स्वास्थ्य

    Showing ५६१-५७० of ६०३ items.
  • माघ १५ गतेदेखि विद्यालयहरु खुल्ने

    काठमाडौं । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् । 

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १७४ पटक पढिएको
  • कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित सञ्चालक सुनिल शर्मा अमेरिका

    काठमाडौं: काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा अमेरिका प्रस्थान गरेका छन् । यता कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित रहेको अवस्थामा शर्मा भने अमेरिका पुगेका छन् ।उनी हिजै विहान अमेरिकाको लागि उडेका हुन् । हिजोमात्रै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । पछिल्लो समय कलेजले तोकिएको भन्दा महँगो शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।यो बीचमा सरकारले पनि कलेज सञ्चालकसँग छलफल गरिसकेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले त गृहमन्त्री बालकृष्ण खाँणलाई कलेजलाई कारबाहीको लागि आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १७८ पटक पढिएको
  • वीपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव: आन्दोलनरत पक्षले गर्याे स्वागत, कर्मचारी समाजले गर्याे विरोध

    सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान आई पुगेका छन् । उनी सगैं प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एक जना उपसचिव पठाउने निर्णय गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठान पठाएको छ । यादव र अधिकारी आज प्रतिष्ठान पुगेका हुन् ।छानबिन समितिले दोषी देखाएका प्रतिष्ठानका बहालवाला ३ पदाधिकारीहरूलाई काम गर्न

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १६५ पटक पढिएको
  • कोरोना कहर : पर्यटकीय क्षेत्र तालतलैया सुनसान

    इटहरी । कोरोना भाइरसको तेस्रो लहर दिनप्रतिदिन बढी रहेको समयमा मानिसहरुको चहलपहल हुने पर्यटकीय क्षेत्रहरु समेत सुनसान हुन थालेका छन ।      नेपाल सरकारले भाइरस फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन गत पौष २७ गतेबाट निर्देशन गरेसंगै पर्यटकीय क्षेत्रहरुमा समेत मानवीय चहलपहल घट्न थालेको हो ।   नेपाल सरकारले घोषणा गरेको एक सय गन्त्वय स्थल मध्ये पर्न सफल सुनसरीको तालतलैया क्षेत्रमा समेत कोरोना कहरका कारण पर्यटकीय गतिविधि घट्न थालेको छ । कोरोना कहरका कारण पर्यटकहरु आउन छोडेपछि पर्यटकीय क्षेत्र तालतलैयालाई ब्यवस्थापनमा समस्या पर्न थालेको छ । कोरोना संक्रमणको जोखिम बढी रहेका क

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १८१ पटक पढिएको
  • बुल्स इलेभेनको अगुवाईमा सार्वजनिक सवारी साधनमा सेनिटाइजर गर्ने तथा मास्क वितरण अभियान

    इटहरी । कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको समयमा रोकथाम नियन्त्रण र न्युनिकरणमा सबैको भुमिका महत्वपुर्ण हुने संदेश सहित सुनसरीको इटहरीमा सार्वजनिक सवारीमा सेनिटाइजर गर्ने तथा मास्क वितरण अभियान सुरु गरिएको छ ।    सामाजिक कार्यका क्षेत्रमा सक्रिय रहदै आएको बुल्स इलेभेनको अगुवाईमा प्रदेस नम्बर १ ट्राफिक कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा सार्वजनिक सवारी साधनमा सेनिटाइजर गर्ने तथा सडक प्रयोगकर्ताहरुलाई मास्क वितरण गर्ने अभियान सुरु गरिएको हो ।  इटहरीमो धरान लाइनमा सार्वजनिक सवारी साधनहरु रोकेर सेनिटाइजर गर्ने साथै सडक प्रयोगकर्ताहरुलाई तपाईको मास्क ख

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १७३ पटक पढिएको
  • तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै

    तेह्रथुम / कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान संचालन गरेकाे हाे ।बजार क्षेत्रमा मास्किवना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारवाही गरिएको थियो ।जिल्ला प्रहरी कार्य

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १५७ पटक पढिएको
  • सुन्दरहरैँचा, बलियामा एक महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ४ स्थित बलियामा एक महिलाको सामुहिक बलात्कार भएको छ । बलिया स्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर एक महिला माथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलात्कारको सिकार भएकी महिलाको अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । पीडितको उपचार विराटनगर स्थित कोशी अस्पतालमा भइरहेको छ ।इटहरीमा काम सकेर सुन्दरहरैँचाकै गछिया स्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई रामबहादुर नेपालीले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ३२३ पटक पढिएको
  • सुन्दरहरैचामा आइतबार १३ जनामा कोरोना पुष्टि

    सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार आइतबार सुन्दरहरैचामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र आइतबार २३९ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । आइतबार मात्र झापामा ११९, मोरङमा २३९ र सुनसरीमा ५६ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १४५ पटक पढिएको
  • बजारमा रक्सी नपाएपछि स्यानिटाइजर खाए, १० जनाले संसार छोडे

    एजेन्सी । भारतमा लकडाउनका कारण रक्सी नपाएपछि स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ । आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण रक्सी पसलहरु बन्द हुँदा उनीहरुले अल्कोहल मिश्रित स्यानिटाइजर पिएको भारतीय मिडियामा जनाइएको छ । कुरिचेदु गाउँमा कोरोनाभाइरसको संक्रमण बढेपछि लकडाउन गरिएको थियो । उक्त गाउँका मानिसहरुले रक्सी नपाउदा अल्कोहल मिश्रित स्यानिटाइजर पिएको जिल्ला प्रहरी प्रमुख सिद्धार्थ कौशलले  बताए । उनीहरुले १० दिनदेखि अल्कोहल मिश्रित स्यानिटाइजर पिएको बताइएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १७० पटक पढिएको
  • विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका

    विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]