सुन्दरहरैचा । स्थानिय तहको आगामी निर्वाचनको लागि सुन्दरहरैचा नगरपालिकामा मेयरको रुपमा रोशन प्रसाद ढकालको नाम चर्चामा रहेको छ ।

गत स्थानिय तहको निर्वाचनमा सुन्दरहरैचा १२ मा वडाध्यक्षमा निर्वाचित भएका ढकालले यस पटकको निर्वाचनमा मेयरमा दाबी गर्ने बताएका छन ।

एमालेको पकट क्षेत्र मानिएको सुन्दरहरैचामा गत निर्वाचनमा काङ्ग्रेसबाट शिव प्रसाद ढकालले मेयरमा जित हात पारेका थिए ।

एमालेको पकट क्षेत्रलाई शिव प्रसाद ढकालले ढाले पनि पुन आफ्नो पकट क्षेत्र फिर्ता ल्याउने दाउमा रोशन प्रसाद ढकाल छन ।

एमालेबाट मेयरमा उठ्ने अन्य धेरै आंकाक्षी भए पनि अन्य उम्मेदवार मध्ये आफू बलियो उम्मेदवार बन्ने दाबी रोशन प्रसाद ढकालको छ ।

वडाध्यक्ष समेत रहेका ढकालले भने “मेयरमा को उठ्ने पार्टी भित्र छलफल भएको छैन तर धेरै साथी भाईले आफुलाई मेयरमा उठ्न आग्रह गरेको ” बताएका छन ।

अहिले सम्म सुत्रका अनुसार एमालेबाट सुन्दरहरैचाको मेयरमा  ढकाल सहित केदार गुरगाई, अजम्बर राई, अर्जुनराज अधिकारी ,सुरेन्द्र बहादुर थापा र  धना तामाङको नाम चर्चामा छ ।

ढकाल यस पटकको स्थानिय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए भने केदार गुरगाई मेयरमा पराजित भएका थिए ।

अजम्बर राई , अर्जुनराज अधिकारी र सुरेन्द्रबहादुर थापा सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरु हुन । त्यस्तै मेयरको रुपमा चर्चा मा रहेको अर्को नाम धना तामाङ  भने हाल सुन्दरहरैचा कि उपमेयर हुन ।