इटहरी | इटहरी वडा नम्बर १ स्थित आपगाछीमा रहेको हाँसपोसा एकेडेमी अङ्ग्रेजी बोर्डिङ स्कुलले आज आफ्ना विद्यार्थीहरूसँग उल्लासपूर्ण रूपमा होली पर्व मनाएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनका सदस्यहरूले एकआपसमा रंग साटासाट गर्दै सामूहिक रूपमा होली खेले।विद्यालयका लागि आजको दिन विद्यार्थीहरूको लागि खुसी र उमङ्गको अवसर बनेको थियो। रंग, संगीत र उत्साहको वातावरणले विद्यालयलाई चिरपरिचित सांस्कृतिक स्थलका रूपमा प्रस्तुत गर्यो। विद्यार्थीहरूले विभिन्न रङ्गहरूका साथ होली खेल्दै आपसी भाइचारा र सद्भावको सन्देश फैलाए।कार्यक्रमको दौरान विद्यार्थीहरूले विभिन्न
इटहरी |"अबको युद्ध, दुव्र्यसनविरुद्ध" भन्ने मूल नाराका साथ इटहरीमा लागू औषध दुव्र्यसनविरुद्धको विशेष अभियान सञ्चालन गरिएको छ। कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख D.I.G राजन अधिकारीले समाजलाई सुरक्षित राख्न दुव्र्यसनविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, विशेषगरी बालबालिकालाई खेलकुद र सकारात्मक क्रियाकलापमा संलग्न गराउनुपर्ने कुरा उल्लेख गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध नियन्त्रणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो। विशिष्ट अतिथि इटहरी उपमहानगरपालिकाका नगर पित
इटहरी । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला सङ्कायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र सङ्कायका ९०६, व्यवस्थापन सङ्कायका दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायका दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायका ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी रहेका छन् । प्रधानमन्त्री ओली दीक्षान्त समारोहका कार्यक्रम सकेर अहिले कोशी प्रदेशसभामा सम्बोधन गरिरहनुभएको छ ।
भोजपुर | भोजपुर जिल्लाको अरूण गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रमसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सम्पन्न उक्त तालिममा गाउँपालिका भित्रका ३५ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापन गराउने शिक्षकहरूको सहभागिता रहेको थियो।शिक्षकहरूको शैक्षिक दक्षता अभिवृद्धि गर्दै बालमैत्री, वैज्ञानिक, र प्रयोगात्मक शिक्षण पद्धतिलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो। हाल नेपालमा नयाँ पाठ्यक्रम लागु भएसँगै शिक्षण पद्धतिमा सुधार ल्याउने आवश्यकता महसुस गरिएको छ। यसै सन्दर्भमा शिक्षकहरूलाई
इटहरी । पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको इटहरीस्थित विश्व आर्दश एकेडेमीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा हिसान स्पोर्ट्स मिटमा उत्कृष्ट प्रदर्शन गर्ने ८० भन्दा बढी विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।एकेडेमीले एक विशेष सम्मान समारोह आयोजना गरी विभिन्न खेल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गर्दै हौसला दिएको हो। सम्मान समारोहमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ रहनुभएको थियो। साथै, इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश शाह, एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे, प्राचार्य गणेश दुलाल लगायत अन
इटहरी – जनता बहुमुखी क्याम्पस, इटहरीमा स्ववियु निर्वाचनका लागि मतदाता नामावली प्रकाशन हुन सकेको छैन । यसले गर्दा स्ववियु निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।त्रिभुवन विश्वविद्यालय (TU) ले स्ववियु निर्वाचन प्रयोजनका लागि माघ ११ गते सम्मको भर्नालाई अन्तिम मान्ने निर्णय गरेको थियो । तर जनता बहुमुखी क्याम्पस TU को आङ्गिक क्याम्पस नभएकाले आफ्नै परम्परा अनुसार फागुन १५ गते सम्म विद्यार्थी भर्ना लिने भनेको थियो । यही आधारमा क्याम्पसमा विद्यार्थीहरूले तोकिएको अन्तिम मिति सम्म भर्ना लिएका थिए । तर, हाल आएर मतदाता नामावली प्रकाशनमा अवरोध सिर्जना भएको छ । माघ ११ पछाडी भर्ना भएका विधार्थीलाई
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरू भएको छ। शिक्षा क्षेत्रको स्तरोन्नति, विद्यार्थीहरूको प्रतिभा अभिव्यक्त गर्ने अवसर, अभिभावक र विद्यालय प्रशासनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम दुई दिनसम्म चल्ने भएको छ ।कार्यक्रमको उद्घाटन ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले शिक्षा नै समाजको समृद्
इटहरी | इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुमन बाबु बस्नेतले सभापति पदमा उम्मेदवारी दिने भएका छन्।नेपाल विद्यार्थी संघले बस्नेतलाई क्याम्पसमा विद्यार्थी हकहित, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूका समस्या समाधानका लागि योग्य उम्मेदवारका रूपमा अगाडि सारेको हो। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले शिक्षाको पहुँच, क्याम्पस भौतिक पूर्वाधार सुधार तथा छात्रवृत्ति व्यवस्थापनलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।स्ववियु निर्वाचनलाई लक्षित गर्दै क्याम्पसमा विभिन्न विद्यार
मोरङ | मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, र नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा तथा कोचिला मिडिया प्रा.लि. दुहबीको सहजीकरणमा आयोजित यो कार्यक्रममा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।ग्रामथान गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नागरिकहरूका गुनासाहरू सुन्ने, उनीहरूको माग तथा आवश्यकताहरू बुझ्ने, साथै उपलब्ध सेवा तथा सुविधाहरूबारे जानकारी गराउने उद्देश्य लिएको थियो। कार्यक्
सुनसरी | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारलाई विजयी गराउन विशेष भूमिका खेल्न तरुण दलका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।मंगलबार, अध्यक्ष गुरुङले नेपाल तरुण दलका जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू तथा अन्य सक्रिय तरुणहरूलाई एक परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा नेविसंघको पक्षमा वातावरण निर्माण गर्न, व्यापक रूपमा प्रचारप्रसारमा जुट्न र उम्मेदवारलाई जिताउन प्रत्यक्ष भूमिका खेल्न आह्वान गरेका हुन्।परिपत्रमा उनले तरुण दलका सबै जिल्ला समिति, क्षेत्रीय समिति र सम्बन्धित
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.