सुनसरीको इटहरीमा रहेको खानेपानिको साधारण सभा सम्पन्न भएको छ । इटहरी क्षेत्रमा रहेको खानेपानिले हाल सम्म १लाख ५० हजारलाई शद्ध खाने पानि उपलल्ध गराउदै आएको छ । दैनिक १८ घन्टा सम्म निरन्त, पानी प्रवाह गराउदै आएको इटहरी खानेपानिले आम उपभोक्ताका हितमा रहेर शुद्ध पानि बितरण गदै आएको हो । हालयस खानेपानि सस्थाले आधुनिक प्रणालीको बिकास गरेर प्रत्यक दिन प्रति ब्यक्ति १०० लिटर सम्म पानी निरन्तर पुर्याउदै आएको इटहरी खानेपानि उपभाक्ता सस्था इटहरीमा अध्यक्ष राम प्रसाद चौलागाइले बताउनु भएको छ । उहाँले खानेपानि सस्थान नेपालमा एकमात्र एस्तो सस्था हो जुन वर्ष दिनमा ३६५ दिननै सेवा उपल्बध गराउने सस्था भएको समेत बताउने भएको छ । अबको सम्बृद्दिको यात्रा इटहरीको खानेपानिबाट सुरू हुने उहाँको भनाई रहेको छ । इटहरीमा रहेर खाने पानिको बिकास तथा विस्तारका क्रमान इटहरी नगरपालिकाका तर्फ बाट पनि आबश्य सहयोग गर्ने इटहरी उपमहानगरपालिकाकि उप प्रमुख लक्ष्मि गौतमले बताउनु भएको छ । उहाँले इटहरीको सम्बृदिको योजना बनाएर दिर्घकालिन योजनाहरू समाबेस गरेर अवको केही बर्षमा इटहरी सफा स्वच्च पानी पुणर् रूपमा बितरण गर्ने बताउनु भएको छ ।


