लेटाङमा १० शैय्याको आधारभुत अस्पताल शिलान्यास " निकै प्रयासका बाबजुद अस्पताल निर्माण सुरु भएकोले समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह : लेटाङ नगरपालिकाका प्रमुख शंकर राई"

alt


    लेटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक देशभरका ३९६ स्थानीय तहमा निर्माण गर्ने भनि घोषणा गरिएका अस्पतालमध्ये शनिबार मोरङको लेटाङ नगरपालिकामा पनि आधारभुत अस्पताल शिलान्यास गरिएको छ । शनिबार लेटाङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले अस्पतालको शिलान्यास गर्नुभयो । धेरै स्थानीय तहमा गत आर्थिक वर्षमा नै अस्पताल निर्माण शुरु भएपनि लेटाङ नगरपालिकामा अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा केही ढिलो हुन पुगको सांसद् खतिवडाले जानकारी दिनुभयो । ढीलै भएपनि सबैको प्रयत्नमा अस्पताल निर्माण सुरु भएको भन्दै उहाँले यसबाट लेटाङ मात्र नभइ सिंगो उत्तरी मोरङका जनता लाभान्वित हुने बताउनुभयो ।

    यस्तै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले निकै प्रयासका बाबजुद अस्पताल निर्माण सुरु भएको भन्दै समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले यसका साथै नगरपालिकाको पहलमा विभिन्न विकास निर्माणका काम अघि बढेको समेत जानकारी दिनुभयो । यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ नगरमै सुविधा सम्पन्न अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिदिएकोमा तत्कालिन संघीय सरकारलाई धन्यवाद दिंदै समयमै निर्माण सम्पन्न गर्नेतर्फ नगरपालिका लागि पर्ने बताउनुभयो । ९ करोड ९९ लाख ३६ हजारको लागत रहेको अस्पताल आगमी वर्षको फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्यूतप्रसाद दाहालले जानकारी दिनुभयो । १० शैय्याको अस्पतालमा सुविधा सम्पन्न ल्याव, चमेना गृह तथा पोर्टमार्टमको समेत सुविधा रहने उहाँले जानकारी दिनुभयो । लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको ऐलेनी जग्गामा बन्न लागेको अस्पतालको ठेक्का प्रेररा एच एम कन्ट्रक्सन जेभी ललितपुरले पारेको छ ।

    अघिल्लो सरकारले एकैपटक देशभरका विभिन्न स्थानीय तहमा नगर अस्पताल बनाउने भनि घोषणा गरे बमोजिम लेटाङ नगरपालिकामा पनि नगर अस्पताल निर्माणका लागि शिलान्यास गरिएको हो । त्यसबेला सरकारले अस्पताल निर्माणको घोषणा मात्रै गर्ने तर काम नगर्ने भन्दै आलोचना भएकोमा यतिबेल अधिकांश स्थानीय तहमा अस्पताल निर्माणको काम निकै अघि बढिसकेको छ । लेटाङ नगरपालिकामा भने जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा एकवर्ष पछि मात्र शिलान्यास भएको हो ।

      सुन्दरदुलारी उद्योग वाणिज्य संघद्वारा महासंघ कोशी प्रदेशका कार्यसमितिलाई स्वागत तथा सम्मान सुन्दरदुलारी उद्योग वाणिज्य संघद्वारा महासंघ कोशी प्रदेशका कार्यसमितिलाई स्वागत तथा सम्मान

    इटहरी । सुन्दरदुलारी उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ (कोशी ...

    सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, शान्ति–सुरक्षा कायम गर्न प्रशासनको आग्रह सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, शान्ति–सुरक्षा कायम गर्न प्रशासनको आग्रह

    इटहरी । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजार क्षेत्रमा बिग्रँदै गएको सुरक्षा ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]