नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ। सोमबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले उक्त बीमा सम्झौतामा हस्ताक्षर गरेका छन्।यसअघि अघिल्लो वर्ष पनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो। यसवर्ष भने जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए।उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी स
इटहरी । यूटर्न इन्टरनेशनले शनिबार इटहरीमा स्वास्थ्य तथा सम्वृद्धि जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । संघीय सांसद तथा पूर्व वाणिज्य मन्त्रि मीन विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री विश्वकर्माले देशलाई आत्मनिर्भर बनाउन कृषिउत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यूटर्नले मौरीजन्य सामग्री र नेपाली जडिबुटीको प्रयोग गरेर देशमै विभिन्न सामाग्री उत्पादन गरी रोजगारी सिर्जना गरेको भन्दै प्रसंसा गर्नुभयो । पूर्व मन्त्रि विश्वकर्माले प्रत्यक्ष विक्रि प्रणालीबाट उपभोक्ताले सबैभन्दा बढी फाइदा लिनसक्ने पनि बताउनुभयो । उहाँले प्रत्यक्ष विक्रि प्रणालीबाट नेपाली उत्पादनल
धरान । धरानस्थित वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटौती गर्ने भएको छ ।प्रतिष्ठानले बुधबार सूचना जारीगरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहको सुविधा कटौती गर्ने भएको हो ।१५ गते देखि स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएको छ ।सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताइएको छ ।प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको बताइएको छ ।प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई
इटहरी । ग्रामिण क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरहरुले सर्वसाधारणलाई तत्कालिन अवस्थामा स्वास्थ्य उपचार साथै स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन सहज हुन थालेको छ । सामाजिक सेवाका क्षेत्रका काम गर्ने संघ सस्थाहरुले विभिन्न दिवस तथा अवसर पारेर विशेषज्ञ चिकित्सक तथा प्रयोगशाला समेत ग्रामिण क्षेत्रमै लगेर आयोजना गर्ने स्वास्थ्य शिविरहरुबाट सर्वसाधारले उपचार तथा आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन थालेका हुन ।यसै क्रम सुनसरीको इटहरीमा विश्व क्षय रोग दिवसको अवसर पारेर इटहरी जेसिजको आयोजना फोक्सो लगायतका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।इटहरी उ
काठमान्डाैं / काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन । तुलसा एक वर्षको तयारीपछि बेलायत गइन्। जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन् । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्
इटहरी । इटहरी अस्पतालको लागि डाक्टर माग्दै इटहरीकी उपमेयर लक्ष्मी गौतम यतिखेर काठमाडौस्थित स्वास्थ्य मन्त्रालय पुगेकी छिन् । १५ शैय्याको सुविधासम्पन्न अस्पताल बनाउने गरी भौतिक पुर्वाधार निर्माण भइरहँदा डाक्टरको अभाव भएपछि उनी काठमाडौ पुगेकी हुन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयमा उनले डाक्टरसहित ९ जना स्वास्थ्यकर्मी माग गरेको जानकारी दिएकी छिन् । दैनिक ८०० जनाभन्दा बढी मानिसको भीड लाग्न थालेपछि जनशक्ति अभाव भएको भन्दै उपमहानगरपालिकाको पत्र बोकेर मन्त्रालय पुगेकी हुन् । इटहरीमा सुविधासम्पन्न अस्पतालको लागि इटहरीवासीले समेत आवाज उठाउँदै आएका थिए । पछि उपमहानगरपालिका तातेपछि अहिले आधुनि
इटहरी । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि इटहरीमा महेन्द्र राजमार्गमा प्रदर्शन गरिएकोछ । इटहरी बरगाछीका साढे ३ वर्षिय सन्देश शाहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापरवाहीले भएको आरोप लगाउँदै पीडितले अस्पतालअगाडी प्रदर्शन गरेका हुन् ।प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले बच्चालाई धेरै पटक सिरिन्ज लगाइएपछि मृत्यु भएको आरोप लगाएका छन् । बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई एपेक्स हस्पिटल ल्याइएको थियो । डाक्टरले फुड पोइजनिङ्ग भएको भन्दै उपचार सुरु गरिएको बताएका थिए । तर बिहिबार बिहानै सन्देशको मृत्यु भएपछि परिवार विरोधमा उत्रिएको हो । बच्चाले बान्ता गरेपछि नर्सले डबल डो
इटहरी । इटहरी नमुना कलेजले आज १६ औं विश्व सामाजिक कार्य दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजको समाज कार्य विभागले सुनसरी रेडक्रस सोसाइटीसँगको समन्वयनमा उक्त कार्यक्रम आयोजना गरेको हो । आज कलेज परिसरमा आयोजित कार्यक्रममा शिक्षक र विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिताबाट ६० पिन्ट रगत संकलन गरिए ६० पिन्ट रगत संकलन गरिएको समाज कार्य विभागका प्रमुख शैलेन्द्र राईले जानकारी दिनुभयो । साथै उहाँले मार्च महिना सामाजिक कार्यकर्ताहरुका लागि विशेष रहेको र विगतदेखि नै कलेजले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनु भयो । कार्यक्रमले विद्यार्थीबीच आपसी सहकार्
इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले), इटहरी चार नम्बर वडा कमिटीले ज्येष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ । पार्टीले चार नम्बर वडा कमिटी अन्तर्गतका तीन वटा टोलमा यो कार्यक्रम आयोजना गरिसकेको छ।हालसम्म इटहरी उपमहानगर ४ नम्बर वडामा रहेका हलगडा टोल, मनकामना टोल र आइतबारे टोल कमिटीमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै ज्येष्ठ कम्युनिस्ट मञ्च टोल कमिटी गठन र निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरिएको चार नम्बर वडाका अध्यक्ष सुनिल कार्कीले ज।नकारी दिनुभएको छ ।अध्यक्ष कार्कीका अनुसार सम्मान कार्यक्रम अन्तर्गत २१५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरीसकिएको छ भने ५००
इटहरी । अपाङ्गता भएकाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिएको कम्प्युटर तालिम समापन भएको छ । द लेप्रोसी नेपालको आयोजना गौरीभक्त होटल मेनेजमेन्ट प्रालिको प्राविधिक सहयोग र स्पाईनल ईन्जुरी संघ प्रदेश नम्बर १को समन्वयमा अपाङ्गता भएकाहरुका लागि सञ्चालित आधाभुत तथा डिजाइन सम्वन्धी तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो । स्पाईनल ईन्जुरी संघ प्रदेश नम्वर १का अध्यक्ष विक्रम घिमीरेको अध्यक्षता तथा द लेप्रोसी नेपाल विराटनगरका विपिन दासको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो । ४५ दिने तालिममा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.