इटहरी । कोसी प्रदेश सरकारले कडा रोग लागेर उपचाररत बिरामीको बैंक खातामा रकम पठाउन थालेको छ । विभिन्न ११ प्रकारका कडा रोगीलाई सरकारले यस्तो सहयोग दिँदै आएको छ । सरकारसँग उपचार खर्च माग गरेका र ‘प्रक्रिया पुगेका’ बिरामीको बैंक खातामै रकम पठाउन थालिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकानुसार, २५ सय २६ जना रकम पाउने प्रतीक्षा सूचीमा छन् । उपचार खर्च लिन भने आन्तरिक मामिला र स्वास्थ्य मन्त्रालयमा समेत गरी ३२ सयजनाभन्दा बढीले निवेदन दर्ता गराएका थिए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिले आफ्नो उपचार गराउँदा लागेको खर्चको सक्कल बिल विवरण राखेर स्थानीय तहको सिफारिससहित प्रदेश
इटहरी । जिल्ला अस्पताल सङ्खुवासभामा आङ पाठेघर खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् । यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिए । आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उनले बताए । यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपाल
इटहरी। ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ । चम्पादेवी गाउँपालिकाको दलिडाँडामा सम्पन्न जिल्ला स्तरिय प्रतियोगितामा सुनकोशी गाउँपालिका प्रथम भएको हो । सुनकोशीले आठ स्वर्ण, सात रजत र तीन कास्य सहित कुल १८ पदक जितेको छ । गत वर्षको प्रतियोगितामा सुनकोशी चौथो भएको थियो । खेलकुद र शैक्षिक क्षेत्रमा गाउँपालिका जिल्लामै उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । गत वर्षको एसईईको नतिजामा पनि सुनकोशी जिल्लामै उत्कृष्ट भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाका १३ वटा माध्यमिक तहका विद्यालयलाई एक–एक लाख प्रदान गरिए
इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताउनुभयो । उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा ला
धनकुटा/ धनकुटाको छथर जोरपाटी का बिभिन्न स्वास्थ्य सेवा केन्द्रहरू बाट गर्भवती भत्ता तथा शिशु पोषण वितरण कार्यक्रम गरिएको छ २०७९ सालको निर्बाचनमा होमिदै गर्दा गरिएका बाचा पुरा गर्न निति तथा कार्यक्रममा समाबेस गरेर मातृ मृत्युदर र बाल मृत्युदर कम गराउने उदेश्य ले यो उपाध्यक्ष सग सग गर्भवती भत्ता तथा सुशु पोषण कार्यक्रम लागू गरिएको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवा ले बताउनुभयो । स्थानीय स्वयंसेवी स्वास्थ्यकर्मी साथै जनप्रतिनिधि हरूसँगको सहकार्यमा लक्षित वर्गका गर्भवती महिलाहरू तथा साना बालबालिकाका आमाहरुलाई पोषणसम्बन्धी भत्ता तथा सामाग्री वितरण गर्नुभएको हो । स्वास्थ्य त
विराटनगर | मोरङको विराटनगरमा ७२औं सिंचाइ दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। "आधुनिक सिंचाइ विस्तार, दिगो कृषि विकासको आधार" भन्ने मूल नाराका साथ खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेशको आयोजनामा भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कोशी प्रदेशको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।वृक्षारोपण कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम गर्नुका साथै जलस्रोतको संरक्षण, सिंचाइ प्रणालीको दीगो विस्तार, र कृषिमा हरियाली प्रवर्द्धन गर्नु रहेको बताइएको छ।कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा उपस्थ
इटहरी | श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम, इटहरीको आयोजनामा स्थापना हुन लागेको ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पतालको उद्घाटनको अवसरमा आइतबार इटहरी बजार परिक्रमा गर्दै बृहत् कलश यात्रा सम्पन्न गरिएको छ । २०८२ वैशाख १ गते स्वामी श्री १०८ डा. सदानन्द महाराजबाट अस्पतालको औपचारिक उद्घाटन गरिने कार्यक्रमको तयारी स्वरूप आयोजित कलश यात्रामा झण्डै ४ हजार भन्दा बढी भक्तजनको सहभागिता रहेको थियो । सोही कार्यक्रममा २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी श्रीमद्भागवत पुराण समेत आयोजना हुदैछ । साथै, मन्दिरको ४६ औँ वार्षिकोत्सवको अवसरमा श्री १०८ पाठपरायण अन्तर्राष्ट्रिय महोत्सव समेत आयोजना गरिने भएको छ । मूल स
इटहरी | सहरमा बस्ती बढ्दै छन, जनसंख्या दिनप्रतिदिन बाक्लीदै छ । सहरी बिकासमा नयाँ चुनौती थपीदै छन । आवासीय क्षेत्र, सडक, ढल, पानी आपूर्ति, र अन्य आधारभूत संरचनाहरूको सुधारका लागी सहरी बिकास केन्द्रीत निती नीर्माण नीर्वीकल्प विकल्प बनिसकेका छन । तीनै नीती नीर्माणका लागी आवश्यक पर्छन, शहरी बिकास केन्द्रीत छलफल र संवाद । इटहरी उपमहानगरपालीका, पुर्वको एउटा बिकासोन्मुख सहर । यही सहरको एउटा कार्यक्रमहल शुक्रवार सहरी बिकास केन्द्रीत योजना र प्रस्तावीत रणनीतीहरुको विचार विकर्षले गुञ्जयमान भयो । कोशी प्रदेशको सहरी बिकासका लागी लीनुपर्ने नीती र गर्नुपर्ने कार्यहरुको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक का
इटहरी । ताप्लेजुङ जिल्लामा परीक्षण गर्न नसकिने मानव जैविक नमूना संकलन गरेर कुरियर सेवामार्फत कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाई परीक्षण सुरु गरिएको छ। ताप्लेजुङबाट पहिलो पटक यस्तो नमूना कुरियरमार्फत प्रयोगशालामा पठाएर परीक्षण थालिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीले बताए। ताप्लेजुङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले यस्ता नमूना संकलन गरेर प्रयोगशालासम्म पठाउने जिम्मा नेपाल क्यान मुभलाई दिएका छन्। प्रभावकारी प्याकेजिङ र ढुवानीपछि ताप्लेजुङबाट पहिलो पटक संकलित मानव जैविक नमूना परीक्षणका लागि कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पुगेको कार्कीले जानकारी
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका दुईवटा वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । गाउँपालिकाका छमध्ये वडा नम्बर १ र २ ढुङ्गेसाँघुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो । मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार दुई वटालाई एकैदिन पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङसहितका जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वाथ्यकर्मी लगायतका जनशक्तिको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । यस्तै, वडा २ लाई पनि वडाध्यक्ष नरेन्द्र लिम्बूसहित अन्य जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका जनशक्ति लगायतको उपस्थितिमा खोप सुनिश्चित वडा घोषणा ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.