विगत चार वर्ष देखि विराटनगरमा दाँत तथा मुख उपचार सेवा सञ्चालन गर्दै आएको लोक सेवा डेन्टल क्लिनीक को शाखा इटहरी सञ्चालनमा आएको छ । दन्त तथा मुख उपचारका क्षेत्रमा नाम कमाएको लोक सेवा डेन्टल क्लिनीकका सेवाग्राहीको इटहरी तथा आसपासका क्षेत्रमा समेत सञ्चालन गरिनु पर्नेमा मागलाई मध्यनजर गर्दै शाखा सञ्चालनमा ल्याइएको जनाइएको हो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को इटहरीको मुख्य बजार क्षेत्र पुर्व लाइनमा सञ्चालनमा आएको लोक सेवा डेन्टल क्लिनिकको शाखा कार्यालयको इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले एक कार्यक्रमका विच गरेका हुन ।

299603321_502244714996634_6862708140002943962_n

 दन्त तथा मुख सम्वन्धी रोगका विशेषज्ञ डा. पवन मेहताले  सञ्चालनमा ल्याएको क्लिनिक  नयाँ प्रविधियुक्त रहेको सञ्चाक डा. मेहताले जानकारी दिए । उनले  सेवाग्राहीको माग अनुसार पुर्व पश्चिम सवै तिरलाई पायक पर्ने गरी इटहरीमा क्लिनिक सञ्चालनमा ल्याएको समेत वताए ।

299598131_479634840222410_1566853076963192865_n

  लोक सेवा डेन्टल क्लिनिक इटहरीमा सञ्चालनमा ल्याइएको डेन्टल क्लिनिकमा डा. अयुसी श्रेष्ठ डा. रिजवान अलि लगायत  विशेषज्ञहरुले सेवा प्रदान गर्ने  समेत  जनाइको छ ।

300007119_1252410055296014_4273612984397624388_n

डेन्टल क्लिनिकको शाखा ५० लाखको लागतमा सुरु गरिएको डा. मेहताले  उदघाटनका क्रममा जानकारी गराए ।