लेटाङ । राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष उर्गेन योञ्जन तामाङले लेटाङ-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको छ । नेकपा एमाले लेटाङ-५ का उपाध्यक्ष समेत रहेका तामाङले आफ्नो बाबुको स्मृतीमा सो विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेनदार विद्याथीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्नु भएको हो । सो अक्षयकोषको रकमबाट आउने ब्याजको रकमले विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हरेकवर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापा गरेको तामाङले जानकारी दिनुभयो । शुक्रबार विद्यालयमै पुगेर तामाङले विद्यालयका प्रधानाध्यापक लक्ष्मी मिश्रलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा विद्याय व्यवस्थापन समितिका अध्यक्ष तथा लेटाङ ५ का वडाध्यक्ष भुम सूर्यमगर लगायत विद्यालयका शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । विपन्न तथा जेहेनदार विद्यार्थीलाई अध्ययनका क्रममा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेको तामाङले बताउनुभयो । उहाँले आगामी दिनमा पनि खासगरि शिक्षा क्षेत्रमा आफुले सकेको सहयोग गर्दै जाने योजना रहेको समेत बताउनुभयो ।