तेह्रथुम / नेपाल सरकारले तेह्रथुम जिल्लालाई डेंगो प्रभावित जिल्ला घोषणा गरे सगै फेदाप गाउँपालिकाले झुल वितरण गर्न थालेको छ । पालिकाको वडा नम्वर १ सिम्ले अरु वडा भन्दा वढी डेंगोको जोखिम रहेको हुनाले गाउँपालिकाले झुल वितरण गर्न थालेको पालिका अध्यक्ष केशव भेट्वालले बताउनुभयो ।पालिकाको वडा नम्वर १ सिम्लेमा १ घर एक झुल वितरण अभियान सुरु गरेको हो । पालिकाको वडा नम्वर १ मा १ हजार थान झुल वितरण गरिने ।अध्यक्ष भेट्वालले डेंगो लक्षण देखिएमा समयमा नै स्वास्थ्य सस्थामा आउन अनुरोध गर्नुभएको छ । राती सुत्दा झुल लगाएर मात्रै सुत्यो भने पनि यो रोगबाट वच्न सकिने भएकाले जनचेतना जोगाउन पनि
इटहरी / इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखा द्वारा डेङ्गु नियन्त्रण तथा रोकथामको लागि सचेतना अभियान थालेको छ।दिनानुदिन उपमहानगरपालिकामा डेंगुका बिरामी देखापर्न थालेपछि उपमहानगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।स्वास्थ्य कार्यालयको समन्वयमा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार इटहरीको विभिन्न चोकमा र्यालीसहित होटल तथा पसलका भाँडाकुँडा,थुपारिएका टायर हटाउने र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ ।जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कंदै गरेको लामखुट्टेको लार्भा नष्ट गर
भारत । एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ । पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी आएको छ ।
स्वास्थ्य बिमाकाबारे नागरिकलाई अझै पनि राम्रो सँग जानकार छैनन् । बिमाकाबारे ज्ञान नहुँदा राज्यदिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । बिमाको बारे कमै मात्र ज्ञान छ र बिमा पनि कमै गरेका छन । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सयले वार्षिक १ लाख बराबरको स्वास्थ्यबिमा गराउँदै आएका छ । वर्षमा ३५ सय तिर्न नै सकेकाकारण स्वास्थ्य उपचारमा लाखौं खर्च गर्न बाध्यभई रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिकाभित्रका सबै परिवारलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गराउने भएको छ । नागरिक सँगै प्रत्यक्ष सरकार छ भन्ने प्रत्याभूति दिलाउने उद्देश्यका गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्यबिमामा स
इटहरी : अवैध रूपमा नेटवर्किङ व्यवसाय चलाउने सक्रिय एक समूहलाई प्रहरीले इटहरीमा पक्राउ गरेको छ । ग्लोबल ओरियन्स कम्पनीको नाममा नेटवर्किङ व्यवसाय चलाउने गिरोहका ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उक्त कम्पनीले केही महिना देखि इटहरी उपमहानगरपालिका वडा नम्बर ९ साथी पेट्रोल पम्प पछाडि एक घरमा कोठा भाडा लिएर विभिन्न औषधी तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेको थियो । गोप्य सूचनाका आधारमा आज (सोमबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध नेटवर्किङ चलाउने मुख्य मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी सचिता राई र सुन्दरहरैँचा नगरपालिका घर भएका
काठमाडौं । डेंगु संक्रमणबाट २० दिनको अवधिमै देशभर ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् ।yjn7निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ । त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पताल
इटहरी । प्रदेश सरकारले पहाडी जिल्लाका अस्पतालहरूमा कार्य गर्ने चिकित्सकहरुलाई आकर्षक सुविधासहित प्रोत्साहन गर्ने निर्णय गरेको छ । चिकित्सकलाई प्रोत्साहित गर्न सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ ।दुर्गम तथा पहाडी जिल्लाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अभाव रहेको र त्यहाँ जान नमान्ने प्रवृत्तिमा कमी ल्याउन प्रदेश सरकारले मासिक १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने गरी नयाँ कार्यविधि बनाएको हो ।प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने
खाेटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेको उहाँको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले जानकारी दिनुभयो । “एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो । उहाँ नभएको समयमा हामीले प
इटहरी । मानिसहरुको उपचारका लागि आवश्यक पर्ने रगत पुर्वका स्वास्थ्य संस्थाहरुमा अभाव भई रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा इटहरी लेडि जेसिजको रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इटहरी लेडि जेसिजको जेसिज सप्ताह अन्तरगत दोस्रो कार्यक्रम रक्तदान कार्यक्रम आयोजना गरिएको हो । इटहरी लेडि जेसिजकी अध्यक्ष दुर्गा ख्डका आचार्यको अध्यक्षता तथा युमुना वुढाथोकीको संयाजकत्वमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानको प्राविधिक रहेको थियो । अहिलेको समयमा रगत अभाव भईर
विगत चार वर्ष देखि विराटनगरमा दाँत तथा मुख उपचार सेवा सञ्चालन गर्दै आएको लोक सेवा डेन्टल क्लिनीक को शाखा इटहरी सञ्चालनमा आएको छ । दन्त तथा मुख उपचारका क्षेत्रमा नाम कमाएको लोक सेवा डेन्टल क्लिनीकका सेवाग्राहीको इटहरी तथा आसपासका क्षेत्रमा समेत सञ्चालन गरिनु पर्नेमा मागलाई मध्यनजर गर्दै शाखा सञ्चालनमा ल्याइएको जनाइएको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को इटहरीको मुख्य बजार क्षेत्र पुर्व लाइनमा सञ्चालनमा आएको लोक सेवा डेन्टल क्लिनिकको शाखा कार्यालयको इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले एक कार्यक्रमका विच गरेका हुन । दन्त तथा मुख सम्वन्धी रोगका विशेषज्ञ डा. पवन मेह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.