इटहरी / जनता बहुमुखी क्याम्पसको शैक्षिक विकासमा पूर्व विद्यार्थी समाज सक्रिय भएर लाग्ने भएको छ ।इटहरीको प्रतिष्ठित सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर विकास, पूर्वाधार विकास तथा सामाजिक विकासमा काम गर्ने पूर्व विद्यार्थी समाजले जनाएको छ ।गत जेष्ठ २६ गते पूर्व विद्यार्थीहरूको सर्वपक्षीय भेलापश्चात निर्वाचनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको छ ।मिलन त्रितालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्वाचित भएको थियो । शुक्रबार नवनिर्वाचित समितिलाई विजयीको प्रमाण पत्र वितरण गरियो ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी तथा क्याम्पस प्रमुख डा. गीता अधिकारीले विजयीहरूलाई प्रमाण प
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रवार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो।गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख १३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए। बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी थिए।कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो। नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ। नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, मोबाइल
सुन्दरहरैचा / दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ विराटचोक मोरङ्गमा हुने भएको छ । खेलकुद क्षेत्रमा नयाँ उत्साह ल्याउने अपेक्षा का साथ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ साउन १९ गते शनिबार सुन्दरहरैचा १२ स्थित सुबिजिमुर स्कुलको खेल मैदानमा प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मोरङका अध्यक्ष इन्द्र बहादुर तामाङले जानकारी दिनुभयो । १८ विद्यालयका ३५० भन्दा बढी खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुनेछन् भने महिला र पुरुष दुवै वर्गका खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर
मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको हिमालय ईङ्गलिश स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न क्लास डान्स आइडल प्रतियोगिता सम्पन्न गरेको छ। स्कुलमा रहेको प्रतेक कक्षाबाट छात्र र छात्रा छुट्टाछुट्टै गरी क्लास डान्स आइडल प्रतियोगिता गरेको हो।प्रतियोगितामा छात्र र छात्रा तर्फ क्रमश,प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको हिमालय ईङ्गलिश स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए। विद्यार्थीहरुले पनि स्कुलले यस्ता खालका प्रतियोगिता समय- समयमा गर्न पनि सुझाव दिएका थिए। कार्यक्रममा करिव ३५० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका ४ बाँसबारी चोक नजिकै स्मार्ट माइन्ड लर्निङ सेन्टर खुलेको छ। आइतबार गुरुपूर्णिमाको अवसर पारेर उक्त लर्निङ सेन्टर बिधिव रुपमा संचालनमा आएको हो।लर्निङ सेन्टर उद्घघाटन गर्दै उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले पछिल्लो समय शिक्षित युवाहरू विदेश पलायन हुने गरेको प्रशाङ्ग उल्लेख गर्दै नयाँ बिद्यार्थीहरुले देशमै केहि गर्नु पर्छ भन्ने भावले लर्निङ सेन्टर संचालनमा ल्याएको भन्दै खुशी व्यक्त गरेका थिए ।लर्निङ सेन्टरले गुणस्तरीय ट्युसन कक्षा तथा अन्त्य शैक्षिक सेवाहरु दिने सेन्टरका प्रवन्धक निर्देशक मदन भण्डारीले जानकारी दिए। अहिले तत्क
संखुवासभा / विकासको मेरुदण्डको रूपमा लिइने शिक्षाको समयानुकुल विकास र विस्तारको लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिनु हुन्न । शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो ।गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधन स्रोत सम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । साथै शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ । विभिन्न अध्ययन अनुसन्धानले राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पुष्टि गरेको छ । तर खै किन उपेक्षामा शिक्षा सर्वत्र गुनासोको विषय बनेको छ ।गुणस्तरीय
इटहरी / विगत ७ वर्ष अघि २०७४ सालमा पूर्वको सुनसरीमा स्थापना भएको माया घर नेपाल मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामा समर्पित रहँदै आएको संस्था हो । सुनसरीको इटहरी २ मा अवस्थित माया घरले हालसम्म ७ हजार जना भन्दा बढी बेसाहारा मानिसहरुको पुनःस्थापना तथा पारिवारिक मिलन गराएको छ । हाल संस्थामा करिब १४६ जनाले आश्रय लिइरहेका छन् भने अहिले सम्म ६६ जिल्लाका मानव आश्रित भएका छन् । माया घरमा आश्रयमा बस्नेहरुमा हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरुलाई माया घर नेपालले साहारा दिदै आएको छ । यस्ता बेसहारा मानिसहरुलाई गाँस, बास र कपास,
सिमा बस्नेत एउटा भनाइ छ, भिडमा बसेर पनि कसैले थाहा नपाउने गरि अनि आफ्नो धित मर्ने गरि रुनु छ भने बर्षातमा रुज्नु रे। हुनत आसु लुकाउन मात्र हैन वर्षातमा रुज्नुको अरु पनि धेरै फाइदा छन धेरै जनामा गरिएको सर्बेक्षण अनुसार बर्षातको पानीमा रुज्दा मुड तुरुन्त रीफ्रेश हुन्छ र यो पानीमा सुक्ष्मजिब हुने भयेकोले हाम्रो शरीरको भिटामिन बि 12 उत्पादनमा मद्दत पनि पुग्छ।मानब जिबनलाइ मात्र हैन यो बर्षातको पानीमा कयौ पोषक तत्व पाइन्छ जसले बोटबिरुवा फूल तथा सम्पुर्ण बनस्पतीलाइ नै धेरै नै फाइदा पुग्छ। बर्षाको पानीमा रुज्नु भनेको हाम्रो शरीरको हर्मोनलाइ सन्तुलित गर्ने एक उत्तम उपाय पन
इटहरी / इटहरीको अवस्थित आकाश इन्सिचियुट प्रा.लि ले इन्सिचियुटमा अध्ययन पूरा गरि उच्च शिक्षा हासिल गरेका ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।आकाश इन्सिचियुट प्रा.लि द्वारा इन्सिचियुटका संस्थापक अध्यक्ष कमल तिम्सिनाको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय सुनसरी इकाई प्रमुख ,उप सचिव खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।इन्सिचियुटले ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको हो । ४२ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको थियोे । संस्थाले विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सहयोग गर्दै
कोशी प्रदेशको राजधानी विराटनगरमा अवस्थित कान्तिपुर कलेजले छोटो समयमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ । युवा तथा दक्ष अनुभवी प्राध्यापकहरुको समुहले संचालन गरिरहेको कलेजले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो । विराटनगर–१० मा रहेको कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेसँगै अभिभावक र विद्यार्थीको रोजाईमा पर्न सफल भएको हो । कलेजमा २०७२ सालदेखि नयाँ व्यवस्थापन टिम आएसँगै सँधै उत्कृष्ट नतिजा ल्याइरहेको छ । कान्तिपुरमा अध्ययन गरेका आठ हजारभन्दा बढी विद्यार्थीले प्लसटु उत्तिर्ण गरी देश तथा विदेशका कलेजहरुमा अध्ययन गरिरहेका छन् । कान्तिपुरबाट उत्तिर्ण भएका विद्यार्थी मध्ये
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.