इटहरी / नेपाली विद्यार्थीहरुलाई क्यानडा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “आइसिसिसि इटहरी ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ।
काठमाडौं बाट २०१४ बाट सुरु भएको शैक्षिक परामर्श केन्द्रको आठौं शाखा इटहरी ६ पस्चिमलाइन स्थित “आइसिसिसि इटहरी” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष दिवस पोख्रेल, उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, उधोग बाणिज्य संघ इटहरीका महासचिव बिनोद पौडेल साथै, आइसिसिसि का सिइओ राम खड्का, नेपाल युवा उद्यमी मन्च इटहरीका अध्यक्ष चन्द्र देवकोटा, इटहरी शाखा प्रमुख अमित भन्डारी लगाायतले केन्द्रको औपचारीक रुपमा उद्घाटन गरेका छन् ।

यसैविच “आइसिसिसि इटहरी ” शैक्षिक परामर्श केन्द्रले आगामी दिनमा विद्यार्थीहरुका लागि आवश्यक बिभिन्न सुझाव, सहकार्य सेमिनार पनि गर्ने सन्चालक भण्डारीले बताउनुभयो। उद्घाटन कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षाविद बिध्यार्थी अभिभावक हरुको उपस्थित रहेको थियो ।


