धरान । धरानस्थित वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटौती गर्ने भएको छ ।

प्रतिष्ठानले बुधबार सूचना जारीगरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहको सुविधा कटौती गर्ने भएको हो ।

१५ गते देखि  स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएको छ ।

सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताइएको छ ।

प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको बताइएको छ  ।

प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई  स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।