मोरङ क्षेत्र नं.(क) कांग्रेस तर्फको प्रदेश महाअधिवेसन प्रतिनिधि उमेद्धार  (खुल्ला) मा किशोर कार्कीले उम्मेद्वारी दिने भएपछि यतिबेला आम कांग्रेस कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् । सुन्दर दुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रहेका कार्कीले उद्योगीहरूलाई जहाँ जहाँ समस्या पर्छ ति हरेक क्षेत्रमा आफ्नो सकृयताका साथ सहयोग गर्दै आएका छन् । 

अध्यक्ष रहेका कार्कीले उम्मेद्वारी प्रस्तुत गरेसँगै यतिबेला चुनावी सरगर्मी बढेको छ । विद्यार्थी जीवनबाटै राजनीति क्षेत्रबाट समाज रूपान्तरणको सपना बोकेर हिँडेका कार्की यतिबेला प्रतिनिधि उमेद्धार  (खुल्ला) मा आफ्नो उमेद्धार दिने भएका हुन । 
राजनीतिलाई नितान्त सेवाको विषयका रुपमा उजागर गर्ने कांग्रेस नेताका रुपमा आफुलाई स्थापित गराउदै आफ्नो क्षेत्रको विकास तथा विस्तारमा सदैव लाग्ने उनको अठोट छ । जनताको सेवा, संगठन सुदृढीकरण र संगठन विस्तारमा अहोरात्र खटिने कार्की बलियो संगठन निर्माण नै जनताको भाग्य र भविष्य सग जोडिएको तर्क राख्दछन्
साझा र बलियो कांग्रेस बनाउन आम कार्यकर्ताहरूले पटकपटक आग्रह गरेपछि आफूले उम्मेद्वारी दिने घोषणा गरेको कार्कीको भनाई छ । उनको उम्मेद्वारी सँगै अधिकांश कार्यकर्ताहरूले सर्वसम्मत चयन गर्नु पर्ने धारणा राख्दै आएका छन् । पार्टीलाई मजबुत र चलायमान बनाउन उनले मोरङ क्षेत्र नं.(क) को प्रदेश महाअधिवेसन प्रतिनिधि उमेद्धार (खुल्ला) मा उम्मेद्वारी दिएको बताएका छन् । 
विकास निर्माणमा मात्रै नभएर सरसहयोग र सेवाको क्षेत्रमा पनि कार्की पार्टी कार्यकर्ता र अन्य व्यक्तिहरूमा  लोकप्रिय छन् । उनि कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र बाहिर उत्तिकै लोकप्रियता देखिन्छ । आश्वासन मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरू बताउँछन् । समस्या लिएर जाने जोकोहीको समस्या तुरुन्त समाधानको पक्षमा जाने कार्कीको बानीका कारण सवै उनीबाटै प्रभावित बन्ने गरेका छन् । 

कार्कीले १४ औ महाधिवेसनमा सबैलाई नागरिकले चाहेको र नागरिकको सेवामा समर्पित नेतृत्व चयन गर्न पनि आग्रह गरेका छन् ।

257971458_934310464177083_3986769649880397664_n