरु गरिएको कृषि अनुसन्धान निर्देशनालय तरहराका प्रमुख केशव श्रेष्ठले बताए ।नेपालमा मोती खेती गर्ने प्रविधिको अभाव भए पनि ७ बर्स अघिदेखि यसको अनु
सुनसरी / नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा तालाबन्दी गरिएको छ ।महासंघ मोरङको कार्यबाहक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए ।उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र नक्कली रहेको र कार्यबाहक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ ।पत्रकार महासंघको विधानको दफा २२ ले अध्यक्षको अनुपस्थिति वा देशबाहिर रहेमा दोस्रो बरियताको उ
सुनसरी / इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तस्वीर खिचाएर सार्वजनिक गरेका छन् । उनी लामो समयपछि सामाजिक सञ्जालमा देखिएका हुन् । गत वर्षको पुसमा आफ्नो फेसबुकमा प्रोफाइल फोटो परिवर्तन गरेपछि सामाजिक सञ्जालमा सक्रिय नभएका उनले एमाले अध्यक्ष ओलीसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।ओली निवास बालकोटमा खिँचिएको तस्वीरको क्याप्सनमा उनले लेखेका छन्, ‘श्रद्धेय कमरेड सङ्ग फेरि ।’ लामो समयको अन्तरालपछि सामाजिक सञ्जालमा उनको कमब्याक, त्यो पनि एमाले अध्यक्ष ओलीसँगको तस्वीरबाट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यससँगै एमालेका स्थानीय वृत्तमा चौधरी पु
सुनसरी / कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले आज कालो झन्डा देखाएका छन् ।जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा उनलाई कालो झन्डा देखाएका हुन् ।कालो झन्डा देखाउने र सुरक्षाकर्मीबीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् । बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए ।
सुनसरी / इटहरी उपमहानगरपालिकाकाले नियम विपरित खोला उत्खनन गरेको बिषय प्रतिदिन पेचिलो बन्दै गएको छ । तर, इटहरी उपमहानगरपालिका भने यस बिषयमा खानका तेल हालेर चुपचास बसेको छ । नियम अनुसार नेपालका खोला नदीमा साउन १ गतेदेखि असोज मसान्तसम्म उत्खनन गर्न पाइँदैन । लुकी छिपी कसैले उत्खनन गरे कानूनी कार्वाही गर्ने निकायका रुपमा रहेको इटहरी उपमहानगरपालिकाले नै बुढी खोलामा उत्खनन गरेपछि यो बिषय निकै पेचिलो बन्न पुगेको हो । आइतबार बिहानै एमालेबाट निर्वाचित वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ‘बुढी खोलाको अबैध उत्खननमा इटहरी उपमहानगरपालिकाको भुमिका के हो ? स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.