दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी।सिलोन दालचिनी अन्य दालचिनीभन्दा फरक हुन्छ। यो दालचिनी वर्म रुखबाट उत्पादन हुन्छ। सिलोन दालचिनीका विभिन्न फाइदाहरु छन्, जुन यहाँ उल्लेख गरिएका छन्ःमधुमहेका लागि फाइदाजनक मधुमेहका बिरामीका लागि सिलोनको दालचिनी निकै फाइदाजनक मानिन्छ। यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गर
डा राजेन्द्र ज्ञवालीव्यस्त जीवनशैलशी, बद्लिदो खानपिन र बढ्दो उमेरसँगै धेरै व्यक्तिको शरीरको तौल बढ्दै गएको छ। यो नेपालको मात्र नभई विश्वव्यापी समस्या बनिसकेको छ। मोटोपन बढ्दै जाँदा शरीरमा विभिन्न रोगहरु पनि देखा पर्छन्। त्यसैले मोटापन व्यवस्थापनका लागि जडिबुटीको प्रयोग सम्बन्धि कैयन अध्ययन अनुसन्धानहरु गरिएका छन्।आयुर्वेदिक तथा परम्परागत जडिबुटीहरु जस्तै पुदिना, अश्वगन्धा, ध्यूकुमारी, लेमनग्रास, सनाईपत्ता, रोजमेरी, गार्सेनिया, पुनरनभा लगायत थुप्रै बनस्पतिहरुको सेवनले शरीरमा अनावश्यक पदार्थ जम्न पाउँदैन। साथै अतिरिक्त चिनीको मात्रा उर्जामा परिणत हुन्छ। विषाक्त पदार्थ बाहिर निस्क
गर्मीको समयमा शरीरलाइ बढी पानीको मात्रा आबस्यक हुन्छ l हामीहरुलाई थाहै पनि छ तापक्रम बढ्दै जादा शरिरबाट धेरै पसिना आउने हुन्छ र त्यसलाई सन्तुलन गर्नको लागि टन्न पानी पिउनु पर्छ तर हामी मध्ये धेरै जनालाई पानी पिउन मन पर्दैन l आज हामी तपाइँहरुलाई ती खानेकुराहरुको बारेमा जानकारी दिदैछौ जुनले तपाइको शरीरमा पानीको मात्रा कायम गर्न सघाउ पुग्छ l काँक्रो: काँक्रोमा एकदमै धेरै पानीको मात्रा हुन्छ l काँक्रोलाइ धेरै तरिकाले खान सकिन्छ, सलाद्को रुपमा खानासंग वा अरु कुनै बेला l मुला: यसमा एन्टी-ओक्सिड्यान्ट गुण हुन्छ र गर्मीको बेलामा सलाद्को रुपमा खान ठिक मानिन्छ टमाटर: टमाटरमा ९४ % पानीको म
पाँच वर्षभन्दा कम उमेरका बच्चाको मृत्यु दरमा ७० प्रतिशत भन्दा बढी बच्चाहरुको मृत्यु निमोनियाँ, झाडापखाला, मलेरिया, दादुरा र कुपोषणका कारणले हुने गर्दछ । स्वास्थ्य कार्यकर्ताहरुले स्वास्थ्य केन्द्रहरुमा यी रोग लागेका बच्चाहरुको राम्रोसँग हेरविचार गरी मृत्यु हुने कारणबाट बचाउने सरल र प्रभावकारी उपायहरु गर्न सक्छन् ।विश्व स्वास्थ्य संगठन र युनिसेफले यस्ता अवस्थामा गर्नुपर्ने उपायहरुका बारेमा अपनाउनुपर्ने छुट्टाछुट्टै रुपमा प्रकाशित कार्य विधिहरु एउटैमा समावेश गरेका छन् । साथै हालसम्म पत्ता लागेका उच्चतम प्राविधिक तथ्यहरुलाई पनि यसमा समावेश गरी प्रयोगमा ल्याएको छ ।विश्व स्वास्थ्य संगठनको प्रतिवेदन
लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ ।लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा यौनसम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।गर्भावस्थामा यौनसम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आसनमा यौन सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा यौनसम्पर्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई यौन जोडिले ख्याल राख्नु गर
भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा
हरेक पटक सुरक्षित यौनव्यवहार अपनाउनु पर्छ । महिलालाई विभिन्न प्रकारका यौन सम्बन्धहरू राख्नुपर्ने अवस्था आइपर्न सक्छन् । कुनै–कुनै महिलाले बलात्कार तथा यौनजन्य समस्या खेप्नुपर्छ ।विवाहित महिलामध्ये धेरै महिलाका श्रीमानले अन्य महिलाहरू वा देहव्यापारमा संलग्न महिलाहरूसँग यौनसम्पर्क राखेका हुन सक्छन् । कतिपय महिलाहरू बाध्यताबश वा इच्छाले देहव्यापारमा संलग्न हुन्छन् । यसरी महिलाहरुलाई विभिन्न तरिकाले यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारिन्छ र त्यसैकारण यौन रोग लाग्न सक्छ ।धेरै महिलाहरू एक जनासँग मात्र यौन सम्पर्क राख्दा यौनरोग लाग्न सक्दैन भन्ने सोचाइ राख्छन् । महिलाले यस्तो सोचाई राख्नु हुँदै
सुन्दरहरैचा। बर्ड फ्लू देखिएपछि मोरङमा सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगीरव्यवसायीलाई आग्रह गरेको हो ।आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो ।विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशमा कायरत रहेका सञ्चारकर्मीलाई स्वास्थ्य बिमा गर्ने भएको छ । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले मंलगबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका ८ वटै जिल्लामा कार्यरत रहेका सक्रिय पत्रकाको स्वास्थ्य बिमाका विषयमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्ने मन्त्री साहले बताए । उक्त कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकारिता क्षेत्रमा कामकाज गर्ने पत्रकारको स्वास्थ्य जोखिमलाई
काठमाडौं । नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो । यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.