सुनसरी / जुन महिनाको २१ औं तारिख अर्थात् असार ६ गते आज इटहरीमा शान्ति र्याली गर्दै नवौ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य महासाखा, आयुर्वेद समूह इटहरीको आयोजनामा गरिएको र्यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरी ,नेपाल आयुर्वेद स्वास्थ्य सहकर्मी समाज इटहरी, जीवन विज्ञान लगायत विभिन्न संघ सस्थाहरुबाट ४०० भन्दा बढी व्यक्ति हरुको उपस्थिति रहेको थियो।
मानवाताका लागी योग मुख्य नारा रहेको कार्यक्रममा जीवनका लागि योग, स्वास्थ्यका लागि योग जस्ता नारा सहित इटहरी चोक परिक्रमा गर्दै इटहरी उपमहानगरपालिकाको प्राङ्गडमा पुगेर कोड सभा गर्दै कार्यक्रम अन्त्य गरिएको थियो ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुने एक योग साधाना प्रक्षिक्षकले बताए ।
इटहरी उपमहानगरकालिका स्वास्थ्य महाशाखा अन्तर्गत रहेको आयुर्वेद प्रमुख मनोज कुमार यादव को अध्यक्षता तथा इटहरी वडा नम्बर १९ का वडा अध्यक्ष नारायण चौधरीको प्रमुख आतिथ्यतामा "मानवताका लागि योग आवश्यक'' भन्ने मूल नाराको साथ नओं अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ ।

