सुनसरी / जुन महिनाको २१ औं तारिख अर्थात् असार ६ गते आज इटहरीमा शान्ति र्याली गर्दै नवौ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।इटहरी उपमहानगरपालिका स्वास्थ्य महासाखा, आयुर्वेद समूह इटहरीको आयोजनामा गरिएको र्यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरी ,नेपाल आयुर्वेद स्वास्थ्य सहकर्मी समाज इटहरी, जीवन विज्ञान लगायत विभिन्न संघ सस्थाहरुबाट ४०० भन्दा बढी व्यक्ति हरुको उपस्थिति रहेको थियो।मानवाताका लागी योग मुख्य नारा रहेको कार्यक्रममा जीवनका लागि योग, स्वास्थ्यका लागि योग जस्ता नारा सहित इटहरी चोक परिक्रमा गर्दै इटहरी उपमहानगरपालिकाको प्राङ्गडमा पुगेर कोड सभा गर्दै कार्यक्रम अन्त्य गरिएको थि
इनरुवा । लामो समयको प्रयासपछि जिल्ला अस्पताल सुनसरी इनरुवामा रक्त संचार केन्द्र सञ्चालनमा आएको छ । इनरुवा नगरपालिका र भोक्राहानरसिंह गाउँपालिकाको विशेष सहयोगमा रहेको रक्त संचार केन्द्र विश्व रक्तदाता दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो । अस्पतालले जिल्ला प्रशासन कार्यालय सुनसरी र नेपाल रेडक्रस सोसाइटी सुनसरी सँगको समन्वय र सहकार्यमा ब्लड बैंकको सेवा सञ्चालनमा ल्याएर सेवाग्राहीलाई सहज वनाएको छ । अस्पताल हातामा सञ्चालनमा ल्याइएको ब्लड बैंकले अस्पतालमा आउने रगत आवश्यक पर्ने विरामीहरुका लागि महत्वपुर्ण योगदान पुर्याउने कार्यक्रमका वक्ताहरुले जोड दिए ।अस्पताल
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले छाता ऐन ल्याएर अधिकार विहीन वनाउन खोजेको भन्दै धरानका सर्वदलीय संघष समितीले वुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ। विहान प्रतिष्ठानका निमित्त कुलपति प्राध्यापक डाक्टर संजीव शर्मा मार्फत संघर्ष समितिले उक्त ज्ञापन पत्र वुझाएको हो । समिीका संयोजक मुक्साहाङ मेन्याङ्बोका अनुसार पहिलो चरणमा समितीले ध्यानार्षण र ज्ञापन पत्र वुझाएको हो र भोली फेरी प्रतिष्ठानका चिकित्सक कर्मचारी सहित सरोकारवालासँग छलफल गर्ने भएको छ ।यसैवीच धरान सरोकार समाजले पनि सरकारको ध्यानाकर्षण गराएको छ । समाजले शिक्षा,विज्ञान तथा प्रविध
चन्दन रौनियार दुहबी / नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित नगरपालिकाको प्राङ्गनमा नेपाल रेडक्रस सोसाईटी दुहवी उप–शाखाले विश्व रक्तदाता दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसंचार विभाग, विराटनगरको प्रविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा ४ महिला सहित ५१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।दुहवी नगरपालिका नगरप्रमुख वेद नारायण गच्छदारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाका उपाध्यक्ष शुशिला काफ्ले , सचिव रमेश बाबु थापा, प्रविन अ
इटहरी । केही दिनदेखी अत्याधिक गर्मी बढेको तर्फ मध्यनजर गर्दै इटहरी १४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।इन्खा एकिकृत अस्पतालको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा इटहरी वडा नम्बर १४ का वासिन्दालाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । इटहरी उपमहानगरपालिकाको ग्रामिण भेगका वस्तीमा स्वास्थ्यको पहुच विस्तार गर्ने उद्धेश्यले इटहरी १४ मा निःशुल्क स्वास्थ शिविर संचानल गरिएको आयोजकले जनाएको छ ।इन्खा एकिकृत अस्पतालका सञ्चालक डाक्टर खगेन्द्र ओलीको अध्यक्षता तथा स्थानिय अग्रज रामसेवक चौधरीको प्रमुख आतिथ्यमा भएको शिविरमा होमियोपेथिक पदत्तीबाट चेकजाँच गरिनुका साथै भिडियो एक्
इटहरी । गुणस्तरिय स्वास्थ्य सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले स्थानिय स्तरमा विभिन्न स्वास्थ्य संस्थाहरु सञ्चालनमा आउने क्रम जारी छ । स्थानिय स्तरमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले इटहरी १२ खनारमा निलकमल हेल्थ सेन्टर प्राइभेट लिमिटेडको उद्घाटन गरी सेवा सुरु गरिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्नेृ अभिप्रायका साथ ४ जना युवाहरुले सञ्चालनमा ल्याएकोमा उक्त अस्पतालको एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले उद्घाटन गरेका हुन । यस हेल्थ सेन्टरबाट जेनरल ओ पी डी सेवा,विशेषज्ञ ओ पी डी सेवा,२४ सै घण्टा इमर्जेन्सी सेवा,दैनिक गर्भवती जाँच स
महोत्तरी/ स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने तालिम जेष्ठ २६ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।एकडारा गाउँपालिकाको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा जेष्ठ २४ गतेबाट शुरु भएको उक्त तालिम समापनको अवसरमा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य संस्थालाई सेवामुखी बनाउनु पर्ने बताउनुभयो ।“स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरु समस्या लिएर आउने भएकाले उनीहरुको समस्या पत्ता लगाएर समाधानको प्रयास स्वास्थ्यकर्मीहरुले गर्नु पर्छ ।” अध्यक्ष मण्डलले भन्नुभयो “सेवा प्रवाहलाई अझ चुस्त बनाएर सेवाग्राहीलाई
इटहरी । अहमदिया संघ नेपाल सुनसरी मोरगं सर्कलको आयोजनामा सुनसरीको खनारमा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको छ । अहमदिया संघ नेपालले इटहरी उपमहानगरपालिका वडा नम्बर ११मा विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको हो । शिविरमा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ तथा आसपासका क्षेत्रका १सय ६०जनाको आँखा परिक्षण गरिएकोमा ३० जनाको मोतियाविन्दुको अप्रेसन गर्नु पर्ने अवस्था रहेको र अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर अलीले जानकारी दिए । &
इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव भइ रहेको अवस्थामा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा भएको रक्तदान कार्यक्रममा २ सय २८ जनाले रक्तदान गरेका छन । उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा वुल्स ऐलेभेन , किवानीज क्लव इटहरी , रोटरी क्लव अफ इटहरी , इटहरी जेसिज ,इटहरी लेडिज जेसिज लगायतका संघ सस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय २८ज ना महिला पुरुषले रक्तदान गरेका हुन । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रममा वोल्दै राउतले रक्तदान कार्यक्रमले मानिसहरुलाई जीवन वचाउन महत्वपुर्ण योगदान पुर्याउने देखि ल
इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था इटहरीको २२औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४जनाले रक्तदान गरेका छन । समयसमयमा रक्तदान लगायतका सामाजिक कार्य समेत गर्दै आएको सिटी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४जना महिला पुरुषले रक्तदान गरेका हुन । सहकारीका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रम सहकारीकी उपाध्यक्ष विष्णु शर्मा नेपालको संयोजकत्वमा भएको थियो ।नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग पुर्याएको थियो । नेपाल रेडक्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.