सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ४ स्थित बलियामा एक महिलाको सामुहिक बलात्कार भएको छ । बलिया स्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर एक महिला माथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलात्कारको सिकार भएकी महिलाको अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । पीडितको उपचार विराटनगर स्थित कोशी अस्पतालमा भइरहेको छ ।इटहरीमा काम सकेर सुन्दरहरैँचाकै गछिया स्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई रामबहादुर नेपालीले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको
सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार आइतबार सुन्दरहरैचामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र आइतबार २३९ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । आइतबार मात्र झापामा ११९, मोरङमा २३९ र सुनसरीमा ५६ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।
एजेन्सी । भारतमा लकडाउनका कारण रक्सी नपाएपछि स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ । आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण रक्सी पसलहरु बन्द हुँदा उनीहरुले अल्कोहल मिश्रित स्यानिटाइजर पिएको भारतीय मिडियामा जनाइएको छ । कुरिचेदु गाउँमा कोरोनाभाइरसको संक्रमण बढेपछि लकडाउन गरिएको थियो । उक्त गाउँका मानिसहरुले रक्सी नपाउदा अल्कोहल मिश्रित स्यानिटाइजर पिएको जिल्ला प्रहरी प्रमुख सिद्धार्थ कौशलले बताए । उनीहरुले १० दिनदेखि अल्कोहल मिश्रित स्यानिटाइजर पिएको बताइएको छ ।
विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको हो ।
जनकपुरधाम / मधेस प्रदेशमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सभाका महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश भित्र रहेका नेपाल भारतका सिमा नाकामा होल्डिङ्ग सेन्टरसहितको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।समितिको बैठकले छिमेकी मुलुक भारतसँग सिमा जोडिएको मधेस प्रदेशमा कोरोना महामारीको जोखिम उच्च रहेकोले तत्काल सिमा नाकाको भारतबाट आउने यात्रुको लागि होल्डिङ्ग सेन्टर, हेल्प डेस्क, एन्टीजेन टेस्ट तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।समितिका सभापति जयनुल राइनको सभापतित्वमा भएको बैठकले कोरोना भाइरस छिटै नै सर्ने गरेकोले पनि त्य
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उदयपुरमा ४, संखुवासभामा ३, इलाम र भोजपुरमा २–२, पाँचथर, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना संक्रमण भएको हो ।मोरङको विराटनगरमा २५३, बुढीगंगामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३–३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा
उदयपुर / जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ ओटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । जिल्ला प्रहरीले आफ्नै श्रोतबाट सर्वसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । ‘नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौं,’ प्रनाउ गौतमले भने, ‘मास्क वितरणसँगै स्वास्थ्य मापदण्
तेह्रथुम / छथर गाउँपालिका-१ तेह्रथुमकी तेम्बा सेर्पा ७९ वर्ष पुगिन् । उनलाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न मुस्किल छ । ढल्किँदो उमेरकी सेर्पाले घरैमा उपचार पाउँदा खुसी ब्यक्त गरिन् । उनले उपचार मात्र पाइनन्, गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गर्दा गर्वले खुसी भइन् ।‘सरकारले हामी जस्ता बुढाबुढीलाई सम्मान गर्दै उपचार गर्दा हामी खुसी छौं । उमेर पनि गयो । स्वास्थ्यचौकी पुग्नै मुस्किल छ । हाम्रो समस्यालाई बुझेकोमा सरकारलाई धन्यावाद,’ उनले भनिन् ।तेम्बा जस्तै लाक्पा क्षेत्र सेर्पा पनि घर टोलमै सेवा लिन पाउँदा खुसी भएका छन् । ‘हामी बिरामी हुँदा स्वास्थ्य जाँच गर्न हिँडेर जान समस्या छ
इटहरी । इटहरीका सञ्चारकर्मीहरुले जातिय विभेद विरुद्धको सचेतना जगाउने उद्देश्यले निर्माण गरेको सर्टमूभि उत्कृष्ट २० मा पर्न सफल भएको छ । यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका करिव ७० वटा सर्टमुभि मध्ये इटहरीका सञ्चारकर्मीहरु रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको चेत नामक सर्टभूमि उत्कृष्ट २० मा पर्न सफल भएको हो । नेपाल टेलिभिजन इटहरीमा कार्यरत रोहित खनालको निर्देशन तथा मकालु टेलिभिजनका रेवती निरौला र नेपाल टेलिभिजनका धार्मिक कार्यक्रम प्रस्तोता कमल दाहालको मुख्य भूमिका रहेको यस सर्टमूभीको लेखन भने केशवजीले गरेका हुन् ।जातिय विभेद विरुद्धको सन्देश दिने अधिकांश चलचित्रहरुमा मन्दिर त
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवाम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.