अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का साथै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको हो सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा व
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० मा रहेको नेती फार्मेसीले प्रतिवन्धित औषधी बिक्री गरेको पाइएकाले प्रहरीले औषधी पसल सिल गरि सञ्चालकलाई नियन्त्रणमा लिएको छ । फर्माबाट डाक्टरको पूर्जा बिना प्रतिवन्धित औषधिहरु बिक्री गरेको आरोपमा प्रहरीले पसल सञ्चालक तथा प्रयाेग कर्तालाई नियन्त्रणमा लिएको हाे । औषधी व्यवस्था विभाग विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको टोलीले छापा हानी औषधी पसलका सञ्चालक सुशील काफ्लेलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।सो पसलबाट खरीद गरिएको औषधी पटकपटक दुव्र्यसनमा लागेका युवाहरुसँग भेटिने गरेको प्रहरीले जनाएको छ । यसभन्दा पहिले त्यस्तो औषधी नबेच्नु भनी पसल
इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीकी सस्थापक तथा नेपाल रेडक्रसकी पुर्व केन्द्रीय उपाध्यक्ष सरला कायस्थको प्रमुख आतिथ्यमा भएको साधारण सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाको २४औं वार्षिक साधारण सभाको अवसर पारेर शिक्षा क्षेत्रमा महत्पुर्ण योगदान पुर्याउने लेखनाथ घिमीरे र ललितकलाका माध्यमबाट इटहरीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो । सो साधारण सभाको अवसरमा शव वाहन खरिद गर्न सहयोग गर्ने संघ संस्था , यसेस्ष्ठ तथा विशिष्ठ सदस्यहरुलाई कदर पत्र प
गर्मी महिना सुरु भएपछि बढ्दो तापक्रम र ह्युमिडिटीका कारणले दादको समस्या उत्पन्न हुने गर्छ । दाद छालामा आउने एक प्रकारको रोग हो । यो सिक्का (पैसा) जस्तो गोलो आकारको र बीचको भाग खाली जस्तो हुन्छ । यसलाई अंग्रेजीमा रिंगवर्म पनि भनिन्छ ।दाद आउने कारणदाद एक किसिमको किटाणु (फंगस) को संक्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्नेगर्छ । रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घ रोग लागेका तथा पसिना धेरै आउने मानिसलाई पनि दाद आउने संभावना रहन्छ ।दादका प्रकारटिनिया क्यापाइटिस टाउकोमा हुने फंगसको संक्रमण टिनिया क्यापाइटिस हो । यस्तो हुँदा टाउकोक
राम्रो निन्द्राका लागि के गर्ने ?–एउटै समयमा सुत्ने र उठ्ने–दिउँसो सुत्ने बानी छ भने हटाउने–नियमित शारीरिक व्यायाम, कसरत गर्ने–धुमपान, मद्यपानजस्ता लागूपदार्थको सेवन नगर्ने–ओछ्यानमा सुत्ने बेलामा मात्र जाने–सुत्नुभन्दा आधा घन्टा अघि मोबाइल, ल्यापटप, टेलिभिजन आदि बन्द गर्ने–राति सुत्ने बेलामा धेरै पानी नपिउने–सुत्नुभन्दा २ घन्टाअघि खाना खाने–सुत्दा निन्द्रा नआएमा ओछ्यान छाडेर बस्ने अथवा मधुरो बत्तीमा पुस्तक पढ्ने वा अन्य कुनै काम गर्ने, निन्द्रा आउनेबित्तिकै सुत्ने–गहिरो सुस्त श्वास लिएर मनलाई एकाग्र गर्यो भने निन्द्रा लाग्छ–सुत्नुभन्दा अघि एउटा बानी बसाल्ने । जस्तै दाँत माझ्ने, हात गोडा धुने आ
सुताइ घन्टामा भन्दा पनि गुणस्तरीय निन्द्रामा भरपर्ने मनोचिकित्सकहरू बताउँछन् । किशोरावस्था र वयस्कको तुलनामा बच्चाहरूको निदाउने समय धेरै हुने डा. पन्त बताउँछन् । ‘उमेर बढ्दै जाँदा निदाउने समय घट्दै जान्छ,’ उनी भन्छन्, ‘अन्य उमेर समूहको तुलनामा ५ वर्षभन्दा कम उमेरका बालबालिकाको सुत्ने समय धेरै हुन्छ ।’ निन्द्राको विषयमा विभिन्न अध्ययन भएका छन् । कुन उमेर समूहका मानिसले कति घन्टा सुत्ने भन्ने विषयमा अमेरिकाको नेशनल स्लिप फाउन्डेसनले गरेको अध्ययन यस्तो छ :कुन उमेर समूहमा कति घन्टा सुत्ने ?पहिलो दिनदेखि ३ महिना : १४ देखि १७ घन्टा४ देखि ११ महिना : १२ देखि १५ घन्टा१ देखि २ वर्षसम्म :
काठमान्डाैं / कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ । मन्त्री खतिवडाले खोप छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको जानकारी गराए । उनले प्रतिवेदन बुझेको जानकारी दिँदै
इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ। विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी,प्राकृतिक चिकित्सा आदि छन् । उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने सवाल हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । एक सर्वेक्षणअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स
इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ। विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी,प्राकृतिक चिकित्सा आदि छन् । उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने सवाल हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । एक सर्वेक्षणअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स
इटहरी / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । इटहरी निवासी ढुंगानाले सुनसरीको इनरुवा ६ स्थित मधेशामा रहेको मधेशा स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमकाबीच स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानासहित इनरुवा ६ का वडाध्यक्ष कोषराज अधिकारी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी लगायतले बोलेका थिए ।अक्सिजनले सबैको जीवन बचाउने भएकाले गर्दा आफूले सहयोग गरेको नेता ढुंगानाले बताए । अक्सिजन अभावमा दुर्गभ भेगका मानिसहरूको ज्यान नजाओस् भन्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.