नेपाली कांग्रेसका युवा नेता जीवन ढुङ्गाना केन्द्रीय महाधिवेशन प्रतिनिधि  उम्मेदवारी दिने घोषणा गरेका छन् । स्थानीय निकायमा जनप्रतिनिधि समेत रहेका ढुङ्गाना  ‘विकासका लागि राजनीति’ को नारासहित कांग्रेस केन्द्रीय समितिमा पुग्न आफूले प्रयास गर्ने जनाएका छन् । १३ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि सहित क्षेत्रिय सचिव चभउथि उम्मेदवार रहेका ढुंगाना ‘अघिल्लो महाधिवेशनमा क्षेत्रीय समितिमा जान प्रयास गरेकै हुँ । यसपटक अझ बढी प्रतिवद्धता सहित खुलातर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिनेछु’, ढुंगानाले पत्रकारहरुसँग भने । कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकोले विकास र जनताको स्तर उकास्ने एजेण्डालाई पनि अब प्राथमिकता दिनुपर्ने ढुंगानाको भनाइ छ ।

‘२०४६ सालदेखि नेविसंघको राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा परिचित ढुङ्गाना २०५१ सालदेखि लगातार दुई कार्यकाल नेपाली कांग्रेस साविक दुलारी गाविस  सचिव को जिम्मेवारी समालिसकेका र २०७४ को स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसबाट सर्वसम्मतरुपमा वडा अध्यक्षका लागि टिकट पाएर स्थानीय जनताको राम्रो साथले जनप्रतिनिधि भई स्थानीय जनताको मन जित्न सफल ढुङ्गाना  जनताले अब विकास खोजेका छन् । विकासको त्यो भोक मेट्ने कांग्रेस बनाउनुपर्छ’, त्यसैले अब कांग्रेस बनाउने कुरामा योगदान पुर्याउने हेतुले आफुले उम्मेदवारी दिएको र पार्टीभित्र व्यक्तिमा आधारितभन्दा विचारमा आधारित सहकार्य आवश्यक रहेको भन्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि  निर्वाचित भए पार्टीको विचार, आदर्श र कार्यक्रमलाई सफल बनाउन अझ बढी योगदान गर्ने उनले बताए ।

252061390_895475037806130_6238881182044671159_n