एजेन्सी । भारतमा लकडाउनका कारण रक्सी नपाएपछि स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ । आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो । 

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण रक्सी पसलहरु बन्द हुँदा उनीहरुले अल्कोहल मिश्रित स्यानिटाइजर पिएको भारतीय मिडियामा जनाइएको छ । कुरिचेदु गाउँमा कोरोनाभाइरसको संक्रमण बढेपछि लकडाउन गरिएको थियो । 

उक्त गाउँका मानिसहरुले रक्सी नपाउदा अल्कोहल मिश्रित स्यानिटाइजर पिएको जिल्ला प्रहरी प्रमुख सिद्धार्थ कौशलले  बताए । उनीहरुले १० दिनदेखि अल्कोहल मिश्रित स्यानिटाइजर पिएको बताइएको छ ।