सुन्दरहरैँचा / नगर बाल सञ्जालकाे आयाेजना तथा सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक सहयाेगमा भएको  नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियाेगितामा सुविजीमुर मेमाेरीयल माविकी छात्रा साेनिमा थापा प्रथम भएकी छन् । 

त्यसैगरि, प्रतियाेगितामा दाेस्राे सिद्धार्थ माध्यमिक विद्यालयका छात्र साैगात सुवेदी,तेस्रो शिक्षा निकेतन माविकी छात्रा विपश्वी पाेख्रेल भएका थिए  । यसैगरी सान्त्वना क्वेष्ट माविकी छात्रा दीपांशु न्याैपानेले हात पारिन् । प्रथम, दाेस्राे, तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियाे  ।

 बाल दिवसकाे अवसरमा भएको प्रतियाेगितामा  १९ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगिताकाे निर्णायक उमनाथ भट्टराई, श्यामप्रसाद भट्टराई र बाबुराम निराैला रहेका थिए ।  

कार्यक्रमकाे प्रमुख अतिथि नगर उपप्रमुख अकली चाैधरी, विशिष्ट अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष कैलाश बस्नेत रहेका थिए । कार्यक्रम आशिष सुन्दासकाे सभापतित्वमा कार्यक्रम भएको थियो ।

FB_IMG_1694937965330