कांग्रेस मोरङ क्षेत्र नम्बर ६ (क) को उप-सभापतिमा राम प्रसाद रिजालले उम्मेद्वारी घोषणा गरेका छन् ।
सुन्दरहरैंचा-५ निवासी रिजाल क्षेत्र नं. ६ (क) को उप-सभापतिमा उम्मेद्वारी दिने घोषणा सामाजिक सन्जालमा पोस्ट गरेका छन् । सहयोगी भावनाका रिजाल सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ वडा अध्यक्ष भएर काम गर्दै आएका रिजाल जहाँ समस्या पर्छ, त्यहाँसहयोग गर्दै आएका छन् जसले गर्दा वडाध्यक्ष रिजाल स्थानीय वृद्ध जेष्ठ नागरिक लगायत सम्पुर्ण नगरवासीको मन मनमा बस्न सफल भएका छन्। कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. ६ (क) को उप-सभापतिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ ।
आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवा जमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।


