इटहरी, १७ पुस ।
शनिवार इटहरीको होटल इस्टर्न प्यालेसमा भएको साधारण सभाबाट मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको साझा सङ्गठन इटहरी चेम्बर अफ कमर्सले व्यवसायीहरुमा एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण साथै व्यवसायको प्रवर्द्धनका लागी आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने उद्येश्यले व्यवसायी सामाजिक अभियन्ता यज्ञ बहादुर कटवाल (गणेश) को अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।
सभाबाट संस्थापक सदस्यता शुल्क , लेखा परीक्षक नियुक्ति, कार्यलय स्थापना साथै नयाँ कार्यसमितिमा नगरका, बस्तुगत, संस्थागत जस्ता क्षेत्रलाई पनि समेट्ने वा विभिन्न क्षेत्रको प्रतिधित्व समेत समावेश गराउने लगायतको निणर्य गरेको अध्यक्ष कटवालले बताए ।
यसै गरि नयाँ कार्यसमितिको बरीष्ठ उपाध्यक्षमा नवराज कार्की चयन हनुभएको छ भने उपाध्यक्षमा व्यवसायी कृपाराम सिटौला , व्यवसायी होमराज ढकाल, व्यवसायी भोला निरौला , तेजेन्द्र भण्डारी र महेश घिमिरे चयन भएका छन् ।
यसै गरी महासचिवमा मिलन कार्की चयन हनुभएको छ भने सचिवमा क्रमशः सुवास बस्नेत,दुर्गा प्रसाद थापा र गणेश खड्का रहेका छन् ।
यसै गरि सह-सचिवमा राजु खड्का, शरद राज तामाङ्ग अविनास श्रेष्ठ कोषाध्यक्षमा उपेन्द्र घिमिरे सह-कोषाध्यक्ष श्री नवराज खड्का साथै सदस्यमा श्री सिनेट रिजाल लगायत ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
साधारण सभा बाट तारा बहादुर कट्वाल, भरत गौली ,फडिन्द्र अधिकारी लाई सल्लाहकार चयन गरेको महासचिवमा मिलन कार्की ले बताए ।

