इटहरी ।

प्राइड हस्पिटालिटी प्रा.लि.ले इन्टरेनेटमार्फत होटल बुकिङ गर्ने सेवा बजारमा ल्याएको घोषणा गरेको छ । प्राइड हस्पिटालिटी प्रा.लि. ले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै इन्टरेनेटमार्फत होटल बुकिङ गर्ने सेवा प्रदान गर्नका लागि आफ्नो नयाँ प्रोडक्टको रुपमा प्राइड क्लिक्स बजारमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्राइड क्लिक्स्मार्फत वेवसाइट र मोवाइल एप प्रयोग गरि नेपाल भरिका उच्च गुणस्तरिय होटलहरु बुकिङ गर्न सकिने जानकारी गराइएको छ । यसअघि देखि नै वेवसाइट मार्फत होटलहरुको विवरण हेरेर बुकिङ गर्न सकिने व्यवस्था मिलाइ सकिएको र चाँडै मोवाइल एपमार्फत सो सुविधा दिने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुरुमा उच्च गुणस्तरिय सुविधा युक्त होटलहरुलाई प्राइड क्लिकमा सूचिकृत गरेर सेवा प्रदान गरिने र विस्तारै अन्य होटलहरुलाई पनि सुचिकृत गर्दै जाने योजना अनुशार अघि बढेको प्राइड क्लिक्सका अध्यक्ष नितेश पोखरेलले जानकारी दिनुभयो । यस्ता सेवामा सूचिकृत हुनका लागि विदेशी कम्पनिहरुले निश्चित शुल्क लिने गरेकोमा प्राइड क्लिकले भने निशुल्क सूचिकृत गर्ने व्यवस्था मिलाएको र ग्राहकलाई पनि होटलमा गएर कोठ बुक गरे भन्दा शुलभ दरमा कोठा उपलब्ध गराइने अध्यक्ष पोखरेलको भनाइ छ । विदेशी कम्पनीहरुले यो सेवा प्रदान गरेर नेपाली पैसा विदेश लगिरहेको सन्दर्भमा स्वदेशी कम्पनीले नै सेवा सुरु गरेपछि त्यो कार्य रोक्न मद्दत पुग्ने भन्दै उहाँले विदेशबाट नेपाल आउन चाहनेहरुले पनि यो एपमार्फत होटलहरुको विवरण हेरेर कोठा बुक गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो । साथै ग्राहकले हरेक पटकको सेवा लिएवापत रिवार्ड पोइन्ट पाउने र सो पोइन्टबापत निशुल्क सेवा उपलब्ध गराइने उहाँको भनाइ । हालसम्म नेपाल भरिका ८० वटा होटल सूचिकृति भइसकेको र पूर्वका गोरखा, गरिमा, त्रिवेणी रिसोर्ट, गोकर्ण रिसोर्ट लगायतका होटलहरुमा सो सेवा सुरु भएको कम्पनीले जनाएको छ ।