इटहरी | लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नं. १ मा वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा सफलतापूर्वक सम्पन्न भएको हो।कार्यक्रमका सभापति रास्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक शरण कुमार बस्नेत थिए भने प्रमुख अतिथिका रूपमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको उपस्थिति रहेको थियो।विशेष अतिथिमा वडा नं. १ का वडा सदस्य श्री हरिहर चौधरी, रेडक्रस हाँसपोसा
भोजपुर| भोजपुरको अरुण गाउँपालिका केन्द्र प्याउलीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट गाउँपालिका भित्रका विभिन्न वडाका ११५ जना आँखाका बिरामीहरूले सेवा लिएका छन्। आर्थिक अवस्था कमजोर भएका र आँखाको उपचारका लागि अन्यत्र जान सक्दैनथिएजस्ता नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा आँखाको परीक्षणदेखि लिएर अप्रेसनसम्म सेवा दिइएको हो।शिविरमा सहभागीमध्ये २३ जनाको आँखाको गम्भीर समस्या पहिचान भई तत्कालै अप्रेसन गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी बिरामीहरूको आँखाको सामान्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। शिविरमा वृद्धवृद्धा, महिला, बालबालिका, तथा विभिन्न उमेर समूहका नागरिकहर
भोजपुर | भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ लाई ‘पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना’ वडा घोषणा गरिएको छ। सार्वजनिक स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको यस घोषणालाई गाउँपालिकाको नेतृत्वमा विशेष कार्यक्रममार्फत सार्वजनिक रूपमा घोषणा गरिएको हो।वडाका अध्यक्ष कुमार थापाका अनुसार यो कार्यक्रम लामो समयदेखिको तयारी, समन्वय र समुदायस्तरको सक्रिय सहभागिताको परिणामस्वरूप सम्भव भएको हो। उहाँले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता केवल स्वास्थ्यको सवाल होइन, यो समुदायको जागरूकता र सहकार्यको उदाहरण पनि हो।”कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य ललितकुमार राई तथा वडा सदस्य जितबहादुर राई
भोजपुर । दृष्टि समस्याबाट पीडित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अरुण गाउँपालिकाले आजदेखि दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले शिविरको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य सेवा पहुँचविहीन वर्गसम्म पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।शिविरको आयोजना अरुण गाउँपालिका प्याउली, भोजपुरले गरेको हो भने प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, रानी, विराटनगरले प्रदान गरेको छ। साथै, नेपाल नेत्रज्योति संघ भोजपुर र अरुण आँखा उपचार केन्द्रको सहकार्यमा बैशाख २३ गतेदेखि २४ गतेसम्म गुरुकुल
इटहरी | बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कोशी प्रदेशले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरी २५औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व वहन र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कम्पनीले आइतबार इटहरीमा प्रभातफेरी र बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रम पेसागत बीमा अभिकर्ता संघ नेपाल र विमक समिति, नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेश समितिको संयुक्त पहलमा सम्पन्न भएको हो। प्रभातफेरी कार्यक्रम बिहानै इटहरी बजार परिक्रमा गर्दै सुरु भई कम्पनीको प्रदेश कार्यालय अगाडि समापन गरिएको थियो। कार्यक्रम
भोजपुर | भोजपुरको हतुवागढी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिकाको रूपमा घोषणा गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा पालिका अध्यक्ष प्रेमकुमार राईले औपचारिक रूपमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरे।कार्यक्रममा अध्यक्ष राईले खोप कार्यक्रम बालबालिकाको जीवित रहने अधिकार र मातृ स्वास्थ्य सुरक्षासँग जोडिएको उल्लेख गर्दै, लोकतन्त्र दिवसको अवसर पारेर यस्तो ऐतिहासिक घोषणा गरिएको जानकारी दिए। उनले खोप सुनिश्चितताका लागि स्थानीय स्तरको स्वामित्व र सहभागिता अपरिहार्य रहेको पनि बताए।‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता’ भन्ने नारासहित आयोजि
इटहरी । कोसी प्रदेश सरकारले कडा रोग लागेर उपचाररत बिरामीको बैंक खातामा रकम पठाउन थालेको छ । विभिन्न ११ प्रकारका कडा रोगीलाई सरकारले यस्तो सहयोग दिँदै आएको छ । सरकारसँग उपचार खर्च माग गरेका र ‘प्रक्रिया पुगेका’ बिरामीको बैंक खातामै रकम पठाउन थालिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकानुसार, २५ सय २६ जना रकम पाउने प्रतीक्षा सूचीमा छन् । उपचार खर्च लिन भने आन्तरिक मामिला र स्वास्थ्य मन्त्रालयमा समेत गरी ३२ सयजनाभन्दा बढीले निवेदन दर्ता गराएका थिए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिले आफ्नो उपचार गराउँदा लागेको खर्चको सक्कल बिल विवरण राखेर स्थानीय तहको सिफारिससहित प्रदेश
इटहरी । जिल्ला अस्पताल सङ्खुवासभामा आङ पाठेघर खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् । यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिए । आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उनले बताए । यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपाल
इटहरी। ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ । चम्पादेवी गाउँपालिकाको दलिडाँडामा सम्पन्न जिल्ला स्तरिय प्रतियोगितामा सुनकोशी गाउँपालिका प्रथम भएको हो । सुनकोशीले आठ स्वर्ण, सात रजत र तीन कास्य सहित कुल १८ पदक जितेको छ । गत वर्षको प्रतियोगितामा सुनकोशी चौथो भएको थियो । खेलकुद र शैक्षिक क्षेत्रमा गाउँपालिका जिल्लामै उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । गत वर्षको एसईईको नतिजामा पनि सुनकोशी जिल्लामै उत्कृष्ट भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाका १३ वटा माध्यमिक तहका विद्यालयलाई एक–एक लाख प्रदान गरिए
इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताउनुभयो । उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा ला
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.