इटहरी / स्थानीय खानाका परिकार प्रवद्र्दन गर्नुपर्ने इटहरीइमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन । प्रिमियर होटल स्कुलले आयोजना गरेको लोकल फुड हन्ट कार्यक्रमका वक्ताहरुले नेपालका स्थानीय खानालाइ प्रवद्र्दन गर्दै विदेशी पर्यटकलाई लोभ्याउनुपर्ने आवश्यकता औल्याए । प्रिमियर होटल स्कुलका निर्देशक सुनिल भुसालको अध्यक्षता तथा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहको उपस्थितीमा आयोजित लोकल फुड हन्टमा कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले झिगे माछा, घुँगी लगायत पुर्वी तराईका स्थानीय परिकार प्रदर्शन गरेका थिए । स्थानीय खानालाइ जगेर्ना साथै
इटहरी । इटहरी नमुना कलेजले मिस्टर एण्ड मिस फेसर्स २०७९ को आयोजना साथै नयाँ विद्यार्थीहरुलाइ स्वागत गरेको छ । शुक्रवार नेवा पुचको सभाहलमा आयोजित कार्यक्रमका बिच मिस्टर एण्ड मिस फेसर्सको आयोजना सँगै कलेजले प्रथम वर्ष तथा प्रथम सेमेस्टरका विद्यार्थीहरुलाइ स्वागत गरेको हो । कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षतामा आयोजीत कार्यक्रममा बि एच एम,बी सी ए,बी एस डब्लु र बी बी एसका विद्यार्थीहरुले नयाँ आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेका थिए । यस मिस्टर एण्ड मिस फ्ेसर्स २०७९ मा कलेजका चार वटै सङकाय सँगै ग्रिनपिस लिङका कलेज बि बिए प्रथम सेमेस्टारका विद्यार्थी गरी कुल २० जना छात्र
इटहरी । इटहरी स्थित गोदावरी विद्या मन्दिरले एक औपचारिक कार्यक्रमका बिच आफ्नो २९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रवार विद्यालयले आफ्नै प्राङगनमा आफ्नो २९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयका सञ्चालक समिति अध्यक्ष कमल कोइरालाको अध्यक्षता एवम १ नम्बर प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका पुर्व सञ्चालक हरी कृष्ण खनाल,शिक्षक राजन चाम्लागाई र कर्मचार
इटहरी । इटहरी स्थित कस्तुरी कलेजले २४ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । कस्तुरी एकेडेमीको प्राङगडमा कलेजले विभिन्न सांस्कृतिक कार्यक्रम सहित आफ्नो २४ औँ वार्षिक उत्सव मनाएको हो ।कलेजका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ का अध्यक्ष युवराज पौडेलको प्रमुख आतीथ्यतामा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीनुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न संकायका व्याच टपरहरु प्लस २ म्यानेजमेन्टका सञ्जिल पराजुली,प्लस २ साइन्सका नविन काफ्ले,अभिग्या पौडेल,समिर रेग्मी यस
इटहरी । इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पी होमले दोस्रो स्नातक समारोह तथा अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न जातजातीको भेषभुषामा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै फेसन सो पनि गरेका थिए । सोहि अवसरमा बिद्यार्थीहरुले खेलकुद प्रर्दशन लगायतका गतिबिधिहर प्रस्तुत गर्नुका साथै ट्राफिक सचेतना सम्बन्धि नाटक समेत प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रसासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यधmमा तरहरा जेसिसका अध्यक्ष बहादुर तामाङ, किड्स ह्याप्पी होमका प्रब
रामधुनी । रामधुनी नगर प्यावसनको आयोजनामा स्पोर्टस मिट अन्तर्गतको भलिवल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।रामधुनी नगरक्षेत्रमा रहेका ३२ वटा प्यावसनमा संलग्न विद्यालयका बिच संचालन भएको खेलको उद्घाटन रामधुनी ७ स्थित पन्चायन विद्यामन्दिरको प्राङगणमा प्रमुख अतिथी वडाध्यक्ष केशव गौतमले खेल अफिसियललाई वल हस्तान्तरण गर्दैै गरेका थिए ।उद्घाटन खेलमा नमुना सामुदायिक विद्यालयको टिमलाई माउन्ट समिट वर्ल स्कुलले सोझो सेटमा जितेको थियो भने मंंगलबारै भएको अर्को खेलमा नवकिरण इग्लिस बोर्डिङ्ग स्कुलले पंचायन विद्या मन्दिरको टिममाथी जित हासिल गरेको छ भने मंगलबारै भएको अर्को खेलमा युनिक सगरमाथा बिजेता घ
नीजि उच्च शिक्षालयको साँझा संस्था हिसान सुनसरीको अगुवाईंमा शनिबार इटहरीमा सवारी चालक र सहचालकहरुलाईं सचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश नं. १ मा सवारी चालकको लापरबाहीका कारण दुर्घटनाका घटना बढ्दो गतिमा भएपछि हिसानले चालक र सहचालकहरुलाईं सचेतना कार्यक्रम सञ्चालन गरेको हो । जिल्लाभरका नीजि उच्च शिक्षालयमा कार्यरत सवारी चालक र सहचालकहरुलाई प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी श्याम महत्तोले प्रशिक्षण दिनुभएको थियो । सो क्रममा नीजि शिक्षालयका सवारी चालक र सहचालकहरुले बजार क्षेत्रका केही निश्चित स्थानमा विद्यार्थी ओसार्ने सवारी साधनका निम्ति केही सहज व्यवस्था गरिनुपर
इटहरी वडा नं. ४ मा सञ्चालित सिटी मन्टेश्वरीले शनिबार आफ्नो १० औं वार्षिक तथा अभिभावक दिवस मनाएको छ । कक्षा ४ सम्म सञ्चालित मन्टेश्वरीको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा इटहरी उमपहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत फाल्गुणी काफ्लेले पछिल्लो समय मन्टेश्वरीले समय सापेक्ष शिक्षाको गुणस्तर अभिवृद्दिमा योगदान पु¥याएको बताउनुभयो । सो क्रममा स्थानीय समाजसेवी कमल राईंलाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । मन्टेश्वरीको वार्षिक प्रतिवेदन प्रिन्सिपल निर्मला गुर
इटहरी । इटहरी स्थित सुस्मा सेकेन्डरी स्कुलले आफ्ने १७ औ वार्षिक उत्सव विविध कार्यक्रमका गरी मनाएको छ । सुस्मा एकेडेमीका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा हिसान नेपालका बरिष्ठ केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्कुलले आफ्ने १७ औ वार्षिक उत्सव मनाएको हो । सो अवसरमा हरु गरेका थिए ।साथै वार्षिक परिक्षामा प्रथम,द्धितीय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै सोही अवसरमा २ जना ज्येष्ठ नागरिकलाइ सम्मान गरिएको छ । सम्मानित हुनेमा ८६ वर्षिय कुवेरलाल ढुङगाना र ७८ वर्षिय चन्द्रकुमारी ढुङगाना रहेका छन ।कार्यक्रममा सुष्म
यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईई तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.