चिनियाँ राष्ट्रपति सी जिनेपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ । मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन खेलकुदहरू तीव्र रूपमा विकास गर्नुपर्ने भन्दै उनले खेलले आपसी साझेदारी, खुलापन र सरसफाइने समेत मद्दत पुग्ने धारणा राखे । खेल आयोजना भने पर्यावरण अनुकूल हुने सिद्धान्तमा व्यवस्थित हुनुपर्ने को भनाइ छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको खेलहरू उत्साहकासाथ भैरहेका छन । ९१ राष्ट्र सहभागीे विन्टर ओ
एजेन्सी / फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन् ।फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता फिल्म निर्माण गरिसकेको छ । एटलीले ‘मार्सल’, ‘थेरी’ र ‘बिजिल’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन् ।अल्लूले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन । किनकी उनीह
१७ माघ, काठमाडौं । पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो । न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् । आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी थिइन् ।क्रिस्टले आत्महत्या गर्नुअघि आफ्नो एक तस्वीरसहित इन्स्टाग्राममा ‘यो दिनले तपाईंको जीवनमा आराम र शान्ति छाओस्’ भनेर लेखेको सीएनएनले जनाएको छ । अमेरिकाको न्याय प्रणालीमा सुधारको माग गर्दै अभियान चल
दशगजा अतिक्रमण मोरङको सिमावर्ती दशगजा क्षेत्रमा भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले भौतिक संरचना बनाएको सुचना पछि मोरङका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुुगमन गरेको छ । सोमवार दरैया बस्ती नजिक दशगजा क्षेत्रको अनुगमन पछि भारतिय सशस्त्रवलले स्थापना गरेको चेकपोष्ट केही पर सारेको जिल्ला प्रशासनकार्यालय मोरङले जनाएको छ । भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले विराटनगर वडा नं. १६ दरैया बस्तीको दशगजा क्षेत्रमा चेकपोष्ट स्थापना गर्नुका साथै विराटनगरको मुख्य नाका जोगबनी नाकाको दशगजामा नै पाल टाँगेर उभिएर सुरक्षा चेक जाँच गर्दै आएको छ । अनुुगमन पछि मोरङका प्रमुख ज
काठमाडौं / बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् ।सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्ब
मुम्बई / भारतमा आफ्नो मनपर्ने कलाकारलाई फ्यानहरू भगवानको रूपमा पूजा गर्छन् । यी कलाकारसँग एक सेल्फी लिनु या उनीहरूसँग नाच्नु हरेकको सपना हुन्छ । पछिल्लो समय बलिउडका नाम चलेका कलाकार विभिन्न पार्टी र बिहेमा डान्स गर्न जाने क्रम बढ्दो छ । यहाँ निजी कार्यक्रममा नाच्न महँगो पारिश्रमिक लिने कलाकारहरूको बारेमा चर्चा गरिएको छ ।अभिनेत्री विपाशा बसुले राधिका सिंघलसँग प्रदीप धुतका छोरा (भिडियोकन कम्पनीका मालिक) सौरभ धुतको विवाहमा महँगो पारिश्रमिक लिएर नृत्य गरेकी थिइन् । विवाहमा कैटरीना कैफ र मलाइका अरोडाले पनि प्रस्तुति दिएका थिए । विपाशा केही मिनेट नाच्नका लागि २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छि
भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले १२५ सिटका लागि उम्मेदवारको घोषणा गरेकी छिन् । महासचिव गान्धीले बिहीबार घोषणा गरेका उम्मेदवारको सूचीमा ४० प्रतिशत महिलालाई टिकट दिएको छ ।उम्मेदवारको लिष्टमा नायिका अर्चना गौतमको समेत नाम रहेबाट भारतीय कांग्रेसी जनतामा उत्साह थपिएको छ । महासचिव गान्धीले अर्चनलाई मेरठको हस्तिनापुरबाट चुनावका लागि टिकट दिएकी छिन् ।प्रियंका गान्धीले टिकट दिएकी अर्चना सन् २०१४ मा मिस उत्तर प्रदेश बनेकी थिइन् भने त्यसपछि उनी मिस बिकीनी इन्डिया, मिस बिकिनी युनिभर्स इन्डिया र मिस बिकिनी युनिभर्सको विजेता बनेकी थिइन् । त्यस्तै उनले सन् २०१८ मा मलेशियामा मिस कस्मस वल्
माइती नेपालले भारतको मुम्बईबाट १२ जना बालक तथा किशोरहरूको उद्धार गरेको छ। उद्धार गरिएकाहरु १३ देखि १८ वर्ष उमेर समूहका छन्।रौतहटका ७, महोत्तरीका २, कैलाली, धनगढी र कपिलवस्तुका १–१ जना बालकको उद्धार गरिएको हो। उद्धार गरिएकाहरुलाई उनीहरूका अभिभावक बोलाएर जिम्मा लगाइएको माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख संगिता पुरीले जानकारी दिइन्।उनीहरुलाई मजदुरीका लागि मुम्बई लगिएको थियो। उनीहरुलाई मुम्बईको कुरल रेल्वे स्टेसनबाट भारतीय प्रहरीले उद्धार गरेको थियो। भारतीय प्रहरीले मुम्बईस्थित बाल कल्याण कमिटीको जिम्मा लगाएको थियो।कमिटीले माइती नेपालसँग समन्वय गरी बालकहरूको स्वदेश फिर्तीको पहल गरेको हो।
नयाँ दिल्ली / प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ ।१३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् ।मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् । ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र
काठमाडौं / भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ। भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.