समाज

    Showing ९,९४१-९,९५० of ११,३०१ items.
  • मिना श्रेष्ठ लेख्छिन् 'तीज पर्व र महिला मुक्तिको सन्दर्भ'

    हिजोआज परम्परागत रूपमा हिन्दु महिलाहरूले महान् चाडको रूपमा मनाउने गरेको तीज तडकभडकसहित महिना दिनअघि नै मनाउन थालिएको छ । केही वर्ष कोरोना महामारीको आतङ्कले तीज भोज होटलका हलहरूमा केही कम भए पनि पुन: तीजको रौनक उत्साहमा कमी भएको छैन ।नारी मुक्तिको गीत गाउने दिन भने पनि, स्वतन्त्रताको चाड भने पनि, विलौना गाउने इतिहासको दिन भने पनि नेपाली हिन्दु महिलाहरूको तीज पर्व घरदैलोमा आइपुगेको छ । यो पर्व कहिले सुरू भयो भन्ने यथार्थ नभेटिए पनि पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पतिको रूपमा पाउन अन्न–जल नखाई उपवास बसेपछि उनले शिवलाई प्राप्त गरिन् । त्यही पौराणिक कथा अनुशरण गर्दै हिन्दु महिलाहरूले आफ्ना पतिको

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १३१ पटक पढिएको
  • मोरङमा भात पकाउने क्रममा जलेर एकजना महिलाको मृत्यु

    मोरङ / मोरङको ग्रामथानमा भात पकाउने क्रममा जलेर एकजना महिलाको मृत्यु भएको छ ।शनिबार ग्रामथान गाउँपालिका-४ मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियन देवी माझीको मृत्यु भएको हो ।प्रहरीका अनुसार माझीको आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जलेर मृत्यु भएको हो । जलेर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल लगेपनि अस्पताल पुर्याउनसाथ उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १५१ पटक पढिएको
  • झयाप्प-झयाप्प जान्छ लाईन,अघोषित लोडसेडिङले उपभोत्ता हैरान

    मोरङ / जुन दिन सबैभन्दा बढी गर्मी हुन्छ,वा बिद्युतको आबश्यकता पर्छ त्यहि दिन दिनभर बिद्युत काटिन्छ वा दिएपनि छिनछिनमा झयाप्प झयाप्प काटिन्छ । अनियमित बिद्युत कटौतिका कारण यतिबेला बेलबारी र आसपासका उपभोत्ताहरु हैरान भएका छन । प्रायजसो हरेक शनिबार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मर्मतका नाममा बिद्युत कटौति गरिन्छ । त्यसपछि बिना सुचना ५- ५ मिनेटमा बिद्युत काटिन्छ । त्यसको न त सूचना प्रबाह गरिन्छ न त कुनै सेवाग्राहीलाई जानकारी नै गराईन्छ । बिगत ६ महिना यता बेलबारी र आसपासका क्षेत्रमा बिद्युत अनियमित तरिकाले कटौति गर्ने गरिएको छ । उपभोत्ताहरुले बिद्युत के कारणले कटौति भएको भन्ने समेत जान

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १४८ पटक पढिएको
  • वक्तृत्वकला प्रतियाेगितामा सुविजीमुरकी साेनिमा प्रथम

    सुन्दरहरैँचा / नगर बाल सञ्जालकाे आयाेजना तथा सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक सहयाेगमा भएको  नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियाेगितामा सुविजीमुर मेमाेरीयल माविकी छात्रा साेनिमा थापा प्रथम भएकी छन् । त्यसैगरि, प्रतियाेगितामा दाेस्राे सिद्धार्थ माध्यमिक विद्यालयका छात्र साैगात सुवेदी,तेस्रो शिक्षा निकेतन माविकी छात्रा विपश्वी पाेख्रेल भएका थिए  । यसैगरी सान्त्वना क्वेष्ट माविकी छात्रा दीपांशु न्याैपानेले हात पारिन् । प्रथम, दाेस्राे, तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियाे  । बाल दिवसकाे अवसरमा

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • २०२ पटक पढिएको
  • देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

    काठमाडौं / चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्।संघले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ।सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन् । यो प्रकरणमा प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। आक्रमण गर्नेहरूलाई कारबाहीको सुन

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • २२१ पटक पढिएको
  • ६२ जना विपन्न घरघुरीलाई ग्राजुएसन

    महोत्तरी,  / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएका ६२ अति विपन्न घरधुरीलाई एक कार्यक्रमका बीच सम्मान गरी ग्राजुएसन गरिएको छ ।सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले सहयोग गरी ब्यवसाय संचालन गरिरहेका अति विपन्न घरधुरीहरुमा आएको परिवर्तन महत्वपूर्ण रहेको बताउनुभयो ।यसैगरी एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनले ग्रामिण महिलाहरुलाई परियोजनाले सहयोग गरेपछि उत्साहजनक उपलब्धी आएको बताउनुभयो ।परियोजना अन्तर्गत एकडा

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • २६२ पटक पढिएको
  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    मोरङ / मोरङ ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।ग्रामथान २ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको पोखरीमा डुबेर शनिबार (आज) मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार दुवैजना बालिकालाई ग्रामथान २ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर भेटिएको थियो ।पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • ११३ पटक पढिएको
  • इटहरीको संगीत साधनामा बालबालिकाहरुले गाए लाइभ बाजासहित कालजयी गीतहरु

    सुनसरी / भदौ २९ गते  देभैभर मनाइने राष्ट्रिय बाल दिवसको अवसर पारेर हिजो इटहरी - स्थित संगीत साधना प्रतिष्ठानले बालबालिकाहरुको प्रत्यक्ष गायन प्रस्तुति कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आयोजकका तर्फबाट ८ जना बालबालिकाकाले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा उपस्थित ३ जना बालबालिकाले आफ्नो गायन कला प्रस्तुत गरेका थिए । आयोजकका तर्फबाट काब्या कार्की, कुशुम कार्की, एरिष्का निरौला, उपलब्धि पोख्रेल, रोशिका धिताल, प्राप्ती पोख्रेल, सिम्ला धिमाल र प्रेक्षा ओझाले लाईभ बाजामा गीत प्रस्तुत गरेका थिए । प्रस्तुतिका क्रममा बालबालिकाहरुले पुराना कालजयी गीतहरु ‘बनेको छ पहराले यो

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • ११८ पटक पढिएको
  • काठमाडौँको गैह्रीगाउँमा धनकुटाका एक जनासहित ४ जनाको हत्या

    काठमाडौं / काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ ।धारिलो हतियार खुकुरी प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ ।घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • १७० पटक पढिएको
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मुल्य १८३ पुग्यो

    काठमाडौं / नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।शुक्रबार (आज) मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा लिटरको एक रुपैयाँ र डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।निगमले १५ दिनअघि पनि पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरेको थियो ।

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]