तेह्रथुम / नेपाल सरकारले तेह्रथुम जिल्लालाई डेंगो प्रभावित जिल्ला घोषणा गरे सगै फेदाप गाउँपालिकाले झुल वितरण गर्न थालेको छ । पालिकाको वडा नम्वर १ सिम्ले अरु वडा भन्दा वढी डेंगोको जोखिम रहेको हुनाले गाउँपालिकाले झुल वितरण गर्न थालेको पालिका अध्यक्ष केशव भेट्वालले बताउनुभयो  ।

पालिकाको वडा नम्वर १ सिम्लेमा १ घर एक झुल वितरण अभियान सुरु गरेको हो । पालिकाको वडा नम्वर १ मा १ हजार थान झुल वितरण गरिने ।

अध्यक्ष भेट्वालले  डेंगो लक्षण देखिएमा  समयमा नै स्वास्थ्य सस्थामा आउन अनुरोध गर्नुभएको छ । राती सुत्दा झुल लगाएर मात्रै सुत्यो भने पनि यो रोगबाट वच्न सकिने भएकाले जनचेतना जोगाउन पनि एक घर एक झुल वितरण गरिएको अध्यक्ष भेट्वालको भनाई छ । एक घर एक झुल वितरणले सवै परिवारलाई नपुगे पनि केही हद सम्म सहयोग होस र चेतना जागोस् भनेर झुल वितरण गरिएको अध्यक्ष भेटवालले बताउनुभयो ।

301440730_139845252081752_2447547041210496103_n

झुल वितरण गर्दे प्रमुख प्रशासकिय अधिकृत विष्णु आर्चायले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्ने, पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्ने, पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्ने, फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्ने, पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्ने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्ने साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताएमा यो रोगबाट बच्न सकिने बताउनुभयो ।

यसै गरि प्रमुख प्रशासकिय अधिकृत आर्चायले लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने, घरका झ्याल ढोकामा जाली लगाउने, घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने लगायतका विषयमा ध्यान दिनु पर्ने बताउनुभयो ।