विदेश

    Showing २१-३० of ५० items.
  • मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ समुद्री सेनाको मृत्यु

    मेक्सिको :  मेक्सिकोको सिनालोआमा शनिबार हेलिकप्टर दुर्घटना भएको छ । सो हेलिकप्टर दुर्घटनामा १४ जना सेनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मेक्सिकोको नौसेना(समुद्री सेना)को  हेलिकप्टर 'ब्ल्याक हक'  दुर्घटनाको कारण भने खुलेको छैन । सेनाको हेलिकप्टरमा १५ जना सवार थिए । जसमध्ये १४ जनाको दुर्घटनामा नै ज्यान गएको छ ।  उद्धारकर्मीले घाइतेलाई तत्कालै नजिकैको अस्पतालमा लगेर उपचार गराइरहेको बताएका छन्।    स्थानीय सञ्चारमाध्यमले नौसेनालाई उद्धृत गर्दै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए। 

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २६ पटक पढिएको
  • उत्तर कोरियामा कोरोना भेटिएपछि देशभरि लकडाउन घोषणा

    एजेन्सी । उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ। बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो।कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने खुलाइएको छैन। उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन्।सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो। यो बीचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आइनपुगेको दाबी गर्दै आएको थियो। कोरोनाका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोन

    • प्रकाशित मितिः बैशाख २९, २०७९
    • ५० पटक पढिएको
  • केरला सरकारले २० लाख परिवारलाई निःशुल्क इन्टरनेट दिने

    भारतको केरला सरकारले गरिबीको रेखामुनि रहेका २० लाख परिवारलाई निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ । सरकारले विधानसभा निर्वाचन क्षेत्रका आधारमा पहिलो चरणमा हरेक क्षेत्रका सय परिवारलाई यो इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको हो  ।यसको सुरुवात यही मे महिनाको अन्त्यबाट हुने जनाइएको छ । सन् २०१७ मा पिनाराई विजयन सरकारले ल्याएको यो कार्यक्रम हालको सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो । केरला अप्टिकल फाइबर नेटवर्क नाम दिइएको यस परियोजनाका लागि इन्टरनेट सेवा प्रदायक (आईएसपी) छनोटको काम अघि बढिसकेको परियोजना प्रमुख सन्तोष बाबुले वताएका छन् ।उनका अनुसार यो परियोजना अन्तर्गत ३० हजार सरकारी निकायमा

    • प्रकाशित मितिः बैशाख २८, २०७९
    • ४८ पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने श्रमिक अधिकारविहीन

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) संगको साझेदारीमा गरेको एक अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्फत नै चर्को सेवा शुल्क लिएर सम्झौता विपरीत विदेश पठाउने गरिएको देखाएको छ।वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) सम्म सम्पर्क गराइदिने माध्यमको रूपमा कार्यरत एजेन्टहरूको व्यवस्थालाई नेपाल सरकार

    • प्रकाशित मितिः बैशाख १९, २०७९
    • ४७ पटक पढिएको
  • सर्वियामा वैदेशिक रोजगारी खुला, कामदार म्यानपावरले पठाउने

    युरोपेली मुलुक सर्विया रोजगारीमा अब म्यानपावर कम्पनीहरूले कामदार पठाउन पाउने भएका छन्। सरकारले म्यानपावर कम्पनीहरूलाई सर्वियामा कामदार पठाउन अनुमति दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।यसका लागि श्रम मन्त्रालयले राजपत्रमा पनि सूचना प्रकाशित गरिसकेको छ। अब औपचारिक रूपमा श्रमिकहरू श्रम स्वीकृति लिएर उक्त मुलुकमा जान सक्ने सचिव अर्यालले बताए।यसअघि सर्वियामा नेपाली श्रमिकहरू व्यक्तिगत रूपमा जाने गरेका थिए। अब भने उक्त मुलुकका रोजगारदाताहरूले आवश्यक जनशक्ति नेपालका मेनपावरमार्फत् लैजान सक्ने छन्। मागपत्र प्रमाणीकरण लगायत काम जर्मनीस्थित नेपाली दूतावा

    • प्रकाशित मितिः बैशाख १८, २०७९
    • ४८ पटक पढिएको
  • भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने भएका छन् । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् ।तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ । मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले पनि जम्मु काश्मिर क्षेत्रमा बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहने गरेकाले पनि ती क्षेत्रहरुमा भारत सरकारले सन् २

    • प्रकाशित मितिः बैशाख ९, २०७९
    • २५ पटक पढिएको
  • गाउँलाई सहरसँग कालोपत्रे सडकले जोड्दै इटहरी

    इटहरी / स्थानीय सरकार आएपछि जनतामा एउटा आशा थियो, विकासको लहर आँउछ अनि वरपर सबै तिर विकास हुन्छ । तर सबै जनताको यो आशा पुरा भएन् , इटहरीका जनताको भने यो आशा केही हद सम्म पुरा भएको छ । इटहरीले जनप्रतिनिधि आएको ५ बर्षमा बिकास उल्लेख्य कामभएका छन् । स्थानीय सरकारमा मेयर द्धारीकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरी विकासको गतिमा अगाडि बढि रहेको छ ।२०७४ सालमा स्थानिय तहको निर्वाचन पछि इटरीमा करिव २ सय किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसको मुख्य श्रेय स्थानीय सरकारलाई नै जान्छ । २०७४ साल असार १४ गते सम्पन्न भएको इटहरी उपमहानगरपालिकाको पहिलो निर्वाचनबाट निर्वाचित भइ २०७४ साल श्रावण १ गते

    • प्रकाशित मितिः बैशाख ८, २०७९
    • ५७ पटक पढिएको
  • मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले गरे आत्मसमर्पण

    मस्को / रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो ।सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ । ‘मारिओपल सहरमा ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

    • प्रकाशित मितिः बैशाख १, २०७९
    • २८ पटक पढिएको
  • भारतले पाकिस्तान जाने ३ वटा नदी बन्द गर्ने घोषणा

    भारतले पुलवामामा भएको आतंवादी गतिविधिका कारण भारतबाट पाकिस्तान बग्ने ३ वटा नदी बन्द गर्ने घोषणा गरेको छ । यस खबरको जानकारी बिहिबार भारतका केन्द्रिय मन्त्री नीतीन गडकरीले दिएका हुँन् ।पाकिस्तानलाई सिन्धुजल सम्झौता अन्तर्गत भारतले व्यास, रावी र सतलज नदीको पानी उपलब्ध गराउँदै आएको हो ।केन्द्रिय मन्त्री नीतीनले उक्त नदीको पानी अब भारतको पञ्जाब र जम्मु कश्मीरको नदीमा प्रवाह गर्ने स्पष्ट पारेका छन् ।भारतले लिएको यो निर्णयको लागी जम्मु कश्मीरको शाहपुर–काँडी रवी नदीमा परियोजनाको काम सुरु भइसकेको केन्द्रिय मन्त्री नीतीनले बताएका छन् । यस परियोजनाको मद्दतमा कश्मीरमा रावी नदीको पानी संकलन गरि अन्य राज्यम

    • प्रकाशित मितिः चैत्र २९, २०७८
    • ९ पटक पढिएको
  • युक्रेन भन्छ–रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लग्यो

    किभ / युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन  कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउ

    • प्रकाशित मितिः चैत्र २९, २०७८
    • १७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]