महोत्तरी,  / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएका ६२ अति विपन्न घरधुरीलाई एक कार्यक्रमका बीच सम्मान गरी ग्राजुएसन गरिएको छ ।

सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले सहयोग गरी ब्यवसाय संचालन गरिरहेका अति विपन्न घरधुरीहरुमा आएको परिवर्तन महत्वपूर्ण रहेको बताउनुभयो ।

यसैगरी एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनले ग्रामिण महिलाहरुलाई परियोजनाले सहयोग गरेपछि उत्साहजनक उपलब्धी आएको बताउनुभयो ।

IMG-20230916-WA0005

परियोजना अन्तर्गत एकडारा गाउँपालिकामा ३ सय ९३ जना अति विपन्न घरधुरीलाई विभिन्न प्रकारको सीप, तालिम प्रदान गरी ब्यवसाय सहयोग गरिएकोमा पहिलेको अवस्थाबाट माथि उठ्न सफल ६२ घरधुरीलाई ग्राजुएसन गरिएको संस्थाका फोकल पर्सन उमेश न्यौपानेले जानकारी दिनुभयो 

संस्थाका उपाध्यक्ष फुलमाया घिसिङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकडारा गाउँपालिका वडा नं. २ का अध्यक्ष सखीचन्द्र यादव, वडा नं. ३ का अध्यक्ष राम विलास राय, वडा नं. ५ का अध्यक्ष अध्यक्ष सेराजुद्धिन अन्सारी, वल्र्ड भिजन इन्टरनेसनल नेपालका दिलिप कुमार यादव लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको संचालन संस्थाको कार्यक्रम अधिकृत आरती चौधरीले गर्नुभएको थियो भने कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।