इटहरी / इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले सार्वजनिक गरेकी हुन् ।
उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ । जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।
इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा तथा वार्षिक कार्ययोजना कार्यक्रममा आगामी आर्थिक वर्षको लागि संघिय समानिकरण अनुदानबाट ३० करोड १७ लाख, संघिय ससर्त अनुदानबाट ७२ करोड ५७ लाख, संघिय समपुरक अनुदानबाट २ करोड, संघिय विशेष अनुदानबाट ३ करोड ७५ लाख पाउने अनुमान गरीएको छ ।
यसैगरी प्रदेश समानिकरण अनुदानबाट २ करोड ७ हजार, प्रदेश ससर्त अनुदानबाट १ करोड २३ लाख २५ हजार, प्रदेश समपुरक अनुदानबाट १ करोड, संघिय राजश्व बाँडफाँडबाट १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड(सवारी)बाट २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशनबाट ३० करोड ,आन्तरिक श्रोतबाट रु. ६८ करोड १४ लाख नगद मौज्दात परिवर्तनवाट रु. १ करोड र नगर विकास कोषबाट ऋण ३ करोड गरी कुल जम्मा रु. २ अर्ब रु.३५ करोड ३१ हजारको अनुमानित आम्दानी विवरण पेश गरेको छ ।
चालु आर्थिक वर्षमा भने इटहरी उपमहानगरपालिका घाटामा गएको छ । आम्दानीभन्दा खर्च बढी भएपछि उपमहानगरलाई ४५ करोड ८४ लाख ४१ हजार रुपैया घाटा भएको हो । उक्त रकम दायित्वका रुपमा आगामी आर्थिक वर्षलाई सारिएको छ ।
२०८० जेष्ठ मसान्त सम्म पुँजिगत तर्फ रु. ५९ करोड ३० लाख ३२ हजार अर्थात ५१.४६ प्रतिशत र चालु तर्फ रु. ७६ करोड ५७ लाख ७१ हजार खर्च गरी कुल ७९.९२ प्रतिशत बजेट कार्यन्वयन गरी कूल खर्च १ अर्ब ३६ करोड २८ लाख ४ हजार खर्च भई कुल बजेटको ६०.४८ प्रतिशत खर्च भएको देखिन्छ ।

धरान विराटनगर कोशी राजमार्गको इटहरी खण्ड मुख्य बजार क्षेत्रमा दुई वटा आकाशे पुल निर्माण गर्न यसको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
इटहरी वडा नं. ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रिन बेल्ट (हरित पार्क) निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छ । इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण (MRI, सिटि स्क्यान, भिडियो एक्सरे तथा आइ.सि.यु.. भेन्टिलेटर) सहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा संचालन गर्न बजेट छुट्याएको छ ।
त्यसैगरी, शिक्षाको भौतिक पूर्वाधार विकास साथै गुणस्तर अभिवृद्धिलाई ध्यानमा राख्दै इटहरी क्षेत्रका केहि सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालयका रुपमा रुपान्तरण गरिनेछ साथै विद्यार्थीहरुलाई अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन शुक्रबार फर फुटुरे कार्यक्रम सञ्चालन गरिनेका लागि लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरी स्ट्रिट लाईट जडान गर्ने , प्रत्येक वडामा एक वडास्तरिय खेल मैदान निर्माण गरी प्रत्येक वडामा खुल्ला व्यायामशालाको निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने , इन्फास्टक्चर एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने , इटहरी उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरी ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न बजे छुट्टाउने भएको छ ।
इटहरी उपमहानगरपालिकाका सार्वजनिक क्षेत्रहरुमा फ्री वाईफाई जडान गरी सञ्चालन गर्ने, ६ वटा नगर विद्युतिय बस सेवा संचालन गरिनेछ। यसको लागि आवश्यक बजेट विनियोजन बजेट छुट्टाएको, इटहरी उपमहानगरपालिका भित्र निर्माण हुने भौतिक पूर्वाधारका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी आन्तरिक रोजगारी सृजना गरि वैदेशिक रोजगारमा जाने युवा शक्तिलाई इटहरीको समग्र विकासमा प्रयोग गर्ने नीति कडाइका साथ अवलम्वन गर्न बजेट विनियोजन गर्ने बजेट छुट्टाएको छ ।
इटहरीका मुख्य चोक तथा बजार क्षेत्रमा फ्री वाईफाई जडान गरि संचालन गर्न यसको लागि आवश्यक बजेट विनियोजन, गरिव, विपन्न, गर्भवती, जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकहरुको इटहरी अस्पतालमा गरिने उपचारमा ५० प्रतिशत छुट दिइने यसको लागि आवश्यक बजेट विनियोजन बजेट समेटिएको छ ।

निति तथा बजेट पेशमा धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा खेलकुद , प्रविधि , खानेपानी , ऐतिहासिक क्षेत्र, बालबालिका , कृषि विकास ,पशुपंक्षी विकास ,सामाजिक विकास ,अपाङ्गता, जेष्ठ नागरिक ,दलित पिछडिएका वर्ग यौनिक , लैंगिक अल्पसंख्यक , गैह्रसरकारी संघ/संस्था समन्वय , उद्वम विकास तथा वैदेशिक रोजगारी ,संस्कृति ,भाषा कला , साहित्य ,वन वातावरण तथा सरसफाइ , ठोस फोहोरमैला तथा लेदोजन्य फोहोर पानी व्यवस्थापन ,विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन , नदी नियन्त्रण , सुचना संचार , सहकारी विकास ,सुसासान, सेवा प्रवाह तथा मानव संसोधन विकास, न्याय सम्पादन तथा कानून निर्माण ,उपभोक्ता हित संरक्षण नीति ,उद्योग, पर्यटन तथा संस्कृति प्रबर्द्धन नीति , रोजगार, यातायात तथा भौतिक पूर्वाधार निर्माण ,भवन निर्माण , राजस्व प्रशासन जस्ता विषय निति बजेटमा पेश गरिएको छ ।


